दशै आयो
तिहार आयो
फेरी चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।
चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।
क्रिकेटमा छक्का राम्रो
फूटबलमा अट्ठा(octupus) राम्रो
तर राजनीतिमा
सत्तै छ धमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्तै खोज्ने चाल ।
सत्ता हान्नेहरु
उक्सिने,चाउरिएका गाल
पलाउने झरेको त्यो बाल
सुध्रिने सारा बिग्रिएको हाल
किनकी
सत्ताले गर्छ ठुलै कमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्ता नै हान्ने चाल ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
September
(31)
- हाईकु
- खाली सिसी
- मुक्तक
- गीत
- शक्ती ढले पछी
- मन्त्रिको भेटमा
- यि हुस्सुहरुलाई
- खुट्टाहरु
- भुते गुरु
- गत बर्ष मनकामना गएको बेला बुढीले लौ बुढा यसपाली त ...
- पुकार
- इच्छा
- सत्ता(झटारो)
- हुरी
- आकाश
- यस पालिको तीजमा
- सम्धिधान
- ओ नेता जी
- मुक्तक
- गीत/
- विद्वानहरुलाई धिकार छ।
- घाम
- गीत
- गोरु ब्याउने आसमा
- ठिकै भन्थे बाले
- प्रतिसपर्दा
- भानु तिम्रा राम पनि
- हाइकु
- जीवन
- मान्छे र नियती
- यो देशमा
-
▼
September
(31)
No comments:
Post a Comment