Tuesday, July 27, 2010

बजार भाउ चढेकोछ।

जनताको अधिकार
बनाउदै हतियार
सरकार बनाउने दाउमा
साम्सद मनाउने नाउमा
फेरी छलखेल चलेकोछ
बजार भाउ बढेकोछ।
थन्काउदै आश्वासन
रन्काउदै भाषन
सहमतिको नाउमा
बहुमतको दाउमा
जालझेल बढेकोछ
फेरी बजार भाउ चढेकोछ।
कुचल्दै शाहीतको सपना
निचुर्दै जनताका कल्पना
मन्त्री बनाउने नाउमा
मन्त्री बन्ने दाउमा
फेरी चलखेल बढेकोछ
बजार भाउ चढेकोछ।
बनेश्वोर गाउमा
देश बनाउने नाउमा
फेरी छक्काउने दाउमा
चलखेल बढेको छ
बजार भाउ चडेको छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive