Tuesday, June 22, 2010

कुर्सीमा के माद छ

लुरे लारे लाम्रे पनि
झुरे झारे झाम्रे पनि
चिल्ला चिप्ला पट्ठा हुने
बसे पछी सबै लट्ठ हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
लाटो बुङ्गो लठेउरो पनि
बुढो पाको ठटेउरो पनि
नयाँ बेहुला झै मक्ख हुने
दुनियाँ नै सब छक्क हुने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
ध्वासे म्वासे चप्पले पनि
ट्वाके ,छ्वाके ,झक्कले पनि
हेर्दा हेर्दै चडछन कार
गल्बन्दी ओढछन हार
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सन्त,जोगी,बर्तालु पनि
जन्त,भोगी हर्तालु पनि
कोही खाएर लट्ठिले
कोही पाएर पट्टिने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
सज्जन,साधु,नामी पनि
दुर्जन, जादु,बदनामी पनि
पाए पछी टास्सीरहने
नपाए पनि आस्सिरहने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।
भुरे भारे दाम्रे पनि
बोल्न नसक्ने ठाम्रे पनि
शुरा शुरी जोहो लाग्ने
पित्रीको झन मोह जाग्ने
हैन क्या बाद छ
कुर्सिको क्या माद छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive