यहाँ उल्लेख गर्न खोजेका तरकारीहरुको बारेमा सबैलाई थाह भए पनि यहाँको बौदिक खुराकको लागि फरक स्वादमा पस्कने कोशीस गरेकोछु। यहाँलाई पक्कै यो टेस्ट नयाँ लाग्ने मेरो विश्वाशछ।
१) आलु
नेपालको हिमाल देखी तराइसम्म फल्ने आलु संसारमा यो नपाईने साहेत देश नहोला।
माटोमा मात्रा नफलेर मान्छेको तालुमा पनि फल्छ। त्यसैले फलानाको तालुमा आलु फलेछ भनिन्छ। माधव नेपाल,झलनाथ खनाल र बाबुराम भटराइको तालुमा आलु फलेकाले प्रधान मन्त्री भए। तर बिचरा राम चन्द्रले १८ पटका र प्रचन्डले सात पटक आलु खाए। त्यसो त आलु खानु भन्दा झन फलाउन पक्कै गार्हो कुरा हो। गिरिजा बाबुले त्यती राम्रो आलुकट तालु भाएर पनि आलु फलाउन नसक्दा राष्टपति बन्ने धोकोको पोको सङ्गै लिएर गए । राम बरण यादवको तालु ठुलै आलु फले पनि कस्को बाउको के लाग्यो। आलुको महिमा अपरमपार छ। एउटा आलु सडेपछी भने यसले अरु आलुलाई पनि बिस्तारै सडाउदै लैजान्छ। यो स्वोवाभ चाँही नेपाली नेतासँग मिल्दोछ।
नेताहरुले पनि अफु सडेपछी बिस्तारै पार्टी,समाज, देश सडाउदै लगेकाछन। कालु पाडे सन्तान भएर पनि उनिहरु आलु पाडे भएकाछन। अज यि आलु नेताले गर्दा देश र जनाटकओ अबस्ता झन बिग्रदै गएकोछ । यि आलुलाई समयमा उखलेर फालिएन भने
हामी पनि हामी पनि आलु झै सड्ने भन्ने कुरो कृषि बिज्ञको ठहरछ।
२: फर्सी
यो काचोमा हरियो र पाके पछी सुनौलो देखिए पनि फर्सी,फर्सी न हो। पकाएर खाए पनि,उशिनेर खाए पनि यसले स्वादे जिब्रोलाई छल्न सक्दैन। तर पनि यसले आँखालाई सजिलै छल्न सक्छ। यो भित्र भित्र जती सडेर गए पनि आफ्नो दुर्गन्धलाई छोप्न नेपाली नेता भन्दा सिपालुछ। हाम्रा नेताहरु पनि आफ्नो पार्टीभित्र जती नेता, कार्यकर्ता जती सडे पनि फर्सिको सिको गरेर ढाकछोप गर्न लागिपरेकाहुन्छन। बिचरा कोही बेउमेर पाक्छन र थाक्छन्। फर्सी फुटे पछि गनाउछ भने नेता न फुट्दै गनाउछन ।
३) मुला
सेतो रातो रङ्गमा पाइने मुला काँचो, पकाएर जसरी खाए पनि पचाउन सकिन्छ ।
अझ यसले हामीले खाएको कुरालाई पचाउन मद्घत गर्छ भनिन्छ। र पनि यसलाई मुला, मुला न हो भनेर हेपिन्छ। त्यसैले अदुवा खाइ सभामा बस, मुला खाइ बनमा पस भनिन्छ । राजनीति पनि यस्तै मुला भएर होला, यसमा लागे पछी कोही भुमीगत बसेको,कोही बन पसेको देखिन्छ। राजनीति गर्नेहरुले पनि जे जती खाए पनि मुलाले झै सर्लक्क पचाउछन। आजसम्मा साझा बस देखी ट्रलीबस, रेल देखी खेल,सडक देखी सदनसम्म जे जती खाए पनि कसैलाई तलउपर,झाडा पखला लागेर अस्पातल भर्ना भएको खबर सुन्न,पढनमा आएकोछैन। कहिले काही अस्पातलअले(अक्तियार)फलानो यती धेरै खायो भनेर उपचार गर्न खोजेको देखिए पनि जनतमा त्यो पनि उही ड्याङ्गको मुला न हो भन्ने धारणा पाईन्छ।

1 share1 share
- Lila Rijal आहा कती रमाइलो सैलिमा लेखिएको चोटिलो बँग्य --दरो झापड् दिनु भो नि सर हाम्रा राजनेता लाई भैरब अर्यालको जय भुँडीको सामझनाआयो धन्यवाद पढ्ने मौका दिनुभएको म निबन्ध तर्फ कबिता भन्दा ससक्त लाग्यो कलम बधाई छ22 October 2011 at 22:33 · ·
1
- Aakash Gaihre ek dam ramailo bhinnai kisim ko lekh padhne mouka dinu bhayo sir le ,, hajur lai dherai--dherai dhanyavad ..23 October 2011 at 10:31 · ·
1
- Kundal Khadka hamro deshma bhayako rajnitik athartha ko gatilo chitran ho yo ramro ayanga i like it.23 October 2011 at 11:11 ·
- Indra Narayan Chongbang प्रेम जी .. हेहेहे बहुत चोटिलो " ब्यङ्ग्यबन्ध" कलम बहुत धारिलो छ है गुरु ..सेवारो23 October 2011 at 12:30 · ·
1
- Chakendra Rai नेपाली राजनीतिको यथार्थ चित्रण चोटिलो बेङ्य ...........//23 October 2011 at 20:11 · ·
1
- Jeevit Khadka हत्तेरीका क्या व्यंग छ ! आलु , फार्सी र मुलाको गजबले तालमेल मिलाउनुभएछ ! आलुको व्यंग अझै पर्यो !24 October 2011 at 19:32 · ·
1
- Dalbir Singh Baraili 'Ghayal' प्रेम जी यहाँको व्यंग्यलाइ मैले यतातिर राखिदिएँ है त http://
www.literatureofnepali.com/ 2011/10/blog-post_25.html मलाइ एकदम मन पर्यो ! Literature of Nepali: तरकारीको महिमा (भाग १ ) : ब्यङ्ग्यबन्ध | a complete Literary web Magazine brouwww.literatureofnepali.comliteratureofnepali.com is a nepali literature magazine.
No comments:
Post a Comment