Saturday, December 18, 2010

टुक्रा टाक्री(झटारो )

सभासदका दिन

दुइचार महिना

सभासद भएकोमा

रमाउनमा बित्यो

दुइचार महिना

राम्रो मन्त्री पाउन

मालिकको पाऊँ

समाउनमा बित्यो

दुइचार महिना

एउटा घर बनाउनलाई

कमाउनलाई बित्यो

दुइचार महिना

जानलागेको सभासद

थमाउनलाई बित्यो

बाँकी दिन

सरकार ढले पछि

नयाँ सरकार फेरि

बनाउनमा बित्यो।

घुस मन्त्र

सकेसम्म

हरियो नोटको पोको

नसके कालो बोको

त्यो पनि नसके

तरकारी एक डोको

नत्र भने हाकिम साहब हुनुहुन्न

भए पनि निदाउनु भाछ

खाली हातले उहाँलाई छुन्न।

दान

मान्छेकै रगत चुसी

मान्छेलाई रक्तदान

बनी ब्यापारी दिएको

कस्तो यो माहादान।

४ प्रतिपक्ष

देशको बिकाश

असहमती

जनताको बिकास

नियापत्ती

गाउको बिकास

ठुलो आपत्ति

टोलको सुधार

हाम्रो आपत्ति

कमिसनमा खास

छ सहमती ।

५ सरकारी पद

कोहि पाइ बौलाउने

कोइ नपाई बौलाउने

झुसे झासे जो पनि

यो खाइ मौलाउने।

६ सरकारी ऋन

धनीले लिए सहयोग

गरीबले लिए ऋन

धनीले नतिर्दा आयोग

गरीबले नतिरे बन्दगी छिन्।

गनतान्त्रिक गन

पहिले

मलाई फाल्न

तिमिले पटकायौ गन

अहिले

फालिए पछि

म पटकाउदैछु गन

तिमिले पटकाए पनि

मैले पटकाए पनि

आखिर तर्साउने हो जन

बुझोन न जनता पनि

कस्तो हुन्छ गणतान्त्रिक गन ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers