Saturday, August 11, 2012

 बिधालय बङ्क गर्दै

चित्रालय जान्छु म

पेटिमा गिट्टी खेर्दै

केटीलाई हान्छु म

खाना र तान्छु छाडी

तुम्बा ठर्रा खान्छु म

दही दुद भन्दा पनि

चुरोट मिठो मान्छु म

पढन लेख्न छाडे पनि

पढे लेखेकी छान्छु म

डकुलन्ठे भए पनि

हिरो आफुलाई ठान्छु म

नचिनेकी  बोलाउन

अनेक भूमिका बान्छु म

लाटो बुङ्गो भए पनि

सार्है बाठो ठान्छु म

बाउको खल्ती छापा मार्दै

आफ्नो खर्छ धान्छु म

एक दिन पक्कै यो देशको

मन्त्री पद खान्छु म ।


No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers