Thursday, July 12, 2012

अचेल समाज


साडी र सुरुवाल कुर्तामा
सजिएको  समाज त्यो
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टिमा हिड्दा
छोराको के कुरा
छोराको बालाई पनि
मन थाम्न गार्हो भो
रातमा भन्दा झन
दिनमा हिंड्न सार्हो भो
त्यसैले होला अचेल
हजुर बाहरु पनि
कान्छीको भट्टी छाडी
क्याबीन डिस्को तिर भेटिन्छन
हजुर आमाहरुसङ्ग
सानो सानो कुरोमा पनि च्याठिन्छन ।

काकाहरु पनि अचेल
डाँका भएका छन
पेन्टी र कट्टुकै लागि
कसैको खल्ती चोरेका छन
कसैको घरै फोरेका छन
तर कसले भन्ने बिकृति यसलाई
सबैले झन कट्टु पेन्टिलाई
उत्तर आधुनिकतासँग जोडेका छन
त्यसैले होला चित्रकारहरु पनि
नारी सौदर्यताको वकालत गर्दै
बिना बस्त्रको चित्र कोरेका छन  ।

कला कर्मी पनि के कम
कथाले भन्दा
समाजले मागेको भन्दै
नयाँ नयाँ रेकर्ड तोडेका छन
विवाह गर्दा
सात जनमलाई खाएको कसम पनि
सातै दिनमा छोडेका छन ।   

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers