हरेक बर्ष
कहाँ हो कहाबाट हुलका हुल
काधमा हलो थाम्न
हातले फालो छाम्न
हलीहरु आउछन
साथमा हुलका हुल
धानको मुठो रोप्न
हिलोले माटो रोप्न
रुपारहरु पनि ल्याउछन
खेतको आली च्याप्दै
आपसमा हिलो छ्याप्दै
असारे गीत गाउँछन
माया प्रीत लाउछन,
अलिकालको त्यो भात
धुत्नसम्म धुते पछी
पैचो गरेको त्यो धन
थुत्नसम्म थुते पछी
खेत त्यसै बाझो छोडि
कोही हलो लिएर
कोही फालो लिएर
कोही धानको पुलो बोकी
कोही कुलेलम ठोकी
रातारात हराउछन,
गरिखान नसकेका नाथेहरु
मरीजान नसकेका भातेहरु
ढलमा ढल्ननसकेका ट्वाकेहरु
छलमा पल्केका छवाकेहरु
जती डाटे पनि
जती झांटे पनि
लाज शरम भगाएर
फेरी माफी मागेर
हल गोरुहरु नार्दै
धानको बिउ झार्दै
जोत्ने तमझममा छन
रोप्ने रमझममा छन
साहेद यसपाली
भाझो खेत रोपिन्छ कि
हरियो धानले छोपिन्छ कि।
No comments:
Post a Comment