by Prem Oli
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलीमा सधैं चढने
बलिका बोकाहरु हामी
शिकारीहरु अर्कै
शिकार खानेहरु अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दुध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै
खाए पछी फ्याकिने
दुधका पोकाहरु हामी
चोर आए पनि
डाँका आए पनि
लुटेरा आए पनि
बेश्या आए पनि
सधैं खुला रहने
मन्दिरका ढोकाहरु हामी
कसैले फल बोक्न
कसैले जल बोक्न
कसैले मल बोक्न
सर्ब शुलभ पाइने
सस्ता डोकाहरु हामी
देश हसुर्नेहरु उनै
घुस हसुर्नेहरु पनि उनै
खाने हुने
खान नहुने
शेष हसुर्नेहरु पनि उनै
उनैहरुकै ईशारामा
घाम घाम खाँदै
झरी खाँदै
खाली पेटका भोकाहरु हामी
जाग अब
जगाउ आफुलाई
हरेक ईतिहासको मोडमा
आधी बेरी ल्याएका
हावा हुरिका झोकाहरु हामी ।
मासुको स्वाद चाख्ने पनि अर्कै
बलीमा सधैं चढने
बलिका बोकाहरु हामी
शिकारीहरु अर्कै
शिकार खानेहरु अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दुध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै
खाए पछी फ्याकिने
दुधका पोकाहरु हामी
चोर आए पनि
डाँका आए पनि
लुटेरा आए पनि
बेश्या आए पनि
सधैं खुला रहने
मन्दिरका ढोकाहरु हामी
कसैले फल बोक्न
कसैले जल बोक्न
कसैले मल बोक्न
सर्ब शुलभ पाइने
सस्ता डोकाहरु हामी
देश हसुर्नेहरु उनै
घुस हसुर्नेहरु पनि उनै
खाने हुने
खान नहुने
शेष हसुर्नेहरु पनि उनै
उनैहरुकै ईशारामा
घाम घाम खाँदै
झरी खाँदै
खाली पेटका भोकाहरु हामी
जाग अब
जगाउ आफुलाई
हरेक ईतिहासको मोडमा
आधी बेरी ल्याएका
हावा हुरिका झोकाहरु हामी ।
- 2 shares
- J.r. Joshi --
Brilliant !....
कसैले सेकुवा ब्लु लेबल तान्ने
कसैले ऐला बजी मम भकुर्ने
बिना सित्ति दिन भरी पेट मारेर
सास धानि बसेका भोकाहरु हामी !22 May at 13:45 · · 3
No comments:
Post a Comment