Sunday, August 15, 2010
भुँडीतन्त्र
संसारमा बिभिन्न तन्त्रको अभ्यास भएको पाईन्छ। कतै राजातन्त्र त कतै प्रजातन्त्र ।कतै लोकतन्त्र त कतै गणतन्त्र ।कतै झोकतन्त्र र ठोकतन्त्रको पनि अभ्यास भएकोछ। नेपालमा चाँही कही नभएको जात्रा हाडिगाउमा भनेको झै संसार भरी प्रयोग भएको तन्त्रहरु,एक्लै नेपालले गरेकोछ। राणा शासनको जहानिया तन्त्र देखी शाहनियातन्त्र,प्रजातन्त्र देखी लोकतन्त्त्र हुँदै गणतन्त्र सम्म्को अभ्यास भएकोछ। यती धेरै तन्त्र अभ्यास गर्ने देशको राम्रो प्रचार गरियो भने सन २०११ को पर्यटन बर्षमा पोलिटिकल टुरिस्ट भित्राउन सकिने र देशलाई काइदाको फाईदा पनि हुने।मैले यहाँ बताउन चाहेको भुँडीतन्त्र चाँही यि सबै तन्त्र अटाउने तन्त्र हो।भुडितन्त्रको छाता मुनी सबै तन्त्र उदाए र अस्ताए पनि, भुँडीतन्त्र झन मौलाएकोछ। राणा तन्त्र होस कि राजतन्त्र,लोकतन्त्र कि गणतन्त्र,यो झन फैलदै गएकोछ । अन्य तन्त्र जरै देखी उखलिए पनि,यो भुँडीतन्त्र अजम्बरी बनेर जरा हाल्दै,हागा फाल्दै गएकोछ। झन रन बन ढाक्दैछ। यो देशमा राकस नै पसेको छ कि जस्ले जती खाए पनि कोही नअघाउने। मजाको कुरो जती खाए पनि, अब पुग्यो भनेर नडकार्ने।श्राद खाने बाजेको भुँडी पट्केको जस्तो भुँडीतन्त्रमा कसैको भुँडी पट्केको ,घाटिमा खोला नाला,बाटो घाटो,धुङ्गा गिट्टी अड्किएको खबर सुनिएको छैन।जस्ले जे खाए पनि पच्ने भुँडीतन्त्रमा आजसम्म कसैलाई न छेरपट्टि लागेकोछ न कसैलाई तलउप्पर भएकोछ। उड्ने देखी गूड्ने सम्म। खोला नाला देखी डोका डाला सम्म चपाउदा पनि पचाउदा रहेछन, केसैले छुदो रहेनछ। एकानछेक भुँडीतन्त्रलाई शाही आयोग भन्ने केतुले छुन आटे पनि भुँडीतन्त्रको छुमन्त्रमा केतु नै भुँडीमा छिरेर चर्पी हुँदै गणेशमान स्टाइलमा बागमती हामफालेको खबर सुनियो। मै हुँ भन्ने नेतालाई पनि यस भुँडीतन्त्रको घान हाल्यो भने कुन हालत हुदोरहेछ भन्ने कुरो हाल जङगलमा कन्दमुल र बाँदरको मासु खाएर क्रान्ति गर्ने साथीहरुको हबिगत हेर्दा पनि थाहाहुन्छ। जनताका घरका खट्टेमा सुतेर घट्टमा पिसेको भट्ट खाने नेतालाई बिदेशी खाना र बिस्तारा चाहिने,खाली खुट्टा हिंड्ने,आज पजेरो बिना बाँच्न नसक्ने कुराबाट सजिलै जनताले भुँडीतन्त्रे मन्त्रको खेल बुझिसकेका छन। यो भुँडीतन्त्रे जरो उखेल्ने पुत्र यो देशले पाउला नपाउला भन्न गार्होछ। भुँडीतन्त्रको भुँडी नै फाल्ने मन्त्र र जन्त्र कुनै काली बाबा सँग छ कि?आजकाल केही मान्छेहरु बाबाहरुलाई भेटेर नयाँ तन्त्र ल्याउने र यो भुँडीतन्त्रलाई अझ फैलाउने तिर लागेका कुरो पनि यत्र तत्र सुनिन्छ।यो भुँडीतन्त्रमा देश चलाऊनेले जे खाए पनि फेरी यसले आजसम्म्को जस्तो जनतलाई नाङ्गो पारेर नखावोस।त्येसो गरेमा भुँडीतन्त्रेको भुँडी नै पट्कीयोस।घाटिमा नै अट्कियोस। जय भुँडीतन्त्र। जय काउकुती।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
August
(34)
- मेरो भाग्य
- गीत
- नदी
- गजल
- टुक्रा टाक्री
- आज सबै हिजडा भए।
- लाजै लाग्यो गाँठे
- कुरो कुन्थरो
- यसपली त साच्चै सबलाई हसाउनु भो।
- सरकार
- गाई जात्रे नाटक(गाइजात्रे झटारो)
- फेरी ऋन खोज्दैछु।
- तिम्रो खेतमा
- मेरी प्रेमिकाको के कुरा
- बिचरा "म"को
- नाङ्गै नाचेकैछन
- कहाँ राख्ने,गोठ छैन।
- भन युद्द कस्को जितमा छ
- भुँडीतन्त्र
- यसो गरे कसो होला
- गधाको भारी
- धुन्दकारी
- सत्ताका भिखारिलाई
- सिंहदररबारका घोडाहरु
- ठुलो शहरमा छिरेको मान्छे
- यो शहरले के गर्न आट्यो गाँठे
- गीत
- कामाउदा त्यो दाममा
- गीत
- स्यालको राजाइ गरेका छन(घुयत्रो )
- नाटक जारी छ।
- दिनहु बत्ती गएकै छ
- सस्क्रिती र चलन
- आज त्यस्तै लाग्यो
-
▼
August
(34)
No comments:
Post a Comment