Sunday, June 13, 2010

भैंसीको कसम

रिसाएर माइत जादा तिमी
आफ्नो कस्तो गती भयो
न तडपाउ धेरै,चाडो फर्क
अब त यो अती भयो
बाह्र बर्ष बनबास पसे
नौ महिना त रती भयो
न लडकाउन मेरी प्यारी
न देखेकै कती भयो
निहु त मैले नै खोजेको हो
आज आफ्नै क्षती भयो
तिमी रिसाएर गएको पनि
एक बर्ष जती भयो
आउन प्रेय हाम फालेर
तिम्रै कुरोमा सहमती भयो
अब गल्ती हुने छैन म बाट
जहाँ जे जती भयो
तिम्रो बाउको भैंसीको कसम
अब त यो अती भयो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive