कतै जब्बर जस्ती दाइको धन लुटदै
कतै बहिनिको अस्मिता पनि लुटदै
देउसै शहरले आट्नुसम्म आटो गाँठे
कहिले बिदेश उडाइ दिन्छु भन्दै
कहिले जागिर जुटाइ दिन्छु भन्दै
देउसै शहरले ढाट्नुसम्म ढाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
कहिले रानी पोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
कहिले एउटीलाई पशुपती डाडामा
कहिले अर्किलाई मोटर लेइ भाडामा
माया शहरले साट्नुसम्म साट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे ।
दिनहु लोग्नेको आँखा छल्दै
बिहानमा होटेलबाट आँखा मल्दै
उल्टै शहरले लोग्नेलाई डाट्यो गाँठे
आधुनिकतामा सस्कृतिलाई किच्दै
आडम्बरमा बिकृतिमा भिच्दै
समाज शहरले भाड्नु भाड्यो गाठे
यो शहरले के गर्न आट्यो गाँठे।
दु:ख सुखको सहयोग फाट्दै
छिमेकत्वको भावना भाडदै
मन शहरले काट्नु काटयो गाँठे
कतै गगन चुम्बी ठडाएर
कतै खुला आकासमा लडाएर
सपना शहरले सबलाई बाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
आलु खाइ पेडाको धाक लगाएर
खोक्रो ढाचामाथी उपहास बगाएर
गफ शहरले छाट्नुसम्म छाट्यो गाँठे
यो शहरले के गर्न आट्यो गाँठे।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
August
(34)
- मेरो भाग्य
- गीत
- नदी
- गजल
- टुक्रा टाक्री
- आज सबै हिजडा भए।
- लाजै लाग्यो गाँठे
- कुरो कुन्थरो
- यसपली त साच्चै सबलाई हसाउनु भो।
- सरकार
- गाई जात्रे नाटक(गाइजात्रे झटारो)
- फेरी ऋन खोज्दैछु।
- तिम्रो खेतमा
- मेरी प्रेमिकाको के कुरा
- बिचरा "म"को
- नाङ्गै नाचेकैछन
- कहाँ राख्ने,गोठ छैन।
- भन युद्द कस्को जितमा छ
- भुँडीतन्त्र
- यसो गरे कसो होला
- गधाको भारी
- धुन्दकारी
- सत्ताका भिखारिलाई
- सिंहदररबारका घोडाहरु
- ठुलो शहरमा छिरेको मान्छे
- यो शहरले के गर्न आट्यो गाँठे
- गीत
- कामाउदा त्यो दाममा
- गीत
- स्यालको राजाइ गरेका छन(घुयत्रो )
- नाटक जारी छ।
- दिनहु बत्ती गएकै छ
- सस्क्रिती र चलन
- आज त्यस्तै लाग्यो
-
▼
August
(34)
No comments:
Post a Comment