Sunday, August 21, 2011

गरीब हुँदा म

म गरीब भएर
चलाई राखेको भए पनि ठेला
र तिमीले यसको
चिन्ता लेइ राखेको बेला
मलाई
अर्को पिडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा  चामल नहुँदा
भोक भोकै बस्दा पनि
छोराको उपचार गर्न नसकी
शोक शोकै बस्दा पनि
मैले बाँच्न सिकेकोछु
मैले हास्न सिकेकोछु
किनभने
भोक मेरो नसा भएको
शोक मेरो नसा भएकोछ ।

अब मलाई
पेदा होइन
पिडा भए पुग्छ
खीर होइन
पीर भए पुग्छ
किनभने
बियोग मलाई
भाङ भन्दा मिठो लाग्छ
बिजोग मलाई
अफिम भन्दा छिटो लाग्छ
त्यसैले
तिमीले मलाई
गरीबीको रेखा मुनी राखे पनि
सडक, पुल मुनी फ्याके पनि
मलाई कुनै आपत्ति छैन
मलाई कुनाइ बिपत्ती छैन ।

मेरो नाममा
भोज,भातेर, सेमिनार गर्नेहरु
मेरो मममा
धन,सम्पत्ति जोडन मर्नेहरु
सुखहरुमा तिमी जियू
दु:खहरु मलाई देऊ
तिम्रो धुखको बिष
म घुटक्क पिइदिन्छु
तिमी सुखमा भट्किरहेको बेला
तिमीलाई सुख खट्किरहेको बेला
म दु:खमा पनि
आनन्दले जिइदिन्छु।
मलाई एक छक खाना नभए पनि
मलाई तिम्रो कुनै साथ नभए पनि
बेदना पिउदा पिउदै
समबेदना जिउदा जिउदै
झुपडिमा पनि रमाउन सक्छु
पसिनामा खुशी कमाउन सक्छु
मलाई गरीब हुनुमा
कुनै चिन्ता छैन भने
तिमी महलमा बसी
गरिबको चिन्ता नगर
गरबिको सुर्ता नगर
बरु सक्छौ भने
हाम्रो नाउमा अझ भ्रष्टचार गर
हाम्रो गाउमा अझ अत्याचार गर
सक्छौ भने अझ
तिमी र हामी बिच
एउटा ठुलो खडल खान
म त्यो खाडलमा खस्दा पनि
म त्यो खाडलमा फस्दा पनि
 खुशीका साथ जिउनसक्छु
 र त्यो बेला
तिम्रो दु:ख पनि
एक घुट्किमा पिउनसक्छु।
· · Share · Delete

    • Sama Raut ‎"त्यो बेला पनि

      तिम्रो दु:ख घुट्किमा पिउनसक्छु।" मन छोयो प्रेम सर .....!
      23 August at 14:34 · · 1 personLoading...
    • Binod Neupane सरल शब्द छन , बेदना छ ; राम्रो छ ।
      24 August at 00:14 · · 1 personLoading...
    • Deepika Thapa Aba vane ballla bachna sakne vaiyo. Himmat aaayo. Yasari nai ta bancheko manche, Pir ra raharharu chattivitrai sancheko manche. Jastai apthayara haruma pani masta sanga nacheko manche. Thank u.
      24 August at 00:17 · · 1 personLoading...
    • Jeeten Khadka प्रेम सर सारै यथार्त विषयबस्तुहरु समेटिएको मन छुने कविता | thank you for sharing.
      24 August at 00:42 · · 1 personLoading...
    • Rudra Adhikari good morning prem jee.so nice
      24 August at 01:19 · · 1 personLoading...
    • Rajan Pravhat Aanshu goodmorning sir,,,,, really heart touchese,,......fabulous...... Thanks for shearing great poem,,,,,,,,,have a great day,,,,,,,,
      24 August at 01:55 ·
    • संगीता जमरकट्टेल
      तिमीले कुनै चिन्ता नगर

      तिम्रो घरमा पार्टी चलेको बेला

      मेरो घरमा चामल नहुँदा
      ...
      भोक भोकै बस्दा पनि

      छोराको उपचार गर्न नसकी

      शोक शोकै बस्दा पनि

      मैले बाँच्न सिकेकोछु

      मैले हास्न सिकेकोछु

      किनभने

      भोक मेरो नसा भएको

      शोक मेरो नसा भएकोछ ।

      यथार्त विषयबस्तुहरु समेटिएको मन छुने कविता |bhai

      .दर्शन.. नमस्कार ....साथै सु स्वास्थ्यको कामना ,, मिस यु ,,,मिस यु अलट अफ,,गड ब्लेस यु ...अबिरल माया ..bhai ..,,,
      See more
      24 August at 04:18 · · 1 personLoading...
    • Indra Narayan Chongbang कविता जति क्लिस्ट कोरियुन भाब कमजोर रह्यो भने सुन्दर अबस्य हुन्छ तर समृद्ध भने कहिले हुनसक्दैन , आज प्रेम गुरुको कविता पढेर लाग्यो कविता लेख्न जीवन र जगतको रंग पोत्नु पर्छ अनि मात्र कविता कविता बन्छ.. कविता पद पद डुबे हार्दिक बधाई गुरु .. एउटा युगबोधि कविताको लागि सेवारो
      24 August at 04:42 · · 2 peopleLoading...
    • Jeevit Khadka saachchai nikai gahiro bhab, tyamaa pani mitho upamaa , aupras le sajidaa kabitaa nikai sundar baneko chha !!
      24 August at 05:05 · · 1 personLoading...
    • Bhakti Prasad Paudyal हेर्दा तुकबन्दी जस्तो देखिने गरिबी र अभावको फाइदा उठाउने दुःखदायी प्रवृत्तिप्रति गरिएको मार्मिक व्यङ्ग्य ।
      24 August at 07:46 · · 1 personLoading...
    • Bhim Bashyal mutu 6une kabita sirrr.......best off luck
      24 August at 08:09 · · 1 personLoading...
    • Naresh Bhandari sabda ra vhab le purna kabita ..saraii mitho lago...Prem je..
      24 August at 12:52 · · 1 personLoading...
    • Aakash Gaihre ‎"भोक मेरो नसा भएको
      शोक मेरो नसा भएकोछ ।"
      nepali janata ko paribhasha yestai 6 ahile ...
      24 August at 14:32 · · 1 personLoading...
    • Ck Chamling Rai भोक मेरो नसा भएको
      शोक मेरो नसा भएकोछ ।"
      nepali janata ko paribhasha yestai 6 ahile ...
      shabda sapati liye hai.....mitho lagyo..
      24 August at 20:30 · · 1 personLoading...
    • Aakanksha Sharma भोक मेरो नसा भएको,शोक मेरो नसा भएकोछ ।बियोग मलाई भाङ भन्दा मिठो लाग्छ,बिजोग मलाई,अफिम भन्दा छिटो लाग्छ.....मर्मस्पर्सी,केहि अलग स्वाद !जय होस् ।
      24 August at 20:35 · · 1 personLoading...
    • James Grg नमस्कार सर '''यहाँ को जीवन सुखा, शान्ती, सु-स्वास्थ्य, दीर्गा यु होस, ज्ञानी होस, साथै जिवनमा धन सम्पति ले भरी पुर्णा होस, र जीवनमा खुशी र उमङगको बास होस""जय माता की""
      25 August at 02:14 · · 1 personLoading...
    • Chakendra Rai यो कबिता हेरे पछी मलाई लाग्यो । जीवन सुखमा होइन आनन्दमा जिउनु पर्छ,सुख र आनन्द सुन्दा समान लागे पनि आकाश र धरती जती नै फरक छ,सुख बाहियत हो भने आनन्द भित्री अनुभब हो । गरीबहरु माथि निक्कै ठुलो आश्वासन दिन सफल यो कबिता बेङ्य पनि खरो नै गरेको छ । ट्यागको लागि हार्दिक धन्यवाद छ यहाँलाई । यस्तै जनताहरु को आवाज लाई बुलुन्द गर्ने सकोस यहाँको कलमले ।
      25 August at 09:59 · · 1 personLoading...
    • Tila Rai its so nyc sir, gr8 feelings
      29 August at 11:17 · · 1 personLoading...
    • Prem Oli Thank you all friends for comment. your commwnt gives me energy to write more.
      30 August at 02:12 ·

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers