Sunday, July 11, 2010

कविका कुरा

कोलाहल त्यो सुने पछी
लेख्न गर्हो भयो
कोलाहाललाई कानले थुने पछी
टिक्न झन सर्हो भयो
बुढी गनगनाउछ सधैं
तिमीसँग बिहे गरी के पाइयो
झोकमा झोक्किए म पनि
बिस बर्षे छोरो पाइयो
सोर्ह बर्षे छोरी पाइयो
के बार्ह छोरा तेर्ह नाती चाहियो?
छोरो मागको घारो तेर्साउछ
एउटा भटभटे चाहियो
छोरी गुनासो गर्छे
न मिठो खाइयो न राम्रो लाइयो
बुढी घाउमा नून थप्छे
सुनका कुरा गर्दा सुन्दै न सुन्ने
केही भन्यो कानै त्यो थुन्ने
आफ्नो त सुद्दी बिग्रिएछ
यस्ता कबिसँग पो आइयो
रिसले कन्छ्ट तात्तियो
मुख रापले रात्तियो
कबी भन्दा कबिता फ्यान भइयो
कबितामै मायाप्रिती लाइयो
तिमी कबी म कबिता भनी
सयौ कसम खाइयो
भैंसीले दुध दिन्छ
कुखराले दिन्छ चल्ला
कबिले कबिता दिएकै छु
यो भन्दा तिमीलाई के चाहियो?

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive