Sunday, June 20, 2010

देसलाई हनुमान चढाउनु पर्छ

देसलाई रावण चढे पछी
दसैं टाउको जडेपछी
टाउकोमा टाउको ठोकियो
शान्ती त्यो रोकियो।
एउटा मुख एका तिर
अर्को मुख अर्कै तिर
कुरामा कुरा बाझियो
अमन चैन भाझियो।
एउटा ठान्छ लङ्केश्वोर
अर्को भन्छ चङ्खे चोर
जुगामा जुगा अल्झियो
सहमती पनि बल्झियो।
एउटा खाइ मातियो
अर्को नपाई आत्तियो
टाउको टाउको तात्तियो
दुस्मनी झन सधियो।
देसलाई हनुमान चढाउनु पर्छ
रावणलाई अब लडाउनु पर्छ
पुच्छरमा आगो लगाउनु पर्छ
दम्भ अहमलाई भगाउन पर्छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive