म सानो छदा
आकाश छुन चाहान्थे
त्यसैले
टाढा टाढा पुग्न खोज्थे
संसार नौलो देख्थे
तर
मन कमजोर हुँदा
घरमै खेल्थे
आगनमै भुल्थे
गल्लीमा डुल्थे
बैसमा
आकाश चुमियो
जमिन नापियो
शिखर देखी सागरसम्म
दुनियाँ देखियो
तर फेरी आज
उमेर पाके पछी
शरीर यो थाके पछी
घर आगनमा सिमित छु
टाढा टाढा घुम्नलाई
मन बलियो भए पनि
तन कमजोर भए पछी
घर आगनमा डुलेको छु
आफ्नै शैशबकालमा फर्किए जस्तो
घर भित्रै भुलेकोछु ।
शैशबकालमा
कोही सुमसुमाउन आउथ्यो
कोही थुमथुमाउन आउथ्यो
कोही दुद पिलाउन आउथ्यो
कोही रुदा फुलाउन आउथ्यो
तर आज
न कोही मन भुलाउन आउछ
न कोही तन डुलाउन आउछ
न कोही पानी पिलाउन आउछ
न कोही लड्दा उठाउन आउछ
जो आउछ
म बाच्नुमा
घृणा,रोस र डाहा ल्याउछ।
आकाश छुन चाहान्थे
त्यसैले
टाढा टाढा पुग्न खोज्थे
संसार नौलो देख्थे
तर
मन कमजोर हुँदा
घरमै खेल्थे
आगनमै भुल्थे
गल्लीमा डुल्थे
बैसमा
आकाश चुमियो
जमिन नापियो
शिखर देखी सागरसम्म
दुनियाँ देखियो
तर फेरी आज
उमेर पाके पछी
शरीर यो थाके पछी
घर आगनमा सिमित छु
टाढा टाढा घुम्नलाई
मन बलियो भए पनि
तन कमजोर भए पछी
घर आगनमा डुलेको छु
आफ्नै शैशबकालमा फर्किए जस्तो
घर भित्रै भुलेकोछु ।
शैशबकालमा
कोही सुमसुमाउन आउथ्यो
कोही थुमथुमाउन आउथ्यो
कोही दुद पिलाउन आउथ्यो
कोही रुदा फुलाउन आउथ्यो
तर आज
न कोही मन भुलाउन आउछ
न कोही तन डुलाउन आउछ
न कोही पानी पिलाउन आउछ
न कोही लड्दा उठाउन आउछ
जो आउछ
म बाच्नुमा
घृणा,रोस र डाहा ल्याउछ।
No comments:
Post a Comment