Saturday, June 30, 2012

माहाजाल र माछा (कथा )

एकादेशमा तीन जना हरी लठक्क थिए। एउटाको नाम काले ,एउटाको नाम भाले र अर्काको नाम लाले रहेछ। उनिहरु न स्कुल जान्थे , न घरको काममा सघाउथे । कहिले गाउको खेतबारिबाट चना केराउ चोरेर खान्थे । कहिले फलफुल चोरेर खान्थे । हुँदा हुँदा खसी बाख्रा कुखरा पनि चोरेर खान थालेछन। बिस्तारै एउटा सङ्गठन नाम दिएर गाउलेसङ्ग  चन्दा उठाउन पनि थालेछन, न दिनेलाई डन्डा उठाउन थालेछन । तीनै  जनाको प्रक्रिती एउटै भए पनि स्वाभाव फरक थियो । लुटपाटमा कुरा मिले पनि भाग बण्डा ठुलो झगडा हुन्थ्यो। कहिले मारामार नै हुन्थ्यो  र महिनौ बोली बाराबार हुन्थ्यो । उनिहरुको ब्यवहारले जनता वाक्क दिक्क भइसकेका थिए । तर बिचरा गाउले ति फटाहहरुको  बिरोधमा चुपचाप सहनु भन्दा के पो गर्न सक्थे ।

    एक दिन ती  तिनै जना गाउ बाहिर गएको बेला गाउलेहरुले  एउटा सभा बसेछन । सबैले उनिहरुलाई एउटा माहाजाल दिएर माछा मार्न पठाउने ,  जस्ले सबन्दा ठुलो माछा मारेर ल्याउन सक्छ उसलाई त्यस गाउँको मुखिया बनाउने र उस्लाई गाउँहरुले  खान बस्ने जे चाहिन्छ पुराइ दिने सल्लाह गरेछन । उनिहरु आए पछी गाउँलेहरु आफ्नो योजना सुनाएछन । तिनै जनाले यो  सुनेर दङ्ग पर्दै कुरो  सुइकार गरेछन। गाउँलेहरुले तिन जनालाई माहाजाल र बन्दोबस्तीका समानहरु दिदै भब्य बिदाइ गरी पठाएछन  र उनिहरुलाई माछा नलिएर न आउन पनि भनेछन ।

पहिले तिनै जनाले आफ्नो आफ्नो तरिकाले माछा मार्ने कोशीस गरेछन । धेरै दिनसम्म केही सिप नलागे पछी सङ्गै मिलेर माछा मार्ने सहमती गरेछन । एकदिन खोज्दै जादा एउटा ठुलो माछा भेटिएछ पनि पनि । पहिले त कसरी र कस्ले जाल हान्ने भन्ने बारे बिवाद चलेछ । पछी तीनै जनाले सङ्गै जाल हान्ने कुरो सहमती भएछ । माछा माथि त जाल फ्याकिएछ तर फेरी कस्ले माछा समाउने भन्ने कुरोको  बिवाद चर्किएछ । बिवाद बड्दै जादा तानातान चल्न थालेछ । एक छिन पछी हानाहान पनि चलेछ । ढुङ्गा फालाफाल चलेछ । यसो गरे पछी माहाजाल ठाउ ठाउँमा प्वाल पर्न थालेछ । माछा पनि बिच्किएर त्यही प्वालबाट उम्किएर भागेछ । त्यस पछी तीन जनाहरु तैले गर्दा माछा उम्क्यो भनेर एक अर्कालाई आरोप प्रतीआरोप लगाउन थालेछन । फेरी कुस्ता कुस्ती गर्न थालेछन । दुइ चार दिन , तीनै जना तीन तिर मुख फर्काएर बोली बारा बारा गरेछन ।केही दिन पछी लाले भनेछ "ल साथी यसरी रिशाएर केही हुने वाला छैन। माछा बिना हामीलाई गाउ फर्कन ठुलो बिजेत्त हुन्छ । अब जे हुने भयो । भई हाल्यो । फेरी सहमती बनाएर अगाडि बड्नु पर्छ ।"  यो कुरा काले र भाले महसुस गरेछन र जाल टालटुल पार्न थालेछन ।    गाउलेहरुले बताए अनुसार उनिहरु अहिलेसम्म माछो लिएर गाउँ फर्कन सकेका छैन ।  
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers