Friday, June 11, 2010

मुखाँ हानु जस्तो

अफिस गयो
काम गराउनेले घेर्दा
भ्याइ नभ्याइ गरे पनि
ढिला  भनि घुरी  हेर्दा
दिन भरिको कामले
साँझमा सास फेर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जति गरे नि नहुने !

मुखाँ हानु जस्तो 


राम्रो काम गर्दै गर्दा
पत्रकारले दिनहु छेड्दा
कुरो कन्थ्रो नबुझी
मन्त्रिले पनि
कार्यकक्षमा बोलाएर केर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
थुक्क मन्त्री बज्या!

मुखाँ हानु जस्तो।

घरमा आयो
श्रीतीले नटेर्दा
बाहिर गयो
तरुनिले नहेर्दा
टेन्सनले ,एक प्याक तानु जस्तो
आफ्नो त भाउ छैन!

मुखाँ हानु जस्तो ।

हाकिमको आदेसमा
दुई चार दाम खेर्दा
धान खाने मुसो
चोट भ्यागुतोमा पर्दा
टेन्सनले, एक प्याक तानु जस्तो
जमानै उल्टो  गाँठे
!
मुखाँ हानु जस्तो।

कुरेको तलब बोकेर
बजार भाउ हेर्दा
महाङगी र मागले
घाटीसम्म नै बेर्दा
टेन्सनले  ठुलो  प्याक तानु जस्तो

थुइक भाग्य !
मुखाँ हानु जस्तो ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive