Thursday, June 24, 2010

मच्छेर र रात

निद्राको त्यो नशाले
लट्ट्याउदैथ्यो आँखा
गुनगुनाउदै आयो कोही
हालेर मिठो भाका
हेर्दा रहेछन
रगत चुस्ने डाँका
लट्ट्याउने त्यो नशा
मच्छेरको दशा
कछुवा चुरोट फुनफुनाए
ट्यापे मच्छेरहरु
झ्यापे मच्छेरहरु
रयापे मच्छेरहरु
के गल्थे नसाले
के ढल्थे दसाले
झन जोड्ले भुनभुनाए
नरोकिदा भुनबुनको पर्रा
गूड् नाइटको लोकल ठर्रा
झोकले एक बोटल ल्याए
तापले दन्काए
जड्या मच्छेरहरु
न रोकिए न गले
न ठोकिए न ढले
झन रगतले टुन्न परेर
भाडो झै रन्किए
पाडो झै फन्किए
यसै राती उसै राती
बुढी बाख्री झै तात्ती
कहिले यो कुना
कहिले त्यो कुना
कहिले टाट माथि
कहिले खाट माथि
कम्मर भाची भाची
थपडि बजाउदै नाची
कटाइयो त्यो रात
बिहान हेर्दा
मछेरहरुको खात
रक्ताम्य थियो हात
पारीएछ बर्बात।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive