Saturday, June 26, 2010

पुरानो बादशाहको गाई गुइ छ

पुरानो सत्ता गलेर
पुरानो बादशाह ढले पनि
जनता ज्यु को त्यू छ
नयाँ बादशाह झन
नयाँ रजाइ छ।
नेताहरु  टुन्न खाएर
उग्राइ रहेको बेला
कयौ पेटहरु भोक भोकै सुते पनि
कतै न कुइ
न काइ छ
किनभने  यहाँ
नयाँ बादशाह झन नयाँ कजाइ  छ

कस्ले भन्छ यहाँ नेपाल छ
न शिक्षा न उधोग
न सुरिक्षा न सहयोग
न क्रीषी न उपयोग

तिमीले जती भने पनि 
तिम्रो कुरोको न तुइ न ताइ छ ।
 

 अझै पनि बादशाहमा
खोक्रो आडम्बर
थोत्रो आसवासन
झुत्रो योजनाको
अझै  कत्रो फुइ फाइ  छ।

यो गरे पनि नहुने
त्यो गरे पनि नहुने
जनता सधै जनता हुने
जो आए पनि बदशाह हुने
फेरी शहरमा
पुरानो बादशाहको गाई गुइ छ।

तर नसोछ अब
नयाँ बादशहहरु
पुरना बादशाहहरु
तिम्रो यहाँ सधैं हाइ हाइ छ,

ईतिहासलाई हेर  
तिमी जस्तोलाई
कस्तो  बाइ बाइ छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive