हिजो पनि थियो
आज पनि छ
हिजो भन्दा
आज झन ठुलो छ
हामी बिचको धनको खाल्टो ।
एउटा आयो
खाल्टो पुर्छु भनी
झन चोरेछ माटो
ठुलो खाल्टो खनी ।
अर्को आयो
खाल्टोकै नारा दिदै
ऊ पनि भागेछ
खाल्टोकै माटो लिदै
जो आए पनि
खाली खाल्टो नै खनियो
संसारमा ठुलो खाल्टे बनियो
खाल्टो खनिदै जादा
खाल्टो झन चर्कियो
सानो भुकम्पमा पनि
डाडा काडा नै थर्कियो
अब खाल्टो पूर्न
खाल्टो खन्नेहारुलाई
माटो चोरहरुलाई
यही खाल्टोमा हाल्नुपर्छ
माटो चोरहरुको
माटो खोसेर
यो खाल्टो टाल्नुपर्छ
माटो चोरहरु
हामीलाई झन ठुलो
खाल्टोमा खसाउन सक्छन
खाल्टोमा फसाउन सक्छचन
माटो खान सक्छन
बिदेश लान सक्छन
बाटो छेकेर अब
बेलैमा कदम चाल्नुपर्छ
माटो चोरहरुलाई
यही खल्टोमा फाल्नुपर्छ ।
No comments:
Post a Comment