Sunday, October 28, 2012

मेरा मित्र लोके

मेरा मित्र लोके
एक दिन
टन्न रक्सी धोके
त्यसपछी मसँग
आफ्नी बह पोखे -
दिन भरी अफिसको फन्दा
साझ बिहान् घरको धन्दा
जती मिठो पकाए पनि
हुँदैनिन खुशी मेरी चन्दा
पकाउने धौले अनेक उपाए बुन्छिन
घरमा आउँदा सधैं बिरामी हुन्छिन ।

मलाई अलिक आनौठो लागि सोधे -
तिमीले नै खाना किन पकाउने
के छ त्यस्तो
सबै काममा तिमीलाई लगाउने  ?

मित्रले न्यास्रो मुख लाउदै बोले
अलिकतो आफ्नो अतित खोले -
के गर्ने !
फ्याउरीको मायाले मरियो
जिबन भरी खुशी राख्ने
अनेक बाचा बन्धन गरियो
 त्यसैले आज यस्तो फन्दामा परीयो ।

दु:ख लाग्यो उनका कुरा सुन्दा
उपाय पनि फुरेछ यसो मनमा गुन्दा
मैले आफ्नो उपाए भने
मित्रले पनि यो पुरान झै सुने -
आज पनि आँफै खाना पकाउनु
मिठो बोलिले श्रीमतिलाई फकाउनु
पकाउदा पहिले पानी हाल्नु
पानी उम्लिए पछी
तरकारी हाल्नु
त्यसपछी
नुन, तेल ,बेसार हाल्नु
तरकारी भन्दा खुर्सानी हाल्नु
पाके पछी आफु चाँही
मिठो मानी मानी खान थाल्नु ।
मित्र मेरो कुरोमा राजी भए
खुशीले गद गद हुँदै घर गए
मैले भने जस्तै खाना पकाएछन
श्रीमतिलाई पनि खुब फकाएछन
खाना टेबलमा आँफै सजाएछन
आफुले जिब्रो पटकाउदै खाए
भोली पल्ट टाउको लटकाउदै आए
उनले टाउकाको टुटुल्को देखाउदै बोले
सारा घट्नाको रहश्य खोले -
मित्र यो कस्तो उपाए सिकायौ
आज साथीलाई यस्तो दिन देखायौ
सारा खाना मेरो थालमा पोखी
यती मात्र हो र ?
आज त डाडु पन्यौने टाउकोमा ठोकी ।

मैले अर्को उपाए सुल्झाउदै भने - 
फेरी आज पनि खाना
आँफै पकाउछु भन्नु
के भन्छिन घरकिले राम्रोरी सुन्नु ।
मित्रले घर गए पछी
फेरी भान्से हुने कुरा आकेछन
तर बिचरा डरले अनुहार ढाकेछन
चान्दा उनलाई
एक पटक खाउलाई झै हेरिन
रिस देखाउदै
चक्कुले लौकालाई सेरिन
रन्कदै मुख फोरिन
फन्कदै नयाँ कर्फु छोडिन -
अब देखी तपाईंलाई म
भान्सामा छिर्न दिन्न
तर आज भन्दयाछु
तपाईंलाई पनि बाहिर हिंड्न दिन्न ।
बल्ल मुक्ती पाए झै भए लोके
त्यसैले खुशी हुँदै मोबाईल ठोके -
साथी यो जुक्तिले त ठुलै कामा गर्‍यो
मेरो लागि त यो राम बाण नै पर्‍यो ।
केही दिन पछी
मित्रले फेरी फोन ठोके
यसपाली अर्को नयाँ पिडा पोखे -
आज भोली नयाँ ड्युटिमा पर्याछु
भान्साबाट लुगा धुन
बाथरूममा सर्याछु ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers