Friday, August 20, 2010

तिम्रो खेतमा

तिमी खेत किनेर गएको
भर्खर जस्तो लाग्छ
तिम्रो घरको हाल भन्न्
कस्तो कस्तो लाग्छ
तिम्रो घरको कुरो अरुले लुकाए पनि
मैले छिपाउनु हुन्न जस्तो लाग्छ
कुरा के भने सुर्के
तिम्रो खेतमा
झार पात फार्दै
हल गोरु नार्दै
फाली अड्काउदै
अर्कैले खेत जोते जस्तोछ
हुन त तिमीले
रेख देख गरी दिनु भनेका थियौ
तर अफु पनि
घरकै खेत जोत्न ब्यस्त भइयो
आफ्नै घर पोत्न मस्त भईयो
अस्ती जादा पो देखे
तिम्रो खेतमा त
बाली उम्रिएर ढकमक्क भएछ
कस्ले जोत्यो
कस्ले रोप्यो
निकै खोजियो
निकै सोधियो
तर पत्ता लगाउन सकिएन
फर्कदा तल दोकान दारे बाजे भन्दैथे
कस्ले जोत्यो
कस्ले हलो अडकायो बाबु
सुर्के गए पछी त
यो खेत ऐलानी नै भयो
जो आए पनि जोतेकैछ
जो चाहे पनि पोतेकैछ
भनी साध्य छैन बाबु
कानेखुसी गर्दै भने
भन्दा लाजै लाख्छ
सुर्केका बाउ पनि
राती राती खेत जोत्थे रे
सुर्केका भाई पनि
भाती भाती खेत जोत्थे रे।


अब त बाली पाक्ला जस्तो छ
तिमी आउनलाई कस्तो छ
भाउजुलाई बाली आँफै काट्ने भनुकी
अरु अन्नसँग यसलाई साट्ने भनु
भन्डारमै थन्काउने भनुकी
खलोमै आगो दन्काउने भनु।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive