by Prem Oli
कुकुरहरु भएको भए
दुई महिनामा ब्याउथे
हात्तीहरु भएको भए
बाइस महिनामा ब्याउथे
तर हाम्रा सभासदहरुलाई
डाइनोसरहरुले पनि के भ्याउथे
चार चार बर्ष बाली लाग्दा पनि
देश बिदेश जाग्दा पनि
सौता सौती झै मारा मार गर्दै
कहिले बोली बारा बार गर्दै
अभिभावक र जनतालाई छल्दै
संसारकै महङ्ग्यो अस्पातलमा ब्याए
नपुङ्सकहरु के पाउन सक्थे
अन्तिममा मृत संबिधान पो ल्याए
प्रस्तव पिडाको नाटक गर्दै
जनता निराश भएको बेला
कोही मुसु मुसु हाँस्दै छन
कोही दोष अरुलाई टास्दै छन
फेरी हामीलाई अलमलमा पारेर
देशलाई खाल्टोमा भास्दै छन
कोही मस्त सत्ताको स्वाद चाख्दै छन
चाख्न नपाउनेहरु
फेरी रेलिङ भाच्दै छन
अब जनताले आँफै लाठी बोक्नु पर्यो
यि हुतीहाराहरुलाई,सडक सत्तामा
जहाँ भेटे पनि ठोक्नु पर्यो
के अब संबिधान जन्माउन सक्तैनौ भनी
तीन करोड जनताको दुबै गोडा ढोक्नु पर्यो
के सबैको मती बिग्रियो भन्नु पर्यो
सहमती बिग्रियो भन्न पाइदैन
नत्र यस्ता नेताहरु
नेपाली जनतालाई अब चाहिदैन ।
दुई महिनामा ब्याउथे
हात्तीहरु भएको भए
बाइस महिनामा ब्याउथे
तर हाम्रा सभासदहरुलाई
डाइनोसरहरुले पनि के भ्याउथे
चार चार बर्ष बाली लाग्दा पनि
देश बिदेश जाग्दा पनि
सौता सौती झै मारा मार गर्दै
कहिले बोली बारा बार गर्दै
अभिभावक र जनतालाई छल्दै
संसारकै महङ्ग्यो अस्पातलमा ब्याए
नपुङ्सकहरु के पाउन सक्थे
अन्तिममा मृत संबिधान पो ल्याए
प्रस्तव पिडाको नाटक गर्दै
जनता निराश भएको बेला
कोही मुसु मुसु हाँस्दै छन
कोही दोष अरुलाई टास्दै छन
फेरी हामीलाई अलमलमा पारेर
देशलाई खाल्टोमा भास्दै छन
कोही मस्त सत्ताको स्वाद चाख्दै छन
चाख्न नपाउनेहरु
फेरी रेलिङ भाच्दै छन
अब जनताले आँफै लाठी बोक्नु पर्यो
यि हुतीहाराहरुलाई,सडक सत्तामा
जहाँ भेटे पनि ठोक्नु पर्यो
के अब संबिधान जन्माउन सक्तैनौ भनी
तीन करोड जनताको दुबै गोडा ढोक्नु पर्यो
के सबैको मती बिग्रियो भन्नु पर्यो
सहमती बिग्रियो भन्न पाइदैन
नत्र यस्ता नेताहरु
नेपाली जनतालाई अब चाहिदैन ।
- Chakendra Rai bitrisNA, thakaai, khabardaari ani naj aakros ..........!! Tyaagko laagi dhanyabaad !!10 June at 20:14 · · 1
- Indra Narayan Chongbang प्रेम गुरु समय सापेक्ष कलम चलाउन माहिर हुनुहुन्छ व्यंग्य जति छ उतिनै मनन योग्य पनि .. सेवारो11 June at 03:45 · · 2
- J.r. Joshi ---
अन्तिममा मृत संबिधान पो ल्याए
देशको मांस, हड्डी, र मलमुत्र समेत भ्याए !11 June at 10:33 · · 1 - Kholi Bung Chamling jasto neta ustai kavita..... shabdale bhuteko chha barrrrrrrrrrrrrrrrrrrrrrrr
rrrr......... thanks 11 June at 17:13 · · 1 - Dalbir Singh Baraili 'Ghayal' कलमको तागत पुग्ने भए यो कबिताले ठहरै हुनु पर्ने हो ६०१ जना तर......जेहोस व्यंग्य निक्कै दह्रो छ प्रेम जी धन्यवाद !12 June at 10:59 · · 1
- Jeeten Khadka तिखा तीरहरु चलाउन निक्कै माहिर प्रेम जी को अर्को गतिलो प्रहार |12 June at 13:12 · · 1
No comments:
Post a Comment