Wednesday, March 7, 2012

भो अब लाउदैन पिरती

काले बाबुसाहेवहरु
माया प्रिती कुरा गर्दै
कसैले
जीवन बनाइ दिन्छु भन्दै
कसैले
धनी बनाइ दिन्छु भन्दै
कसैले
स्वतन्त्रताको कुरा गर्दै
शहरसम्म आए
गाउसम्म धाए
जवानी जोश
गुमाउदै होस
रात नभनी
भात नभनी
जात भनी
लाउनु प्रिती लाइयो
काले बाबुसाहेबहरु
कोही मन्त्री भएर
कोही जि एम भएर
भाले भए पछी
पाउनु धोका पाइयो ।

पिडा नसेलाउदै
माले बाबुसाहेबहरु
नयाँ आस्वसन लिएर
कोही सर्वहाराको डोको लिएर
कोही लालपुर्जाको पोको लिएर
फुलाउन आए
भुलाउन आए
मन न हो, फुलियो
पन न हो, भुलियो
फेरी मोराहरुको
मायाजालमा फसियो
साथमा साथ दिन
हातमा हत दिन
कम्मर नै कसियो
कती कुदियो
कती जुदियो
तर
मालेसाहेबहरु पनि
भाले भए पछी
कालेहरुले झै फाले
उही गतिमा हाले ।

फेरी धोका !
ढुङ्गाको मन बनाएर
बसेको बेला
फेरी झालेसाहेबहरुले सुसेली हाले
हाम्रो माया पवित्र छ भन्दै
यो अन्तिम मौका भन्ने थाले
मन न मान्छेको, पग्ली हाले
काधमा काध मिलाउदै
बातमा बात मिलाउदै
घाम नभनी
काम नभनी
दाम नभनी
रात दिन हिंड्न थाले
ज्यान दिन भिड्न थाले 
तर झाले बाबुसाहेबहरु पनि
भाले भए पछी
कसम बिर्सन थाले
कसैले दरबार दिन्छौ भने
कसैले घरवार दिछौ भने
तर आज सबैले
एउटै खाल्टोमा हाले
थुइक्क मेरो मायाप्रिती !
अब त
जस्ले जस्ले जस्तो कसम खाए पनि
भो लाउदैन यो झुठो माया पिरती ।  
 

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers