Tuesday, July 6, 2010

आफ्नो बिहे

आमाको ताक एकातिर
बाउको रवाफ अर्कोतिर
सहमति खोज्दा खोज्दै
आफ्नो बिहे
आफ्नै देश जस्तै
अनिर्णयको बन्दी भयो
घरको चहल पहल
हिजो भन्दा मन्दी भयो।

ससुराले छोरी दिएकै छन
आमाको बुहारी कजाउने
बाउको दाईजो कमाउने
आफ्नै देशको नेता जस्तो
दाउ दाउले
विवाहलाई घेराबन्दी भयो
घर झन दुर्घन्दी भयो।

हिमाल जस्ती हसिली
पहाड जस्ती फरासिली
तराइ जस्ती फराकिली
नव बधु दिएकै छन
जन्ती लिएर जाने बेला
दाइको एउटा स्वार्थ
भाईको अर्को स्वार्थ
आफ्नै देशको महाभारत जस्तो
मेरो विवाह
स्वार्थै स्वार्थको बन्दी भयो
आफ्नै घर छि भन्दी भयो।

माइत जुरे पनि
साइत फुरे पनि
दिदिको खुट्टा मलाउने
बैनीको काम दलाउने
सबको आफ्नो चातुर्यको
आफ्नै देशको कैके जस्तो
हानथाप र तनातानमा
आफ्नो बिहे बन्दी भयो
सुख शान्ती पनि मन्दी भयो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive