Friday, February 10, 2012

घुस (गुलेली )

खाऊ भने सरुवा हुने डर
नखाऊ भने छेरुवा भनिने डर
तिमीले मागेर खान्छौ होला
त्यसैले तिमीले खाएको घुस
अफुले त पाईन्छ र खाइन्छ
त्यसैले मैले खाएको खूस ।

नखानेहरु यहाँ
न टिक्छ न बिक्छ
जस्ले खाँदैन खुवादैन
त्यसैलाई बिभागले झिक्छ
बिभाग पनि त खानेहरुलाई हो
नखानेलाई त बिना बिभागीय ठिकछ ।

टन्न हसुर्न सक्नेलाई यहाँ
टनका टन घुस छ
त्यो पनि पचाउन नसक्नेहरुलाई
स्याउ अनारको जुसछ
यहाँ नखाएर कस्को महल बन्छ र ?
नखानेको मात्र छानामा फुसछ
यहाँ त
खानेहरु  बुद्दिमान
खानेहरुकै अभिमान
नखानेको बुद्धीमा भुस छ
दिनेले दिएकाछन र
खानेहरुले पनि खाएकाछन भने
नखानेको मुख किन ठुस ठुस छ ।

त्यसैले
पाईन्छ भने रोजी रोजी खाऊ
पाइन्न्न भने खोजी खोजी खाऊ
तर जसरी पनि खाऊ
नत्र भने नखानेहरुलाई कम्फु कराते हुसछ ।
· · · Share · Delete

  • 1 share1 share
    • Indra Narayan Chongbang वा प्रेम गुरु बहुत रसिलो कविता.. तपाइको व्यंग्य लेखन ले सिखर चुम्दै छ है गुरु सेवारो
      12 December 2011 at 14:44 · · 1
    • Bhakti Prasad Paudyal पुरै शायराना अन्दाजमा च्वास्स घोच्ने झिर जस्तो व्यङ्ग्यात्मक तुकबन्दी गजब लाग्यो ।
      12 December 2011 at 16:15 ·
    • Adhikari Hari तपाइको हरेक रचना व्यंगात्मक हुन्छ त्यसै मध्यको यो पनि एक हो | सुन्दर बनेको छ
      13 December 2011 at 02:27 · · 1
    • Aakanksha Sharma गजब,रसिलो व्यंग्य.........!
      13 December 2011 at 04:04 · · 1
    • Bimal Gautam samaaj ma maulaaudo aadammar laai jhaapad
      13 December 2011 at 20:09 · · 1

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers