Friday, February 10, 2012

सत्ता अडिक्ट (ब्यङ्ग्यबन्ध )

यसको नशा कती कडा छ भन्ने कुरोको चुरो  नाप्ने  आज सम्म कुनै बैज्ञानीकले मेसिन बनाउन सकेका छैनन। जस्तै मै हुँ भन्ने पनि यसको नशा फसे पछी यो न पाउदा ड्रगमा फसेका युवा युबती जस्तै छटपटाउन थाल्छन। टवाटेहरुलाई रक्सी नपाउदा,जुवाडेहरुलाई पत्ता नपाउदा भन्दा धेरै छ्टपटी नेताहरुलाई सत्ता नपाउदा हुन्छ। हुन पनि किन नहोस जुवा खेल्दा,जाडरक्सी खादा मान्छेको छाकबास उड्छ। तर सत्तामा लिप्त हुँदा झन छाकबास जुड्छ।सबैको घर आगनमा चिल्लो गाडी गूड्छ। जाड रक्सी र जुवामा लतमा फसेकाहरु करोडपतीबाट कङ्गालपती भएकाछन। तर सत्ताको नशामा डुबेकाहरु चप्पलेबाट मोटरकारमा गुड्छन । भेडाबाख्रा चडाउने पनि जेट बोइङ्गमा उडछन । त्यसैले होला यि नेताहरु एक पटक मान्छे खान पल्केको बाघ जस्तै घरि घरि सत्ताको कुर्सितिर आँखा गाड्छन।
अरु नशाको लतमा फसेकाहरु कोही ख्याउटे,कोही झ्याउरे,कोही मरणच्यासे हुन्छन तर सत्ताको नशामा लागेकाहरु त पिन्ड खाने अवस्थाकाहरु पनि झन चिल्ला चपिला देखिन्छन। यसको नशामा परेकाहरुलाई आर्थिक,सामाजिक र शरीरिक हानी नभए पनि मानसिक पिडा भएको देखिन्छ। त्यसैले उनिहरु सत्ताबाट बहिर हुँदा बेलामा बर्बराउदै सत्ता हत्ताएकाहरुलाई गाली गरेको सुनिन्छ। आफु सत्त्तामा बस्न नपाउदा अरुलाई आफ्नै बाउको बृत्ता खोसिए जस्तै गरेको पाईन्छ। सत्ता न पाएको झोकमा सानो कुरोमा निहु खोजेर चक्कजाम ,नेपाल बन्द गरेर जनतालि रिश पोखेको पाईन्छ। आजसम्मा शान्ति देखी क्रान्तोको कुरा गर्ने सबैले सत्ता स्वाद चाखे पछी जनतलाई लात हानेकाछन। अब सत्ता अडिक्टको कुनै उपाए छकी खोज्नु पर्ने भएकोछ। जय काउकुती।

· · · Share · Delete

    • Bimal Gautam सत्तामोह लाइ खुइल्याउने व्यंग्य
      31 December 2011 at 02:38 · · 1
    • Indra Narayan Chongbang चोटिलो व्यंग्य प्रेम गुरु ... सेवारो
      31 December 2011 at 14:59 · · 2
    • Jeevit Khadka Saahrai rasilo byanga prastiti ...!
      31 December 2011 at 19:04 · · 1
    • Chakendra Rai मन भरिको गुनासो जुन गुनासो भित्र नेता जी हरुको सचित्र पाए / मलाइ कहिले कहिँ सोच्न मन लाग्छा यी गुनासाहरु सडक मा पोखिए भने यी नेता हरुले के समाल्न सक्लान ? जे होस ओली सर यहाको शब्द बाणहरु ठिक ठाउमा ठिक तरिकाले प्रहार भएका छन् / तिरंतर जारि रहोस यो नया सालले झनै जागर थपोस यहि कामना छ / नेपाली जनताहरु को जय होस् !!
      31 December 2011 at 19:25 · · 1
    • Kundal Khadka Prem sir,hamra netaharuko charitra ko athartha chitran gareko yo byangale netaharuko buddhi palaos.i like this.
      1 January at 08:52 · · 1
    • Purbeli Sathi गज्जबको लेख ! साह्रै मन छुने !!
      1 January at 08:56 · · 1
    • Lila Rijal sahi 6 bangya majja maner padhe ------thx 4 this n happy new year 2012
      1 January at 17:51 · · 1
    • Prem Oli same to you too.
      3 January at 04:49 · · 1
    • ठिस शैलेश बुढा ‎...
      वाह!
      मिठो, मिठो...
      धन्यवाद!
      5 January at 10:27 · · 1

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers