Wednesday, September 8, 2010

सम्धिधान

बिरु काका चौतारो मस्तले गफ गर्दै थिए। हरेक दिन देश देखी बिदेश सम्मका गफ त्यस चौतारो हुन्थ्यो। बिरु काका हरेक मान्छेलाई सहयोग गर्ने भएकाले कहिले कसैको मुद्दा मामिलामा र कोही बिमारीलाई लगेर सधैं जसो शहरतिर छिरी राख्थे।शहर आएको बेला नेताहरुलाई भेट्ने र गाउ घरको राजनीति खबर पनि सुनाउने भएकाले,नेता पनि उनलाई भेट्दा खुशी हुन्थे। गाउ घरमा एक मानो राम्रोसँग खान पुग्ने ब्यक्ती भएकाले कती नेताले उनको घर खाना पनि खाने गर्थे।गाउ घरका चल्ता पुर्जा ब्यक्ती भएकाले पनि उनका कुरा सुन्न धेरै गाउले चौतारोमा आइहाल्थे। आज पनि बिरु काका दुइचार जनासँग बात गर्दै थिए। बुढाले अहिलेको जल्दो बल्दो मुद्दामा गफ गर्दै थिए।साहेद भर्खर शहरबाट आएका थिए। उनले त्यहा बसेकालाई सोध्दै भने। "हैन हो केटा हो। यो संबिधान भनेको तिमीलाई के थाहा छ?को भन्न सक्छ?"एउटा युबाले टाउको कनाउदै भन्यो।"खै काका ,नेताले मात्र बनाउने कुरो हो रे। बाटोघाटो भए त हामीले पनि बनाउथिम। ठुलै पुल पो होकी।" अर्कोले भन्यो।"यो पक्कै पनि ठुलै चिज होला काका। सानो चिज भए चालिस पचास जनाले बनाइ हाल्थे। ६-६ सयले बनाउने कुरो त ठुलै होला नी।"एउटी अध बैसे महिलाले चर्को स्वोर भनिन।"जे भए पनि पहाड त बनाउन लागेका छैनन होला नि?फेरी पहाडै बनाउने काम भए पनि किन चुनाब गर्नु पर्‍यो नि,बिरु काका?"काकाले सबै कुरो सुने पछी भने।"कुरो अर्कै छ। संबिधानको नामै अर्कै हो। यस्को खास नाम त सम्धीधान हो।पारिबाट सम्धिले छोरीसङगै पठाइ दिएको धान भएकाले यस्को वास्तबिक नाम सम्धीधान हो।यो यता तिर आए पछी मान्छेले,खास गरी नेताले यसको नाम बिगारेका हुन। अब चुनाव गराउने कुरो के हो भने धान रोपे बापत सरकार पैसो दिन्छ। सरकारको काम कहिले जाला घाम। बसी बसी खान पाइने भए पछी त माम। मारा मार नै हुने भयो।फेरी यसको नाममा मनग्ग्य पैसा आउछ नि । त्यस कारण यि सबै पार्टी मिलेर जो ले जित्छ त्यस हली भनेर चुनाव बनाएका हुन।" काकाका कुरा सुने पछी एउटा युबाले भन्यो।"यि नेता धान रोप्न पो गएका रहेछन गाठे। के के न ठुला मान्छे भए भनेको त। यत हुँदा पनि हलो नै जोत्थे उता पनि त्यै काम गर्न पो गर्न गएका रहेछन।"त्यस एक जना बुढा बाले सुल्पामा आँफै उमारेको कक्कड भर्दै भने।" हैन ए बिरु बाबु, पारी गाउकी चुरा लाउने कान्छी, हाम्रै लुगा सिलाउने माइलो दमै पनि यै सम्धिधान रोप्ने भनेर गए त!अनी उनिहरु चाहि किन गएका नि?"एउटा बिचैमा कुरा काट्दै भन्यो।"उनिहरु चाहि नता नेतानी चुरा लगाइ दिन , लुगा सिलाई दिन गएका होलान।" सबै गलललल हासे। काकाले भने।"दुई चार दिन भए पो नि काम। दुई बर्ष बिताइ सके। अझै कती दिन लाग्ने। नेतालाई लुगा लाउनु पर्‍यो। चुरा लाउनु पर्‍यो। मङगा मङ्गा लुगा अरुले बिगारी देलान भनेर आँफ्नै मान्छे लगेका नि।"यो कुरो पहिले देखी नै सुनिराखेकी एक बृद्द आमैले भनिन।"हैन ए बिरु बाबु ,यो धान कस्को लागि हो नि? हामीलाई त पक्कै हैन होला।" काकाले भने।"हाम्रै लागि हो आमै।जनतालाई के के न गर्यौ भनेर काम देखाउने त हो। फेरी धान जनता अली अली चटाइ दिने त हो नि। अर्को कुरो यो सम्धीधान जनतालाई मात्र लाग्छ। तपाईं हामीले यै धान खानु पर्छ।त्यसैले यसलाई जनताको सम्धिधान पनि भनिन्छ।नेताले चाहि जुन धान खाए पनि हुन्छ। उनिहरुलाई यो कुनै सम्धिधानले छुदैन।छोए पछी त्यै बिदेशी दारु पानीले छुन्छ।" एक बुढाले घोप्टे जुगा मुसर्दै भने।"अहिले सम्म पनि किन यो सम्धिधान रोप्न ढिलाई गरे त बज्जइयाहरुले?बार्खा नै गैसक्यो।" काकाले भने।"एउटा गोरु नार्छ ।अर्को हलो अट्काउछ। एउटा कुलो ल्याउछ। अर्कोले कुलो काट्छ। अनी कसरी रोपाइ हुन्छ। एउटा म हली हुन्छु भन्छे। कोइ ब्याड काड्दा काड्दै नाच गान मस्त छन। कोइ दोहरी मस्त छन।अनी कसरी धान रोपिन्छ। काम गरे पनि नगरे दाम पाकेकै छ।खेत अहिलेसम्म बाझो नै छ।जात्रै भएको छ देशमा। कौनाले म हली बन्छु भनेर पुरानो हली फाले। अज हली बिनाको देश भएर दुनियाँ हसाएकाछन। जनता र देशलाई झन दलदलमा फसाएकाछन।"काकाले कुरो निम्टाउदै भने। ल अब भात खाने बेला पनि भएको जस्तो छ।आज यत्ती नै। बाँकी पछी। जय काउकुती।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive