एउटा कबी आउनु भो
खल्तीबाट झिकी कबिता
हातले सुम सुमाउनु भो ।
ठीक छकी छैन माइक
हातले थुम थुमाउनु भो
त्यस पछी फुक मार्दै
अलिकती गुन गुनाउनु भो ।
यो लेखे त्यो लेखे
यती लेखे उती लेखे
भन्दै कबिता भन्दा
आफ्नै कथा सुनाउनु भो
कबितामा स्वर हाल्दै
घोडा झै हिन हिनाउनु भो ।
कहिले अक्षरमा अनकनाउदै
चरी झै चिर बिराउनु भो
आँफै लेखेको कबितामा
ठाउँ पिच्छे बिराउनु भो ।
कोही हाइ गर्दै खुट्टा ताने
कोही बाइ गर्दै
आबेगको जुत्ता हाने
कोही घुरु घुरु निदाएछन
कबिले पनि कबिता
आफुलाई नै सुनाउदै
खुरु खुरु सिद्दाएछन । ।
No comments:
Post a Comment