Saturday, June 30, 2012

संबिधान कता हराएको छ

बुढा देखी बालकसम्म
डाक्टर देखी चालकसम्म
न्यायलयका  न्यायमुर्ती  देखी
कार्यालयका कार्यपालक सम्म
सबैले एकसाथ कराएको छ
ओ सभासदजी ! भनी देउन
संबिधान कता हराएको छ ।

आज भन्दा भन्दै   
भोली भोली भन्दै
हजारौ भोली काट्यौ
शान्ती र चैनसङ्ग
युद्द र अपराध साट्यौ
कहिले बन्दैछ
कहिले बनाइदै छ
भन्दै खुबै  ढाट्यौ
बिरोजगारी देखी कर्मचारीसम्म
विवाहित देखी ब्रहमचारी सम्म
यसपाली पनि तिमीले
संबिधान ल्याउदैनौ कि भनी
सबै डराएको छ
ओ सभासद मोहदय ! बताइ देउन
संबिधान कहाँ हराएको छ ।

तिमीले अरुलाई भन्छौ
अरुले तिमीलाई भन्छ
तिमीले नबनाए संबिधान
को आलु पाडे आएर बन्छ ?
जनतालाई बताइ देउन
कस्ले यस्तो गराएको छ
ओ सभासदजी  ! भनी देउन
संबिधान कहाँ हराएको छ ।

मदेस देखी हिमाल सम्म
दलित देखी धिमाल सम्म
मजदुर देखी कम्लर्नी सम्म
किसान देखी हली सम्म
गायक देखी नायक सम्म
हाकिम देखी साहेक सम्म
गरीब देखी धनी सम्म
कवि  देखी मुनी सम्म
फेरी के हुन्छ भनी
सबको आँखा फर्फराएकोछ
ओ सभासदजी ! भनी देउन
संबिधान कता हराएको छ ।
· · · Share · Delete

    • Bhakti Prasad Paudyal आँखा भन्दा देब्रे आँखा ठिक होला ।
      तपाईँको शैली प्रतिदिन धारिलो बन्दैछ । कतिपय शब्दका हिज्जे गल्ती हुने गरेका छन् । आज भन्दै छु । अब त्यतातिर पनि ध्यान दिनुहोला । यो शैली नछोड्नु होला । यसले तपाईँलाई धेरै अघि लाने छ ।
      3 April at 08:54 · · 2
    • Bimal Nepali samaya sapeksha LATHO
      3 April at 09:38 · · 1
    • Jeevit Khadka Magar यसपाली भक्ति गुरुसंग सहमत भए ..!
      3 April at 11:19 · · 1
    • ठिस शैलेश बुढा ‎...
      मिठो मिठो
      वाह !!!
      3 April at 12:13 · · 1
    • Misti Gottsch I cannot read this Prem...Does it say good things?
      3 April at 12:36 · · 1
    • Dilip Abiral साँच्चै संविधान कता हराएको छ?समय सान्दार्भिक कविता ,सुन्दर छ ।
      3 April at 12:39 · · 1
    • Narayan Gaunle भेटियो भने भन्नुहोला ! म लड्डु बाँड्नेछु ! :)
      3 April at 15:57 · · 1
    • Indra Narayan Chongbang समय सपेक्ष अति चोटिलो कविता प्रेम गुरु .सेवारो
      4 April at 02:46 · · 1
    • Prem Oli Sorry Misti, I tagged you but you do not know this language.It is the poem I have satirized about the constitution of Nepal that the member of constitutional Assemble are doing delay to write.
      4 April at 07:22 · · 1
    • Lila Rijal ओ सभासदजी ! भनी देउन

      संबिधान कता हराएको छ ।
      समय सान्दार्भिक चोटिलो कविता
      4 April at 10:29 · · 1
    • Jeeten Khadka एउटा समय सापेक्षित उत्तर गर्नै गारो प्रस्नको झटारो |
      4 April at 16:32 · · 1
    • Amar Oli chaukidar chor bhayako desh ma kaha ban6.
      5 April at 23:55 · · 1

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers