Monday, June 28, 2010

नेपाली फूटबल

गजबको खेल खेलियो
न पक्षबाट बल ठेलियो
न बिपक्षबाट बल पेलियो
न कर्नेर किक हानियो
न खुट्टाले बल तानियो
खेल जगतको झुरै खेल मानियो
न गोल गरियो
न मैदान छोरीयो।

रेफ्री पनि उस्तै परे
गाई भैंसी त चराउथेरे
के थाहा बिचरालाई
फल्स कसरी हेरिन्छ
पेनाल्टी कस्री गरिन्छ
लाइन्सम्यान पनि स्वाठे परे 
रकमी र ट्वाटे अरे
न कुदन सक्ने
न जुध्न सक्ने
बिन कामका प्वाके परे  ।

खेलाडी पनि ल्वाते परे
जती झेल गरे पनि
ठेलम ठेल गरे पनि
न अंक जोडन सके
न मैदान छोडन सके
कोही कुइनाले हिर्काउने
कोही  छिट्टिङ लाउने ।

अजब खेलाडिका गजब कुरा
ठान्ने आफुले आँफैलाई सुरा
लाए हुन्छ साडी र चुरा
दर्सक  दिर्ध  भए   बिचरा
कती आत्तिए
कती पाट्टिए
कती लाट्टिए
तर मैदानमा
पुराना खेलाडी पनि नाउछ
पेले र म्यारोडोना झै भाउछ
गोल एक्लै गर्ने  दाउ छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive