मलाई
च्यातेर हेर्यो भने
ममा
अलिकती लोभ
अलिकती छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलीकती दाँया
धेरै जसो घ्रिना देखिन सक्छ
त्यसैले
लोभ र लालच
मोह र घ्रिणाले
बनेको म ।
उघारेर हिरो भने
म भित्र
अलिकती दाँया
अलिकती माया भेटिन सक्छ
अलिकती लचकता
धेरै अहमता भेटिनसक्छ
उधारेर हेर्यो भने
म भित्र
अलिकती इर्श्या
अलिकती तिर्खा
त्यसैले
अहम र लचकाको
इर्श्या र तिर्खाको
समिश्रण म ।
मलाई
खोलेर
एक एक पार्ट पुर्जा जाच्यो भने
ममा
अलिकती बिबेक भेटिन सक्छ
अलिकती मुर्खता देखिन सक्छ
मलाई
नियालेर हेर्यो भने
म मा
अलिकती छल
अलिकती कपट पाइेन सक्छ
त्यसैले
बिबेक र मुर्खता
छल र कपटको
सङ्गम म
इन्द्रेनी जस्तो
बहुरङ्ग म ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
No comments:
Post a Comment