Tuesday, July 12, 2011

ठर्रा गफ


by Prem Oli on Thursday, 16 June 2011 at 15:46
भोकले रन्थनिएको बेला घर खाज तयार नभएको झोकले गन्थनिदै एक दुई पिलेट पिन्ड दन्काउने दाउमा मो:मो पसल तिर छिरे। एउटा टेबलमा चार दलका सभासद लोकल कुखरासँग लोकल चामलको चिउरा, बिदेशी ठर्रासँग तान्दैथिए। सभा भवनमा तानातान, हानाहानको नाटक गर्ने ति सभासद खाने कुरोमा एक थिए। कोही जीवनमा नसोचेको सभासद पद संबिधान बनेपछी जाला भनेर बरु संबिधान नबने हुन्थ्यो भन्दै थिए। कोही "हाजिर जनाए पनि ,बिदा मनाए पनि पाक्ने भत्ता जङ्ग बहादुरको सत्ता भन्दा के कम? तलब भत्ताको बिरोध गर्नेको के दम?" भनेर टेबल ठोक्दै थिए। पक्षमा बसे पनि, बिपक्षमा बसेमा खानेमा को छ कम भन्दै भट्टी थर्कने गरी हाँस्दै थिए। जनताले देख्नका डाल, खानककाल भनेर के गर्नु। सबै अफुलाई शक्ती बान भन्दै थिए।

कोही भर्खर सरकारमा पसेकाले खुशीको रम खाँदै थिए। कोही सरकारबाट बाहिरिएकाले गम खाँदै थिए। सत्ता र भात्तामा पल्के पछी खानेमा सल्केका ती सभासद सुरुमा जाडो महिनाका खोस्टे उडुस जस्ता सभासद अहिले त टिलिक्क टल्केका थिए।

एउटा सभासद भन्यो।"यो सम्भिधान सभालाई तन्काउन पाए, एक दिन मन्त्री भएर दुइचार दाम थन्काउन पाइन्थ्यो कि! देशको निकास कुरो भन्दा पनि आफ्नो बिकासको कुरो छ। कस्लाई के थाह? कस्को कस्तो पुर्पुरोछ। " अर्को सभासदले रमको अन्तिम घुट्कोतान्दै भने। "पैसा भए पछी आफ्नै पार्टी बारीएला। नयाँ पार्टिमा चारिएला। बरु सम्भिधान नबने के फारिएला!" अर्को सभासदले थप्यो "।हैन यि जनता हामीलाई जिताएर किन भारिएका?जती ढिलो संबिधान बन्यो उती खरिएला।"
म:म ल्याउने कान्छोले भन्यो "। हैन यि सभासद कै काम छैन कि क्या हो ! आज पनि कती ढारिएका!" जय काउकुती ।
· · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive