Tuesday, December 21, 2010

ठुलो शहरमा मान्छे

ठुलो शहर
राम्रो लगाउन
मिठो पकाउन
केही कमाउन
केही रमाउन
जिन्दगी समाउन
भाग्य जमाउन
ठुलो शहर छिरेको
आज बर्षौ भईसकेछ।

न धन कमाइयो
न मन रमाइयो
न मिठो खाइयो
न सुख पाइयो
मुखिया बाले जस्तो
बरु आफुलाई
ठुलो शहरले
कजाउनु कजायो
कमाउनु कमायो
केही नखाए पनि
केही नलाए पनि
उल्टो शहरले
ऋनको तम्सुक थमायो
साउको उधारो तिर्दा
श्रीमतीको तिलरी गुमायो
महङ्गी थेग्न
घरभाडा छेक्न
श्रेमतीको कानबाली गुमायो ।

र पनि मान्छे
गाउ जस्तो अधेरो
धुवा धुलोको पधेरो
यो ठुलो शहरमा
भित्र भित्र भासिदैछ

र पनि
मिठो सपनामा आसिदैछ
भाग्य सप्रियो भने
कसो गोरु नब्याउला
अझ शहरतिर टासिदैछ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers