Sunday, August 22, 2010

फेरी ऋन खोज्दैछु।

छोराहरुलाई बढाउन
ऋनै थपियो
छोरालाई पढाउन
ऋन खपियो
ऋन घटाऊन भनी
ऋनै काढेर पनि
रामलाई खाडी वास पठाइयो
भोलीपल्टै सिता माइत गइन
उतै बस्दी भईन
आकुल झुकल भेट्दा
हिरोनी जस्ती भईन
घरको ऋन बढ्दै गयो
छोराको कमाइ माइतै रहयो।

कृष्ण पनि बिदेश जान हौसियो
न जा भन्दा आँफैसङ्ग कस्सियो
यसै ऋन उसै ऋन बुढी भैंसी किन
कान्छोलाई पनि साउदीतिर पठाइयो
बुढोको काध माथि धोक्रो अर्को आठाइयो
पछी सुनियो
कृष्णले पनि गोपनी धेरै बनायो
कमाएको धन सबै उतै गुमायो
केही बर्ष पछी
दुबै लुते कुकरझै लुसुक्क आए
न धन ल्याए न जन ल्याए
कुरो बुझ्दा
सीता धन कुम्लाएर
रावणससङ्गै पोइल गइछ
राधा पनि कंसकै भईछ।

आफुलाई ऋन टाल्दा टाल्दा
खसी बाख्रा गाई गोरु र जग्गा
एक एक गरी फाल्दा फाल्दा
जोगी नै भाईएछ
पिरै पिर सतराल्लिदा
कराँचीसम्मै पो गइएछ।

आज भोली
रामेलाई माले गोरु
कृष्णलाई काले गोरु बनाउदै
बचेको एक टुक्रोमा जोत्दैछु
आँफै बिदेश जान कसिएँ अब
फेरी ऋन खोज्दैछु।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive