ग्यास मट्टितेल नपाउदा
छोरो भोकै बस्यो
चक्काजाममा सुत्केरिको
बाटोमै सालनाल खस्यो
महङ्गिले बगायो सलल
लोड्शेडिङ्गमा नेपालै झलल।
महङ्गिले थिची मिची
जनता मार्न आट्यो
राहत दिन्छु भन्ने बजिया
फेरी जनता ढाट्यो
अध्यारोमा मैन बत्ती झलल
जनताको पसिना खलल
लोड्शेडिङ्गमा नेपालै झलल ।
रक्षा गर्छु भन्ने पनि
भक्षक बन्न थाले
संबिधान लेख्छु भन्ने पनि
डाकु बन्न थाल्यो
आशान्तिले नेपाल खलबल
लोड्शेडिङ्गमा नेपालै झलल ।
भ्रष्टचारको दोलो सेक्ने
कस्को बाउको तागत
जसले जती खाए पनि
मिलाका छन कागत
जनता
भोको पेटमा हासिदेउ गलल
भ्रष्टचारले बगायो सलल
लोड्शेडिङ्गमा नेपालै झलल ।
एउटा जान्छ दक्षिण तिर
अर्को उत्तर तिर
काले काले पालै पालो
खाएका छन खिर
नेताज्यु
भट्टी भित्र हासेका गलल
देश बेची खान्छन कि सलल
लोड्शेडिङ्गमा नेपालै झलल ।
- ठिस शैलेश बुढा ....
नमस्कार Prem Oli सर!
मिठो गित!
चियाको चुस्की संगै, रमाई रमाई गाउँदै पढें।
निक्कै रोचक-घोचक।
धन्यवाद!26 January at 05:57 · ·1
- Aakanksha Sharma अध्यारोमा मैन बत्ती झलल
जनताको पसिना खलल......!ramaailo tara tikho bujhidiye bujhidine haru le...!26 January at 09:54 · ·1
- Lila Rijal ल सर एस्लाई त् गीत (प्यारोडी ) बनाउदा पो गजबको बन्ला जस्तो छ हजुरको रचनामा समसामयिक् राजनीतिक बङ्यहरु पाईन्छ चटनी जस्तो मलाई खुब मन पर्छन i पढ्ने अवसरको निम्ती धन्यवाद26 January at 10:20 · ·
1
- Bhakti Prasad Paudyal देशको अवस्थाको सठिक चित्रण ।
जसले जति खाए पनि
मिलाका छन् कागत
26 January at 21:01 · ·1
- Indra Narayan Chongbang प्रेम गुरु यो व्यंग्य शैली अनि भाब लाई सलाम है अति चोटिलो व्यंग्य ..सेवारो27 January at 03:27 · ·
1
- Deepika Thapa Oli ji ko boli, boli ho ki goli....vawnama ani mauntama niskeko akrosh purna kabita....Wah!!!27 January at 07:45 · ·
3
- Jeevit Khadka Uchit anupras ko samyojan r kasilo shabda prahaar le rachana nikai chotilo baneko chh.27 January at 21:36 · ·
2
No comments:
Post a Comment