Thursday, June 17, 2010

फूटबल र बत्ती

फूटबल र बत्ती

श्रीमती सिरियलमा टास्सिरहदा
छोरो थ्रियल हेर्न आस्सिरहदा
तानातान मात्र हैन झन्नै हानाहान गरियो
आफु त शान्ती प्रेमी परीयो
फकाइ फुलाई थामथुम गरियो
रेमोट हातमा सारीयो
खुशीले कुखुरो नै मारियो
मुखा सोमरस पनि झारियो
किनभने
आज टिभिमा ब्राजिल बन्नु थियो
दुई चार गोल पनि हान्नु थियो
जता बल उतै आँखाको दौडाह थियो
गोल नहुँदा झन मनको औडाह थियो
ठ्याक्क गोल गर्दा
झ्याप्प बत्ती जादा
अध्यारोमा फूटबल भेटिएन
गोलको तलतल मेटिएन।
थुइक बजिया!
बिधुतको धारा कस्तो
पानीको धारा जस्तो
बन्न नसकेको संबिधानको पारा जस्तो

एक मनले लाग्यो
एक हुल हुल्ल्या लगि कारेपातले ठोकू जस्तो
तथानाम लिएर धारेहातले ढोकु जस्तो
रिसको पारै चर्यो
झोकले तारै झर्यो
हे ईन्द्र देब!पारी देउन पानी
चट्याङको झटारो हानी
पानीको धारा बग्थ्यो
बिद्युतको धारा बग्थ्यो
फोहरको डङ्गूर खोलाले लग्थ्यो
सरकारको काम टुकैचाले गर्थ्यो
मान्छेले बोक्दा मान्छेले हकार्ने
खोलले बोग्दा कसले के लछार्ने?
हे पानी देब !
डुइचार थोपा पानी झारी देउन
झिलिक्क बत्ती पारी देउन
अध्यारोमा फूटबल भेटीएन
गोल गर्ने तलतल मेटिएन ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive