भद्रगोलमा देश चल्दा
रित पुराउने कसले अब
कुकर्मले गाज्यो यहाँ
हित डोर्याउने कस्ले अब।
क्रोध र इर्श्या झागियो
प्रित लाउने कस्ले अब
नाच्नेहारु मात्र भए यहाँ
गीत गाउने कस्ले अब।
कुभलो त्यो चिताएर
हित पाउने कस्ले अब
अमन चैन भत्काएर
निद लाउने कस्ले अब।
घाम चर्को चर्काएर
शित छाउने कस्ले अब
सबले सबलाई शत्रु देखे
मीत लाउने कस्ले अब।
भोको प्यासी बनाएर
धित पाउने कस्ले अब
काले गोरे सबले हारे
जीत ल्याउने कस्ले अब।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
No comments:
Post a Comment