Thursday, July 1, 2010

अफु त अब (झटारो )

हलो जोत्दा जोत्दै
फोन आयो पार्टिको
अफु त अब
काठमन्डौ गइन्छ
मन्त्री नि भईन्छ
नुन देखी सुनसम्म
रेल देखी तेलसम्म

फल देखी मलसम्म
बेस्सरी भाउ बढाइन्छ
कमिसन नि पाईन्छ

जसरी हुन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।


खलो पोत्दै गर्दा
फोन आयो नेताको
अफु त अब
राजाधनी गइन्छ
मन्त्री नि भईन्छ
मान्नेलाई चुनेर
न मान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई
आफ्नो बसमा ल्याइन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ

माया प्रिती नि लाइन्छ
के गरि हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।

दाउरा बोक्दै गर्दा
फोन आयो पार्टिको
अफु त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भईन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रस्टचारी ,दुराचारी
सबको बिल्ला लाइन्छ

जे गरि हुन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।


माछा मार्दै गर्दा
फोन आयो नेताको
अफु त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भईन्छ
मङ्गो टाइ सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
व्हिस्की र रम खाइन्छ
डलर नि पाईन्छ
जे होस
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ




No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive