Tuesday, November 2, 2010

आउ खेलौ जुवा

आउ खेलौ जुवा
हिजो पनि खेल्यौ
आज पनि खेलौ
चङ्खेहरु हान सत्ता
छक्काहरु छक्का
हारे पनि जिते पनि
दाउ हाम्रै पक्का ।



जनता त च्याखे न हुन
सधैं खाने धक्का
तिमीले जिते पनि
हामीले हारे पनि
हामीलाई न हो मज्जा
हामीले जिते पनि
तिमिले हारे पनि
हाम्रै हातमा पत्ता।


घर खेत गए पनि
भोको नाङ्गो भए पनि
हार्ने त च्याखेहरु न हुन
कहिले जितेकाछ्न जनता
कहिले तिमीसँग धेरै
कहिले हामीसँग धेरै
आखिर कहाँ जान्छ र जत्था
तिमीले मारे पनि
हामीले मारे पनि
हाम्रो त पाकेकै छ भत्ता ।


आउ खेलौ जुवा
चङ्खेहरु हान सत्ता
छक्काहरु छक्का
हारे पनि जिते पनि
दाउ हाम्रै पक्का ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers