Tuesday, June 22, 2010

हास्यरस

भोकमा होस् वा रोगमा
शोकमा होस वा झोकमा
हटाउन परे
हास्यरस चाहिन्छ
बजारमा
लौकाको रस
करेलाको रस
फलको रस
फुलको रस
सब रस किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
ध्यानमा होस वा योगा
भोजमा होस वा सभा
हास्यरस चाहिन्छ ।
चामल होस वा पिठो
खस्रो होस वा मिठो
सब थोक किन्न पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ ।
हाकिमलाई पट्ट्याउन
तरुनिलाई लट्ट्याउन
हास्यरस नै चाहिन्छ
इन्जेक्सनमा
ट्याबलेटमा
क्यपसुलमा
रोगथाम पाईन्छ
तर हास्यरस कहाँ पाईन्छ।
कबिले कहिले काही
हास्यरस छाब्दा
बिज्ञापन दातासँग टारा भईन्छ।
अर्कालाई खसाउन
बसमा बसाउन
पेट मिची मिची हसाउन
यही हास्यरस चाहिन्छ।
कलाकारले गला फाटी फाटी
बाड्दा हास्यरस टिकाट काटी
तर किन
गर्हो मणी मानि गइन्छ।
गर्हो मणी मानि गइन्छ।
रोगी होस कि निरोगी
भोक्गी होस कि जोगी
सबलाई हस्यरस चाहिन्छ
तर किन्न कहाँ पाईन्छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive