Tuesday, December 28, 2010

खाल्टो

हिजो पनि थियो
आज पनि छ
हिजो भन्दा
आज झन ठुलो छ
हामी बिचको धनको खाल्टो ।

एउटा आयो
खाल्टो पुर्छु भनी
झन चोरेछ माटो
ठुलो खाल्टो खनी ।

अर्को आयो
खाल्टोकै नारा दिदै
ऊ पनि भागेछ
खाल्टोकै माटो लिदै
जो आए पनि
खाली खाल्टो नै खनियो
संसारमा ठुलो खाल्टे बनियो

खाल्टो खनिदै जादा
खाल्टो झन चर्कियो
सानो भुकम्पमा पनि
डाडा काडा नै थर्कियो

अब खाल्टो पूर्न
खाल्टो खन्नेहारुलाई
माटो चोरहरुलाई
यही खाल्टोमा हाल्नुपर्छ

माटो चोरहरुको
माटो खोसेर
यो खाल्टो टाल्नुपर्छ
माटो चोरहरु
हामीलाई झन ठुलो
खाल्टोमा खसाउन सक्छन
खाल्टोमा फसाउन सक्छचन
माटो खान सक्छन
बिदेश लान सक्छन
बाटो छेकेर अब
बेलैमा कदम चाल्नुपर्छ
माटो चोरहरुलाई
यही खल्टोमा फाल्नुपर्छ ।

बाटो

बाटो
धनी हिंडे पनि
गरीब हिंडे पनि
लाटो हिंडे पनि
बाठो हिंडे पनि
सबै हिंड्ने एउटै बाटो।

दानी हिंडे पनि
ज्ञानी हिंडे पनि
लोभि हिंडे पनि
धोबी हिंडे पनि
जोगी हिंडे पनि
भोगी हिंडे पनि
सबै हिंड्ने एउटै बाटो ।
जो हिंडे पनि
बाटोको कुनै रोकावोट छैन
बाङ्गो भए पनि
नाङ्गो भए पनि
उकालो भए पनि
भिरालो भए पनि
बाटोमा कुनै थकावोट छैन ।
बाटो सधैं
हामीलाई बाटो देखाएकैछ
गाडी गूडाउन होस
जहाज उडाउन होस
टायर जलाउन होस
आन्दोलन चलाऊन होस
जसरी प्रयोग गरे पनि
बाटोको कुनै कुनै सिकाएतछैन
एक पटक
बाटो भएर हेर
बाटो भएर सिक
वास्तवमा
बाटोमा हिडनु भन्दा
बाटो भएर हिडाउन
कती गार्होछ
बाटो भएर सिकाउन
झन कती सार्होछ ।

Thursday, December 23, 2010

मुखको महिमा

यहाँ मुखको महिमाको कुरा गर्दा नाकको मुन्तिर खुत्रेको प्वाल अकारको भागलाई मुख भनिन्छ। यो नभएको मान्छे नपाईने हुँदा सबैलाई यसको बारेमा थाह नै छ। भगवानले एउटा यै अङ्ग दिएका रहेछन जस्ले धेरै काम गर्छ। आँखाको हेर्ने मात्र काम छ । नाकको सुघ्ने काम मात्र छ । तर मुखको काम खाने ,बोल्ने ,हास्ने,कास्ने,हकार्ने,डकार्ने,खकार्ने,टोक्ने देखी रिस पोख्ने सम्म काम गर्छ। धन्य छ मुखलाई यती धेरै काम गरेकोमा।



खाने मुखलाई जुगाले छेक्दैन। छेकोस पनि कसरी जुगाले। अबका दिनमा फेरी कस्ले पो जुगा पाल्छ र! खाने मुखलाई छेक्न सकेको भए आज देश र जनताको गती यस्तो हुने थिएन। बजार भाउ देखी पेट्रोलको भाउ बढाउदा कमिसन खाने मुखलाई कस्ले छेक्ने?फेरी खाने मुखलाई छेक्न थाल्यो भने एक दिनमा हुने काम एक बर्षमा पनि नहुनसक्छ ।बरु यो मुखमा बोका देखी मकैको घोका।रोस्ट देखी टोस्ट। तुम्बा देखी तरुनिको चुम्बा हालिदियो भने माहादेबले नगर्ने काम पनि यै मुखले गर्न सक्छ।मुखको महिमा पनि बिचित्रको नै छ। यती सानो भएर पनि अल्कात्रा देखी नदिनाला, हावाइ जहाज देखी पुलसम्म झ्वाम्म जान्छ । बन देखी हरियो धन,हात्ती देखी लात्तिसम्म ल्वाम्म जान्छ । यत्रो यत्रो खान सक्ने मुखलाई ,जाबो जुगाले के असर पार्छ र। हिजो आज मुखले खादा जुगाले पनि स्वाद लिन थालेको सुनिन्छ।त्यसैले सरकारले पालेको जुगाले,खाने मुखलाई छेक्नु साटो,स्वादमै रमाउन थालेकोछ। तपाईं कुनै कदाचित भुलेर घुसखाने मुखको बारेमा सरकारि जुगालाई खबर गर्नु भयो भने झन जुगाले त मेरो भाग कती पर्छ? नत्र खाने मुखलाई जुगाले कै गर्छ भनी झन बर्गेनिङ्ग गरेको कुरो यि दुई आँखाले पत्रीकामा पढ्न पाईन्छ।


यो मुखको महिमा गरी साध्य छैन। गर्‍यो भने कती अध्याय नै बन्छ। यो मुखको कुनै ठेगान नै छैन। आज के खाको छ। भोली के खाको छ। आज के बोल्छ। भोली के बोल्छ। अझ यो नेताहरुको मुखको के कुरा। पार्टिका मुखका कुरा के गर्नु। बैठकमा एउटा कुरा गर्‍यो । जनतालाई अर्को कुरा। यै मुखको ठेगान नहुँदा आजसम्म सम्दिधान बन्ने ठेगान छैन। आज तीन पार्टिका मुख तीन तिर फर्किएको हुँदा जनताले यो परीस्थिती भोग्नु परेकोछ।


यै मुखले मान्छेलाई दु:ख दिलाउन सक्छ।यै मुखले मान्छेलाई सु :ख दिलाउन सक्छ । घरकि बुढीले मुख लगाउदा कत्रो रडाको चल्छ । कतिको घर ग्रीस्ती ढल्छ। यै मुखले श्रीमतिलाई मिठो बोल्दा श्रीमतिको अनुहार झलल बल्छ। त्यसैले बोल्नेको पिठो बिक्छ ,नबोल्ने चामल पनि बिक्दैन भनिएको हो। मिठो बोल्दा पैसा पनि नलाग्ने,झन मान्छेको रिस राग नै भाग्ने हुँदा मिठो बोलौ यो मुखले। यै मुखले मिठो बाचन गर्दा यज्ञ महायज्ञमा करडौ धन सम्पत्ति दिने दम्पती हामीले देखेकाछौ।त्यसैले मुखको महिमा अपारछ। आजलाई मुखको महिमाको अध्याय यति नै।जय काउकुती

Wednesday, December 22, 2010

देशका नेता

एउटा नेता छ कुनामा
अर्को छ कान्लामा
देश बनाउछ भन्दै
पानी भरे चान्लामा ।

आलो पालो गरी गरी
पत्ता सत्ता सबै खाए
भ्रष्टचारको दोलो सेक्न
लत्ता भत्ता आफै खाए ।

हिजो राजा एउटै थिए
आज राजा कती कती
बोक्रोसम्म बाँकी छैन
हातमा आए जती ।

पार्टीको अब के कुरा
पाए देशै फोर्ने
सात पुस्तालाई पुग्ने गरी
श्रीसम्पती जोर्ने ।

लुते कुकुर मरे पछी
उडुस उपैयाले छोड्ने
हाड छाला रहे पनि
नेताले देश के छोड्ने ।

लुटी खाने पार्टीलाई
के को देशको माया
कुटी खाने नेतालाई
के को लोकको दया।

सानो ठुलो पार्टी सबै
मिली खान पल्के
कोही ढ्ल्के उत्तर तिर
कोही दक्षिण सल्के ।

डोके ढोके ढाटे ढाक्रे
पार्टी खोल्न थाले
खसी बोका जस्तै अब
मोल मोल्न थाले ।


Tuesday, December 21, 2010

ठुलो शहरमा मान्छे

ठुलो शहर
राम्रो लगाउन
मिठो पकाउन
केही कमाउन
केही रमाउन
जिन्दगी समाउन
भाग्य जमाउन
ठुलो शहर छिरेको
आज बर्षौ भईसकेछ।

न धन कमाइयो
न मन रमाइयो
न मिठो खाइयो
न सुख पाइयो
मुखिया बाले जस्तो
बरु आफुलाई
ठुलो शहरले
कजाउनु कजायो
कमाउनु कमायो
केही नखाए पनि
केही नलाए पनि
उल्टो शहरले
ऋनको तम्सुक थमायो
साउको उधारो तिर्दा
श्रीमतीको तिलरी गुमायो
महङ्गी थेग्न
घरभाडा छेक्न
श्रेमतीको कानबाली गुमायो ।

र पनि मान्छे
गाउ जस्तो अधेरो
धुवा धुलोको पधेरो
यो ठुलो शहरमा
भित्र भित्र भासिदैछ

र पनि
मिठो सपनामा आसिदैछ
भाग्य सप्रियो भने
कसो गोरु नब्याउला
अझ शहरतिर टासिदैछ ।

Saturday, December 18, 2010

टाकुन टुकन

1 नेताको भाषन

जनतालाई आश्वासन

आकाशको फल

आँखा तरी ढल।


2 नेपालका पार्टी

बिरालोका पाठी

यता उता साटी

खाएकाछन ढाटी


3 यो देशको संबिधान

सभासदको हानाहान

धोती टोपी तानातान

इजत्त नै जाने बेला भो

लौ लगुटी बान ।


4 नेपालीको धन्दा

चन्दाको फन्दा

बन्दैछ झन गन्दा

ज्यानै जाने डर भो

दिदैन म भन्दा।


5 नेपाली धारो

गह्नाउने ठाँरो

कान्छीको भट्टिमा

ठाडो घाटी सलल।


6 हिमाली नदी

हुँदा नि बढी

लोडसेडिङ्ग चढी

मैन बत्ती झलल


7महङ्गिको पासो

जनतालाई नासो

सरकारी चासो

मन्त्रीको हासो

क्या मिठो गलल।

टुक्रा टाक्री(झटारो )

सभासदका दिन

दुइचार महिना

सभासद भएकोमा

रमाउनमा बित्यो

दुइचार महिना

राम्रो मन्त्री पाउन

मालिकको पाऊँ

समाउनमा बित्यो

दुइचार महिना

एउटा घर बनाउनलाई

कमाउनलाई बित्यो

दुइचार महिना

जानलागेको सभासद

थमाउनलाई बित्यो

बाँकी दिन

सरकार ढले पछि

नयाँ सरकार फेरि

बनाउनमा बित्यो।

घुस मन्त्र

सकेसम्म

हरियो नोटको पोको

नसके कालो बोको

त्यो पनि नसके

तरकारी एक डोको

नत्र भने हाकिम साहब हुनुहुन्न

भए पनि निदाउनु भाछ

खाली हातले उहाँलाई छुन्न।

दान

मान्छेकै रगत चुसी

मान्छेलाई रक्तदान

बनी ब्यापारी दिएको

कस्तो यो माहादान।

४ प्रतिपक्ष

देशको बिकाश

असहमती

जनताको बिकास

नियापत्ती

गाउको बिकास

ठुलो आपत्ति

टोलको सुधार

हाम्रो आपत्ति

कमिसनमा खास

छ सहमती ।

५ सरकारी पद

कोहि पाइ बौलाउने

कोइ नपाई बौलाउने

झुसे झासे जो पनि

यो खाइ मौलाउने।

६ सरकारी ऋन

धनीले लिए सहयोग

गरीबले लिए ऋन

धनीले नतिर्दा आयोग

गरीबले नतिरे बन्दगी छिन्।

गनतान्त्रिक गन

पहिले

मलाई फाल्न

तिमिले पटकायौ गन

अहिले

फालिए पछि

म पटकाउदैछु गन

तिमिले पटकाए पनि

मैले पटकाए पनि

आखिर तर्साउने हो जन

बुझोन न जनता पनि

कस्तो हुन्छ गणतान्त्रिक गन ।

Monday, December 6, 2010

देशको क्यान्सर

हिन्सा र युद्दले फेरी छेद्ला देश
शान्ती र प्रेमले मन साध्ने हो की
जुलुस र नाराले फेरी भेदला देश
सहमतीको धागोले देश बाध्ने हो की ।

झुठो आश्वासन मौलायो धेरै यहाँ
अब धेर्यताको बाध टुट्ने हो कि
तीन तिक्कड भए माहा बिक्कड
फेरी आँफै जनता उठ्ने हो कि ।


जनताको शक्तीलाई यिनले भुल्न थाले
मुल कुरो थाती राखी बिदेश डुल्न थाले
कमाउने र रमाउनेमा सबै झुल्न थाले
जुका झै रगत चुसी टन्न फुल्न थाले ।

नेताहारु धनी भए जनता भए जोगी
नयाँ नेपाल भनेको यस्तै यस्तै हो कि
कहिलेसम्म बस्ने क्यान्सरलाई बोकी
अब निर्मुल पार्नु पर्छ गोर्खे लौरी ठोकी ।

Thursday, December 2, 2010

बजेट आउँदा(झटारो

ल्याउदा जनताको बजेट

गर्दै ठेलमेल र घचेट

कोही नारा जुलुसले कुर्लिए

कोही हातपात गर्दै उर्लिए

कसैको ढाडै सेकियो

कसैको टाउकै टेकियो

बल्ल नाटक सुरु भयोकी

यस्तै यस्तै देखियो ।

एउटा भन्छ अब

ईतिहास कालो अक्षरले लेखियो

अर्को भन्छ अझै दिन्थे

तर बिचमा नै छेकियो

रमाइलो कुरो

खेलखुदका रेफ्री

चुपचाप पो देखियो।

आखिर नाटक न हो

दुइचार लात हाने पनि

दुइचार लात खाए पनि

अब बजेट पास भए पछी

मिलेर दाम चलाऊ ।

खाने मुखलाई जुगाले कहाँ छे

क्छ सरकार भए पनि काम चलाऊ

राम्रो कुरो कस्ले सुन्छ यहाँ

कालो अक्षरले नाम चलाऊ

काले माले भाले मिले पछी

किन दिल्ही चाइना धाउने

अब यतै बाबाधाम चलाऊ।


अब युबा जाग्न थाले।

राजनीतिक लठकहरु

पार्टिका घटकहरु

देखाउदै चटकहरु

एन कानुन नाघ्न थाले ।

फेरी अब

कोही हातमा खुकुरी

कोही साथमा बन्दुक लेइ

असहमतिको बाजा बजाउदै

शान्तिलाई दाग्न थाले ।

भित्र भित्र कटुताको आगो बाल्दै

जनतालाई अन्योलको भुमरीमा हाल्दै

देशलाई भिरमा लगेर फाल्दै

कट्टु फाली इजत ढाक्न थाले।

कोही गोरु ब्याउने आसमा

कोही हरियो बिटाको घासमा

कोही सात्ता लम्ब्याउने खासमा

कोही सत्ता हत्त्याउने चाखमा

सबै आफ्नै दाउमा लाग्न थाले ।

आउछ कि संबिधान र शान्ती

छाउछ कि सम्ब्रिदी र कान्ती

सोच्दा सोच्दै मान्छे थाक्न थाले ।

त्यसै छाड्नु हुन्न यि लठकहरुलाई

पाता कस्नु पर्छ सबै घटकहरुलाई

अब युबा जुरमुराउदै जाग्न थाले।


कली युगका बाँदरहरु।

कोही भाङ खाइ लडेका
कोही छ्याङ खाइ ढलेका
कोही घुस खाइ ढाडिएका
कोही जुस खाइ टाठिएका
ओहो कती अनौठा!
कलियुगका बाँदरहरु।

मानिएका साकाहारी
ठानिएका फलफुलधारी
बनेछन माम्सकारी
रक्सी र व्हिस्किधारी
कलियुगका बाँदरहरु।


तारे होटेल पस्न थाले
कोही जङ्गल छाडी
कालो गाडीमा बस्न थाले
कोही हिंड्न छाडी
आज भोली सुनिन्छ
शहरमा महल पो बनाउदैछन रे
कली युगका बाँदरहरु ।

कुला नालामा नुहानेहरु
स्विमिङ्ग पुलमा नुहान थाले
मैलो जुत्रो लागाउनेहरु ती
महङ्गा लुगा लगाउन थाले
भएछन सुबिदा भोगी
लुटेरा ति बनी ढोगी
कली युगका बाँदरहरु।

कोही जनताकै नाममा
कमाउन ब्यस्तछन
कोही जनताकै दाममा
रमाउन मस्तछ्न
तर गजबको कुरो
बाँदर बाँदर नै हुन
न आफ्नो घर बनाएकाछ्न
न अरुको घर बनाउन दिएकाछन
कलियुगका बाँदरहरु।



Tuesday, November 2, 2010

आउ खेलौ जुवा

आउ खेलौ जुवा
हिजो पनि खेल्यौ
आज पनि खेलौ
चङ्खेहरु हान सत्ता
छक्काहरु छक्का
हारे पनि जिते पनि
दाउ हाम्रै पक्का ।



जनता त च्याखे न हुन
सधैं खाने धक्का
तिमीले जिते पनि
हामीले हारे पनि
हामीलाई न हो मज्जा
हामीले जिते पनि
तिमिले हारे पनि
हाम्रै हातमा पत्ता।


घर खेत गए पनि
भोको नाङ्गो भए पनि
हार्ने त च्याखेहरु न हुन
कहिले जितेकाछ्न जनता
कहिले तिमीसँग धेरै
कहिले हामीसँग धेरै
आखिर कहाँ जान्छ र जत्था
तिमीले मारे पनि
हामीले मारे पनि
हाम्रो त पाकेकै छ भत्ता ।


आउ खेलौ जुवा
चङ्खेहरु हान सत्ता
छक्काहरु छक्का
हारे पनि जिते पनि
दाउ हाम्रै पक्का ।

दम्पती

आँखा हौ तिमी
नानी हुँ म
ताल हौ तिमी
पानी हुँ म।

लता हौ तिमी
लहरा हुँ म
पहाड हौ तिमी
पहरा हुँ म ।

फुल हौ तिमी
रङग हुँ म
खुशी हौ तिमी
दङ्ग हुँ म।

नसा हौ तिमी
तरङ्ग हुँ म
ढटकन हौ तिमी
उमङ्ग हुँ म।

धर्ती हौ तिमी
गगन हुँ म
बहार हौ तिमी
मगन हुँ म।

गिरी हौ तिमी
शिर हुँ म
धनुषहौ तिमी
तिर हुँ म।

Monday, October 4, 2010

भेडाको राजनीति

हिडदै जादा
देशको बाटो
बिचमै यो मेटियो
बडदै जादा अघी
भञ्ज्याङ पो भेटियो।


कोही उत्तर तिर तेर्सियो
कोही दक्षिण छटकियो
यता जाने कि उता जाने
कती दोधारमा अडकियो।

बिच जङ्गलमा
कोही आत्तियो
कोही छाट्टियो
कोही रिसले कडकियो,

काचा ठिटनाहरुलाई
आज बुढा पाका खडकियो।

बाटोको निकास नहुँदा
निसाहेहरु तडपियो
लाटोहरु भडकियो
बाठो भन्नेहरु फटकियो
तर त्यही बाठो आँफै
झन भिरमा गइ लटकियो।

Thursday, September 30, 2010

हाईकु

क्याम्पस
अजका
युबा युबतीहरुलाई
प्रेम गर्न
स्थपना गरिएको
क्रिडास्थल

कारागार
नेता
फटाह
गुण्डा
पागल
चोर डाँका
हत्याराको
सन्कलन केन्द्र ।
बजार भाउ

बैशाखको
घाम जस्तै
दुई नम्बरी
काम जस्तै
हिरा मोतिको
दाम जस्तै।
कोकिल
बोली मिठो गर्ने
चतुर कागलाई पनि
छली छिटो गर्ने
अहिलेको नेता जस्तो।

मायाप्रिती
कसैको लागि
यो अभिसाप
कसैको लागि
यो अतिताप
कसैको लागि
यो पश्चताप
तर
कसैको लागि
यो फलिफाप।

खाली सिसी

दिन भरको थकानले
कयौ रात
निद्रा पिएर
सुतेको बेला
उडुसका हुलहरु
खाली सिसी भएर
मेरो नसाको नदिमा
पानी लिना झर्छन
भरी सिसी भएर
मिर्मिरेसँग
बसस्थान तिर चडछन
मैले निशेद गरेको
नदिको पानी
चोरेको देख्दा
आगो भै रिस पोख्दा
ति भरी सिसिहरुलाई
बोतल झै फुटाउछु
मेरा हातहरु
सिसाले काटे झै
रक्ताम्य हुँदा
म आफ्नो हातलाई सुम्सुमाउछ।

मुक्तक

आफ्नै मनलाई सुनाउन
गीत लेख्छु म
आफ्नै दिललाई भुलाउनलाई
प्रीत लेख्छु म
तनको उत्साह बढाउनलाई
जित लेख्छु म
मनको फोहर बगाउनलाई
शित लेख्छु म ।

गीत

कती लायौ माया प्रीती
जोख्न गार्हो भो
मनको पल्ला भारी हुँदा
बोक्न सार्हो भो
कती खायौ बाचा बन्दन
तोक्न गार्हो भो
बगी जाने जिन्दगी
रोक्न गार्हो भो
मनको बाध टुटे पछी
रोक्न गार्हो भो
भोगिएका बाधा बन्धन
पोख्न गार्हो भो।

शक्ती ढले पछी

सबले भन्छ्न वा वा यहाँ
नाम चले पछी
बिस्तारै बिर्सन्छ सबले
काम चले पछी।

हजारौले धाउछ यहाँ
दाम फले पछी
अध्यारोले चियाउछ
दिन ढले पछी।

सबै ताप्न आउछ
आगो बले पछी
कस्ले थाम्न आउछ
खाबो गले पछी।

आउने जाने कत्रो भिड
सत्ता फले पछी
झिगा माखा हराउछन
शक्ती ढले पछी।

Wednesday, September 29, 2010

मन्त्रिको भेटमा

एका बिहानै
मन्त्रिको भेटमा
गएको थिए गेटमा
पुक्दा देखे
भित्र छिर्न
मनिसहरुको लस्करछ
कोही तस्कर छ
कोही अब्सर छ
कोही हर्ता कर्ता
कोही कार्यकर्ता।

त्यहा हेर्दा
तस्कर आएको छ
पैसाको पुला बोकी
अब्सर आएकोछ
रम र कोका कोला बोकी
बिचरा कार्यकर्ता आएकोछ
समश्याको झोला बोकी
त्यसैले त्यहा
हर्ताकर्तालाई बोलावोटछ
कार्यकर्तालाई रोकावोटछ।

लुरु लुरु
कार्यकर्ता हिंडेकाछ
चिल्लो पजेरोमा
हर्ताकर्ता गूडेकाछन
त्यसैले त्यहा
गूड्नेलाई खुला
हिंड्नेलाई छेकावोटछ।

अबसरको जात छैन
तस्करको बाद छैन
तर बिचरा कार्यकर्ता
सधैं एउटै बादको झोला बोकी
लस्करमा लाम लागेकै छन
नेतालाई काम लागेकै छन।

Tuesday, September 28, 2010

यि हुस्सुहरुलाई

पारीलो घाम त्यो
हुस्सुहरुले छेके पछी
देशको भबिष्य
झन अन्योल भयो
कहिले कुहिरो भएर
कहिले तुवालो भएर
यि हुस्सुहरुले
आकाश टेके पछी
देशको मुहार
झन अन्धकार भयो
न बोटको माया
न गोठको माया
यि हुस्सुहरुले
ढपक्क
न्यानो घाम छेके पछी
भिटमिन डि बाट
जनता झन बन्चित भयो
अब यि हस्सुहरुलाई
घर घरबाट राको बाल्दै
गाउँ गाउँबाट आगो फाल्दै
भञ्ज्याङ कटाउनु पर्छ
अगुल्टोले हान्दै
नौ डाडा कटाउनु पर्छ
देशलाई छाया पारेर
हिउले जस्तै
जनताको रगत चुस्ने
यि हुस्सुहरुलाई
राके जुलुसले
नेटो कटाउनु पर्छ
मुग्लान पठाउनु पर्छ

Saturday, September 25, 2010

खुट्टाहरु

खुट्टाहरु
अगाडि हिड्दा
बाटोहरु तुवालो भएर
कुहिरो भएर छेक्छन
खुट्टाहरुलाई मद्घत गर्न
जब किरणहरुले टेक्छन
बाटोहरु
काडा भएर
डाडा भएर छेक्छन
फेरी खुट्टाहरु
बुट भएर
जुत्ता भएर हिड्छन
बाटोहरु
सिसा भएर
दिसा भएर भिड्छन
र खुट्टाहरु पनि
रक्ताम्य भएर हिड्छन
बाटोहरु
भिरालिदै
उकालीदै चडछन
खुट्टाहरु
दरो भएर
नकामेर
नछामेर
केही कदम सर्छन
बाटोहरु
झन लामो भएर बड्छन
नबाटोहरु सकिएकाछन
नखुट्टाहरु थाकिएकाछन
खुटाहरु बाटो छोड्दै
बाटोहरु खुट्टा छोड्दै
अनन्त यात्रामा लम्किएकाछन।

Thursday, September 23, 2010

भुते गुरु

बास्मती र मन्सुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न फल्न नपाई
सबै घासपातले छोपियो
बिकासे धान भनी फेरी
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गिले खोपियो।

यसपाली फेरी
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

केही होलाकी भनी
बल पसिना फालियो
ऋन लागे पनि मल हालियो
राम्रो होस भनी ढल हालियो
एक दिन
मुठी फाली मुरी फलाउने
मिठो सपना देखेको बेला
बजिया भुते गोरु फुत्किएर
आफ्नै खेतमा ठोक्किएर
पार्नु झ्वाम्म पारेछन
गोब्र्याउदै, मुत्र्याउदै
छाड्नु फोहर छाडेछन
गोरुले झुर गरे पनि
रिसले चुर परे पनि
गोरु गोरु नै हो,गोरुको के दोस
गल्ती आफ्नै हो,रोक्नै पर्‍यो रोस
साङ्लोले बाध्ने कि नाम्लोले
डोरिले बाध्ने कि दाम्लोले
जङ्गल राख्ने कि गोठमा
तराइ राख्ने कि कोटमा
बेलामा पुराइएन बुद्धी
आज धान खाए पछी
बल्ल फिर्दैछ यो सुद्दी।

Tuesday, September 21, 2010

गत बर्ष मनकामना गएको बेला बुढीले लौ बुढा यसपाली त भाकल गर्नुपर्छ। ग्रह दशा पनि टर्छ भने पछी मनकामना मातालाई कालो बोका चढाउने भनी भाकल गरियो। पछी फसातमा परीयो।कहिले जान्छु भन्दा समय नहुने। त्यो भन्दा पनि बजारमा बोकाको भाउ र
ब्यापारीहरुको दाउले हयाउ नै हराउने। अब जानु पर्‍यो भन्दा देशै आउन लागेर होला
बोका बजियाको भाउ नै चर्को। फेरी नजादा काली रिसाउने पिर अर्को।
एक दिन सपनामा सक्षार कालिको दर्शन भयो। घरमा माता आए पछी काली ,अब टुन्न खाइने भयो गाली भनेर मन थुरर भयो। मैले दश औंला जुटाउदै भने।"माता माफ गरी दिनुहोला यो बालकलाई। यो बबुरोले हजुरलाई बोका ल्याउछु भनेर धोका दियो।तर के गर्ने हामी जनताले अब बोकोको के कुरा कुखरो पनि चढाउन सक्ने अबस्ता छैन। धार्नी खाए बाउले,आफुलाई खायो पाउले भने झै भएको छ।उहिले घर घरमा खसी ढालिन्थे ।अब त कुखरो ढाल्न पनि गार्हो भयो।बोकाको भाउ हजार मात्र हैन, लाखौं पुग्यो माता। काली माताले आश्चर्य प्रकट गर्दै भन्नु भयो।"कुन बोका हो त्यस्तो महङ्गो?मलाई त त्यस्तो महङ्गो बोका चढाइएको जस्तो छैन। मलाई सस्तो सस्तो रोग्गेका,लुरे ,चाम्रे चढाइएको हुन्छ।बलिको बोको खाएको दिन,कहिले पखला ,कहिले आउमासी भएर हैरान हुन्छ।"मैले बिन्ती गर्दै भने।"कोही काटी खाने बोका। कोही ढाटी खाने बोका। कोही साटी खाने बोका।यो ढाटी खाने बोकाको मुल्य त अब करोर नै पुग्न लाग्यो माते।यिनलाई किन्न नेपालको धन नपुगेर बिदेशतिर माग्नु पर्ने भयो। "यी महङ्गो बोका किन नचढाएका नि मलाई?" मैले बिन्ती गर्दै भने। "ढाटी खाने,साटी खाने,आटी खाने बोका त सार्है खतरनाक छन माता। हजुरलाई नै खतरामा पार्छन। हजुरका मुर्ती त बेची खाएका छन।नेपालमातालाई बेचेर खालान खालान जस्तो गर्छन्। झन हजुरलाई के बाँकी राख्लान।मातेले एक छिन सोच्दै,"ल ठीक छ,यि बोकालाई अब यमलोकतिर नै पठाइ दिनु,मलाई नचढाइ दिनु।"
माताको चरण छुदै भने।"माता यो जनता बबुरोले यसपाली पनि बली चढाउन सकेन। यस पालिको दशैमा पनि कसरी रागा,बोका,हास चढाउने?" काली माताले भन्नु भयो। "तिमीले चिन्ता मान्नु पर्दैन भक्त। मलाई रागो बोका होइन,नरिवोल,मकैको घोका चढाए हुन्छ।म पनि अब त भेजिटेरियन भएको छु।रामको देबको योगामा गएकीछु। भक्तहरुले चढाएको मासुले कोल्डस्टोर,युरिक एसिड,रक्तचाप ,चिनीरोग भएर निकै गार्हो भएको छ। यो बारे कोही भक्तजनले बिचार गरेन।आफ्नो स्वार्थको बली चढाएका छन। त्यसैले तिमीलाई बताउन आएको। अब त म बुढी पनि भए। बिस्वोकर्माले बनाइ दिएको नक्कली दातले पनि काम गर्दैन। पोहर कुन भक्तले जोतेर लोत परेको बुढो रागो चढाएछ। चपाउदा दुइवोटा दातै हराएछन। त्यसैले बालक, सबैलाई बताइ दिनू। मलाई कुनै पनि जनवर बली नचढाउनू। यदी मिठाइ पनि चढाउने भए सुगरलेस चढाउनू । यती भनेर माता लोप हुनु। आँखा खोल्दा छोराले आज शनिबार चिची खाने भन्दै थियो।यसो रेडियो सुन्नु पर्‍यो भन्दा मासुकै खबर पो भट्टाउदै थियो।फेरी कुखराको मासुको भाउ बड्यो भनेर । ल है साथी हो,मैले आफ्नो कुरोको पस्के अचार।यस पाली दशैमा बली चढाउने कुरोमा के छ बिचार ?जय काउकुती।

Sunday, September 19, 2010

पुकार

नाच्न नजान्दा आगन टेडो
एउटा ताल पठाइ देऊ ।

राजनीतिको चेस भो भेडो
नयाँ चाल पठाइ देऊ ।

फोहर मैला झन थुप्रियो
बगाउने छाल पठाइ देऊ ।

कती खान्छन खन्चुवाहरु
अघाउने माल पठाई देऊ।

खाएर पनि उम्केकैछन
फसाउने जाल पठाइ देऊ ।

कहिले आउछ शान्ती यहाँ
पक्का साल पठाइ देऊ।

इच्छा

देश र जनताको संबिधान
लेख्न पाएहुन्थ्यो
प्रगती र बिकास अब
देख्न पाएहुन्थ्यो
बाढी र पहिरो पनि
छेक्न पाएहुन्थ्यो
खुशी र चैनले मन
सेक्न पाएहुन्थ्यो
गरीबी र भोकमरी
फेक्न पाएहुन्थ्यो
शान्ती र सम्बृतीको जरा
टेक्न पाएहुन्थ्यो
देश र जनताको संबिधान
लेख्न पाएहुन्थ्यो।

सत्ता(झटारो)

दशै आयो
तिहार आयो
फेरी चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।

चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।

क्रिकेटमा छक्का राम्रो
फूटबलमा अट्ठा(octupus) राम्रो
तर राजनीतिमा
सत्तै छ धमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्तै खोज्ने चाल ।

सत्ता हान्नेहरु
उक्सिने,चाउरिएका गाल
पलाउने झरेको त्यो बाल
सुध्रिने सारा बिग्रिएको हाल
किनकी
सत्ताले गर्छ ठुलै कमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्ता नै हान्ने चाल ।

Tuesday, September 14, 2010

हुरी

एक दिन
मध्यरातमा

लालाबालासँग सुतिराखेको बेला
अचानक हुरी
झ्याल ढोका ढकढकाउदै
जबर जस्त खोल्दै
घर भित्र पस्यो
हुकार्दै
बैठक कक्षमा पस्यो
कुर्सीहरु हल्लायो
भन्सा कोठामा पस्यो
भाडाकुडाहरु बजार्यो
फेरी हतारमा
शयन कक्षमा पस्यो
छापामार शैलीमा
लुगाहरु टकटकायो
तस्बिरहरु झार्यो
पुस्तकहरु फर्फराउदै
पाना पाना पल्टायो
मानौ मैले
कुनै अपराध नै गरे जस्तो
एक एक सबुद खोजे जस्तो
दराजहरु ढकढकायो
एल्बमहरु पल्टायो
घरको कुना कुना सुघ्यो
र अन्तमा
केही नपाएर
केही नभेटाएर
दिक्दार हुँदै
झ्याल ढोकामा
एक पटक जोड्ले करायो
र एकाएक हरायो
हामी भय भइत थियौ
चोर भनी पक्रन चाहन्थे
तर सकिएन
मुङ्ग्रै मुङ्ग्राले चुट्न चाह्न्थे
तर सकेन।
म उसलाई झ्यालबाट हेरे
उ रिसले
पोलहरु,रुखहरु भाच्दै गैराखेको थियो।

आकाश

घरी
घामको उज्यालो फालेर
मुस्कुराएको अभिनय गर्छ।
घरी
बादलको पछ्यौरिले
मुख छोप्दै
लजाएको नाटक गर्छ।
छिनमा
बिलौना गरेर
तपतप आशु झार्दै
रोएको चटक गर्छ।
छिनमा
मुखभरी
तुवालोको खरानी दलेर
सन्त साधुको खेल गर्छ।
कहिले
घाम पानी छर्कदै
इन्द्रेनिको माला उनेर
स्वयम्बरको चटक गर्छ।
कहिले
शान्तले बसेका माथि
असिना बर्षाउदै
कुनै सैनिक झेल जस्तो
खुला आकाश भएर पनि
बुझ्न नसकिने
नेपाली रजिनितिको खेल जस्तो।

Friday, September 10, 2010

यस पालिको तीजमा

कबिहरुले
लेखकहरुले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदिहरुमा घोचे
कलाकारहरुले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरु कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
भ्रष्टाचारमा भाईरस,जाम लागेन।

पत्रकारहरुले
कयौ प्रश्नहरु सोधे
जनताहरुले
सयौ जवाबहरु खोजे
तर पनि
नता कुम्भकर्ण बनी घुरिरहे
कुर्सी कुर्सी भनी कुरिरहे ।

गाएककारहरुले
संबिधान लेखिएन भनी
गीतहरुमा पोखे
संगीतकारहरुले
नेता गतिलो देखिएन भनी
मादलहरुमा ठोके
रैछन कि गोबर गणेश
जे भने पनि बुद्धी नफिर्ने
जस्तो भने पनि सुद्दी नछिर्ने।

यस पालिको तीजमा त
सबै दिदी बहिनिहरु पनि
हे भोले!यी नेताहरु
खसी हुन कि बोके
अब त सुद्दी फिराइ देउ
भन्दै पशुपतिनाथलाई ढोके।

Wednesday, September 8, 2010

सम्धिधान

बिरु काका चौतारो मस्तले गफ गर्दै थिए। हरेक दिन देश देखी बिदेश सम्मका गफ त्यस चौतारो हुन्थ्यो। बिरु काका हरेक मान्छेलाई सहयोग गर्ने भएकाले कहिले कसैको मुद्दा मामिलामा र कोही बिमारीलाई लगेर सधैं जसो शहरतिर छिरी राख्थे।शहर आएको बेला नेताहरुलाई भेट्ने र गाउ घरको राजनीति खबर पनि सुनाउने भएकाले,नेता पनि उनलाई भेट्दा खुशी हुन्थे। गाउ घरमा एक मानो राम्रोसँग खान पुग्ने ब्यक्ती भएकाले कती नेताले उनको घर खाना पनि खाने गर्थे।गाउ घरका चल्ता पुर्जा ब्यक्ती भएकाले पनि उनका कुरा सुन्न धेरै गाउले चौतारोमा आइहाल्थे। आज पनि बिरु काका दुइचार जनासँग बात गर्दै थिए। बुढाले अहिलेको जल्दो बल्दो मुद्दामा गफ गर्दै थिए।साहेद भर्खर शहरबाट आएका थिए। उनले त्यहा बसेकालाई सोध्दै भने। "हैन हो केटा हो। यो संबिधान भनेको तिमीलाई के थाहा छ?को भन्न सक्छ?"एउटा युबाले टाउको कनाउदै भन्यो।"खै काका ,नेताले मात्र बनाउने कुरो हो रे। बाटोघाटो भए त हामीले पनि बनाउथिम। ठुलै पुल पो होकी।" अर्कोले भन्यो।"यो पक्कै पनि ठुलै चिज होला काका। सानो चिज भए चालिस पचास जनाले बनाइ हाल्थे। ६-६ सयले बनाउने कुरो त ठुलै होला नी।"एउटी अध बैसे महिलाले चर्को स्वोर भनिन।"जे भए पनि पहाड त बनाउन लागेका छैनन होला नि?फेरी पहाडै बनाउने काम भए पनि किन चुनाब गर्नु पर्‍यो नि,बिरु काका?"काकाले सबै कुरो सुने पछी भने।"कुरो अर्कै छ। संबिधानको नामै अर्कै हो। यस्को खास नाम त सम्धीधान हो।पारिबाट सम्धिले छोरीसङगै पठाइ दिएको धान भएकाले यस्को वास्तबिक नाम सम्धीधान हो।यो यता तिर आए पछी मान्छेले,खास गरी नेताले यसको नाम बिगारेका हुन। अब चुनाव गराउने कुरो के हो भने धान रोपे बापत सरकार पैसो दिन्छ। सरकारको काम कहिले जाला घाम। बसी बसी खान पाइने भए पछी त माम। मारा मार नै हुने भयो।फेरी यसको नाममा मनग्ग्य पैसा आउछ नि । त्यस कारण यि सबै पार्टी मिलेर जो ले जित्छ त्यस हली भनेर चुनाव बनाएका हुन।" काकाका कुरा सुने पछी एउटा युबाले भन्यो।"यि नेता धान रोप्न पो गएका रहेछन गाठे। के के न ठुला मान्छे भए भनेको त। यत हुँदा पनि हलो नै जोत्थे उता पनि त्यै काम गर्न पो गर्न गएका रहेछन।"त्यस एक जना बुढा बाले सुल्पामा आँफै उमारेको कक्कड भर्दै भने।" हैन ए बिरु बाबु, पारी गाउकी चुरा लाउने कान्छी, हाम्रै लुगा सिलाउने माइलो दमै पनि यै सम्धिधान रोप्ने भनेर गए त!अनी उनिहरु चाहि किन गएका नि?"एउटा बिचैमा कुरा काट्दै भन्यो।"उनिहरु चाहि नता नेतानी चुरा लगाइ दिन , लुगा सिलाई दिन गएका होलान।" सबै गलललल हासे। काकाले भने।"दुई चार दिन भए पो नि काम। दुई बर्ष बिताइ सके। अझै कती दिन लाग्ने। नेतालाई लुगा लाउनु पर्‍यो। चुरा लाउनु पर्‍यो। मङगा मङ्गा लुगा अरुले बिगारी देलान भनेर आँफ्नै मान्छे लगेका नि।"यो कुरो पहिले देखी नै सुनिराखेकी एक बृद्द आमैले भनिन।"हैन ए बिरु बाबु ,यो धान कस्को लागि हो नि? हामीलाई त पक्कै हैन होला।" काकाले भने।"हाम्रै लागि हो आमै।जनतालाई के के न गर्यौ भनेर काम देखाउने त हो। फेरी धान जनता अली अली चटाइ दिने त हो नि। अर्को कुरो यो सम्धीधान जनतालाई मात्र लाग्छ। तपाईं हामीले यै धान खानु पर्छ।त्यसैले यसलाई जनताको सम्धिधान पनि भनिन्छ।नेताले चाहि जुन धान खाए पनि हुन्छ। उनिहरुलाई यो कुनै सम्धिधानले छुदैन।छोए पछी त्यै बिदेशी दारु पानीले छुन्छ।" एक बुढाले घोप्टे जुगा मुसर्दै भने।"अहिले सम्म पनि किन यो सम्धिधान रोप्न ढिलाई गरे त बज्जइयाहरुले?बार्खा नै गैसक्यो।" काकाले भने।"एउटा गोरु नार्छ ।अर्को हलो अट्काउछ। एउटा कुलो ल्याउछ। अर्कोले कुलो काट्छ। अनी कसरी रोपाइ हुन्छ। एउटा म हली हुन्छु भन्छे। कोइ ब्याड काड्दा काड्दै नाच गान मस्त छन। कोइ दोहरी मस्त छन।अनी कसरी धान रोपिन्छ। काम गरे पनि नगरे दाम पाकेकै छ।खेत अहिलेसम्म बाझो नै छ।जात्रै भएको छ देशमा। कौनाले म हली बन्छु भनेर पुरानो हली फाले। अज हली बिनाको देश भएर दुनियाँ हसाएकाछन। जनता र देशलाई झन दलदलमा फसाएकाछन।"काकाले कुरो निम्टाउदै भने। ल अब भात खाने बेला पनि भएको जस्तो छ।आज यत्ती नै। बाँकी पछी। जय काउकुती।

Tuesday, September 7, 2010

ओ नेता जी

ओ नेता जी
कता हो कता
लौ पसौं यता
किन बेपत्ता
यहाँ छ्याप्प भोट लाइन्छ
अनी झ्याप्प नोट पाईन्छ।

ओ नेता जी
कता हो कता
लौ बसौं यता
के को लापत्ता
यहाँ लोकल ठररा पाईन्छ
छोइला कचिला खाइन्छ
त्यस पछी
झ्याप्प भोट लाइन्छ
मन्त्रीको कोट पाईन्छ
कुरो मिले पछी
मिन्त्रिको के कुरो
देशै खान पाईन्छ
सरकारको टेक्दै आड
जनताको सेक्दै ढाड
टवाक्क घुस खाइन्छ।

ओ नेता जी
कता हो कता
लौ छिरौ यता
यहाँ पनि
एउटा हातमा भोट
अर्को हातमा नोट
फुटाएर आउनेछौ कि भोट
उठाएर ल्याउछौ कि गोठ
सरकार बने पछी
हामीले भने जती
भ्रष्टचार गर्न पाईन्छ
देश बिदेश चर्न पाईन्छ।
ओ नेता जी
कता हो कता
लौ फिरौ यता
कहाँ बेपत्ता।

Monday, September 6, 2010

मुक्तक


म नदी भएर धाउदा
सगर बनी सुक्यौ तिमी

प्रीतीको पान खुवाउदा पनि
घृणा मानी थुक्यौ तिमी
म घाम भएर आउँदा
तारा बनी लुक्यौ तिमी
म जून भएर छाउदा
शित बनी दुख्यौ तिमी

2
खुशी सबै तिमीलाई
पिर मलाई भो
मैदान सबै तिमीलाई
भिर मलाई भो
हासो सबै तिमीलाई
तिर मलाई भो।
सेकुवा सबै तिमीलाई
झिर मलाई भो

गीत/

1:
झल्याक झुलुक देखीइदा
नहुनेलाई चास भयो
झ्यालमा तिमी बसिदिदा
नहुनेलाई आस भयो
तिमीले हेर्यौ मैले हेरे
हेरा हेरमा खास भयो
जहाँ जता हिड्छौ तिमी
उतै मनको बास भयो


2:
बैनी भन्छु भन्दा भन्द
अर्को साईनो फेर्यौ किन
सिधा नजर लाउदा लाउदै
बाङ्गो नजर हेर्यौ किन
गोप्य कुरा छ्दै थियो
धेरै मान्छे खेर्यौ किन
सन्धी पत्र लेखे पछी
आँफै फेरी केर्यौ किन।


3




विद्वानहरुलाई धिकार छ।

नहुनेलाई यहाँ
हाहाकार छ
हुने सधैं यहाँ
डकार छ
लुच्छाहरुको यहाँ
सरकार छ
निमुखाहरुलाई यहाँ
खबरदार छ
लुट्नेहरुलाई यहाँ
चमत्कार छ
फुट्नेहरुलाई यहाँ
सत्कार छ
यती मात्र होर यहा
मुर्ख बोले समाचार छ
विद्वान बोले धिकार छ।

घाम

मिर्मिरेमा घाम आयो
जुना तारा टिप्दै
शितको थोपा बिलाउछन
पातहरुमा छिप्दै।

पारीलो घाम लाग्यो
कुहिरोलाई चिर्दै
उही घाम उही काम
आउछ घुम्दै फिर्दै।

आज पनि आउछ
अध्यारोलाई निल्दै
भोली पनि आउछ
गाउ शहर डुल्दै।

ताराहरु डराउछन
घाम आयो भने
जून पनि ओकल्छ
घाम खायो भने।

मिर्मिरेमा घाम आयो
जुना तारा टिप्दै
शितको थोपा बिलाउछन
पातहरुमा छिप्दै।

गीत

अध्यारोले खायो दिनलाई
कही कतै घाम छैन
मन मुटु खोजे तिमलाई
कतै तिम्रो नाम छैन ।

जादा जादै जिन्दगीमा
अर्कै बाटो भेटिएछ
सम्झना त्यो राखेको थिए
कसरी कहाँ मेटिएछ।

जून तारा सबलाई सोधे
कही तिमी पाईन्छ्यौ कि
दो बाटोमा पर्खी बसे
कतै तिमी आउछ्यौ कि।

हिडदा हिडदै जिन्दगी
धेरै टाढा पुगिएछ
जिबनको यो नदिमा
किनारा बनी बगिएछ।

Sunday, September 5, 2010

गोरु ब्याउने आसमा

बगेर्नो भैंसी फाली
लौनी भैंसीको आसमा
थोरे भैंसी
जोर्नु जोरियो ।

घास खाए पनि
धान खाए पनि
मकै खाए पनि
छोड्नु छोडियो।

गोबर पनि कडा कस्तो
ठ्याक्कै मान्छेको जस्तो
सिक सिक लागे पनि
सोर्नु सोरियो।

यस पाली त
पक्कै ब्याउछ कि भैंसी
कुर्नु कुरियो।

लागेको बाली नठहरिए पछी
झोकमा थारोलाई
थुर्नु थुरियो।

लौ है आउने पाली त
तिमी जसरी पनि ब्याउनु पर्छ
भन्दा थारो भैंसी
घुर्न घुरियो ।

ब्यखुती खानेहरु
ढुङ्ग्रो लुकाउदै
आपस आपसमा
खासमा
गोरु ब्याउने आसमा
दाउ हेर्नु हेरियो।

Friday, September 3, 2010

ठिकै भन्थे बाले

चाकडीले जगीर खानु
भन्ने गर्थे बाले
देशको सेवा गर्छु भनी
काम गर्ने थाले।

भ्रष्टचारलाई रोक्न थाल्दा
दुर्गम क्षेत्र फाले
त्यही बिकास गर्न खोज्दा
षडेन्त्र पो थाले।

अन्याय यो पर्‍यो भनी
बिन्दी पत्र हाले
न्याय दिलान भनेकाले
दवाब दिन थाले।

जागिर भन्ने यस्तै'रैछ
ठिकै भन्थे बाले
चाकरी-जागिरी सकिएन
रजिनामा नै हाले।

प्रतिसपर्दा

एक पटक ट्याम्पोमा चडेर जादै थिए।महिलाले ट्याम्पो हाकेको देक्दा समय निकै प्रतिसप्रदित भई सकेको महसुस भयो।निश्चय पनि यी महिलाले रहरले यो प्रतिसपर्दा गरेकी होइनन होला जस्तो लाग्यो ।लोग्ने स्वास्नी पाल्ने प्रतिसपर्दामा फेल भए पछी यी बिवाहित महिला कम्मर कसेको जस्तो थियो,बाँच्नलाई प्रतिसपर्दा।घर देखी घाटसम्म। देश देखी बिदेससम्म। भोज देखी भोगसम्म। तल देखी माथि सम्म। तिघ्रा देखी छातीसम्म प्रतिसपर्दा देखिन्छ।आखी भौ खौरिने र सधैं बिउटी पार्लर दौरिने सम्म प्रतिसपर्दा ।बाटोमा कम लुगा लगाउने देख्दा लाउनेको प्रतिसपर्दा। कोही बिदेशी ईशारामा नाच्नेको प्रतिसपर्दा।कोही बिदेशिको साहारामा बाच्नेको प्रतिसपर्दा।कोही नेता हिरोनिसँग कम्मर भाच्ने प्रतिसपर्दा।तरुनिको बोय फ्रेन्ड फेर्नेको प्रतिसपर्दा। युबकलाई जती सक्यो तरुनी हेर्नेको प्रतिसपर्दा।बजार छिर्यो भने नक्कली समान बिचेर ग्रहाग ठ्ग्नेको प्रतिस्पर्दा।हुँदा हुँदा मुत्रदान केन्द्रमा पनि दान गर्नेकै प्रतिस्पर्दा।आफ्नी श्रेमती भन्दा अर्काकी श्रीमती राम्री लाग्ने मात्र हो र? ताक्नेको प्रतिस्पर्दा।काम दाम केही छैन। दिनभर बेकाम घाम ताप्यो। साझ बुढीले मिठो पकाइन भनी श्रीमतिको बङ्गारा झार्ने प्रतिसपर्दा।अन्त आट्ने र अनी श्रीमानलाई ढाट्नेको प्रतिसपर्दा।
गाइ गुइ हल्ला,अबका ठिटिहरु सोझो लाटो पोइ रोज्ने,आफुलाई कै पकाउन आउँदैन ,बुढाले पकाको क्या मिठो भनेर दङ्ग पार्ने र आफु साथीको यो पार्टी ,त्यो पार्टी भन्दै बुढालाई रात भर कुराउने पनि प्रतिसपर्दा। घर सन्चो छैन भनेर श्रीमानसङ्ग ठस्कने र बाहिर बेस्कना मस्कनेको प्रतिसपर्दा। खाने कुराको गर्दा भुस देखी घुस खाने। घरमा एक महिनासम्म मासु नपकाउने,भोजमा मासु रोज खाने धाक लगाउदै प्लेट्मा मासुको ठुलो भाग लगाउनेको प्रतिसपर्दा पनि रमाइलो देखिन्छ। बिदेशी रक्सी मात्र खाने गफ लगाउदै,भोज भातेरमा टन्न लोकल जुस खानेको प्रतिसपर्दा। कुन पार्टिले, किन आवहाँन गरेको कुरो कुन्थ्रो नबुझी बन्द हरतालमा ताल मिलाएर बाटोमा टायर बाल्नेको प्रतिसपर्दा हेर्न लाएक हुन्छ।अस्पताल जानुस कि क्लिनिक बिमारीको प्रतिसपर्दा। अझ होटेल होस कि भट्टी पसल ,जाड तान्नेको प्रतिसपर्दा।जाड खाइ टेबल हान्नेको प्रतिसपर्दा। सिट नपाउदा खडा खडाको प्रतिस्पर्दा।अब छोड्ने कुरो गर्दा। नेता ,कार्यकर्ता पार्टी छोड्नेको प्रतिसपर्दा।कोही घर छोडेकाछन। कोही देशै छोडेकाछन।आज भोली नेपालमा लोग्नेले स्वास्नी र स्वास्नी छोड्दा डिभोर्सको प्रतिसपर्दा।सगरमाथा चडने होस कि जग्गा बेचेर कार चडने होस,गजब छ प्रतिसपर्दा। अझ अहिले कुर्सीको त ठुलै प्रतिसपर्दा देखिएको छ। कतै हार्नेहरु ओगड्ने।हारे पनि नछोड्ने।मुजिकल कुर्सी खेलमा जती पटक हारे पनि आउट न हुने।हार्ने र हराउनेको दरो प्रतिसपर्दा।गाली गर्नेको प्रतिसपर्दा। आरोप प्रती आरोपको झनै प्रतिसपर्दा।यता पनि प्रतिस्पर्दा। उता पनि प्रतिस्पर्दा। तल पनि प्रतिस्पर्दा। माथि पनि प्रतिस्पर्दा। दाँया पनि प्रतिस्पर्दा। बाँया पनि प्रतिस्पर्दा। जता पनि प्रतिस्पर्दा। जय काउकुती।

Thursday, September 2, 2010

भानु तिम्रा राम पनि

भानु तिम्रा राम पनि
रावण बन्न थाले
आफुले नै आँफैलाई
भगवान भन्न थाले।

तिम्रा यि लक्ष्मण पनि
साथ छोड्न थाले
शिष्टता र नैतीकतालाई
हात छोडन थाले ।

तिम्रा लव कुश पनि
दारु खोज्न थाले
कलम कापी थाती राखी
अरु रोज्न थाले ।

तिम्री ती सिता पनि
मती भ्रष्ट भईन
पोइको आँखा छलेर
पती भ्रष्ट भईन।


हेर्दा हेर्दै तिम्रो घर
के के हुन थाल्यो
कुन पाप गरिएछ
साँढे सतले छुन थाल्यो।
(भनु जयन्तीमा लेखिएको र २०६१ साल्मा रेडियो सगरमाथामा प्रसारण गरिएको। )

हाइकु

एउटा रुख
बिजबाट
बोट हुँदै
हागा हुँदै
पात हुँदै
फुल बनी फुल्दछ

बैस जस्तै ढल्दछ।

जीवन

यही जीवन
कतै छाया
कतै धुब छ
कतै काया
कतै कुरुप छ।
यही जीवन
कतै अभाब
कतै खुब छ
कतै हल्ला
कतै चुप छ।
यही जीवन
कतै सुख्खा
कतै डुब छ
कतै भिन्न
कतै समरुप छ।
यही जीवन
कतै चन्चल
कतै भावुक छ
यही जीवन
कतै वा वा
कतै चाबुक छ।

Wednesday, September 1, 2010

मान्छे र नियती

देशको लागि केही बोल्दा
लाठी खाए मैले
मन्त्री बन्दा घुस दिदा
आटी खाए मैले
हाकिमको बढुवा पनि
ढाटी खाए मैले
मन्दिराको खसी बोका
काटी खाए मैले
सरकारी काम गफै गफले
छाटी खाए मैले
सौजन्यको उधोग धन्दा
साटी खाए मैले
आफ्नै थुक थुके पनि
चाटी खाए मैले
देशको लागि गर्छु भन्दा
लाठी खाए मैले।

यो देशमा

उपैया भन्दै थियो
यो देशमा
कोही सार्है मोटा भए
कोहो पिध बिनाका लोटा भए।

काग पनि गन्दै थियो
जती आए जोगी
सबै सुबिधा भोगी।

तित्रो साहेद ठान्दै थिन्यो
यो देशमा
निती बिनाका नेता
कहिले यता कहिले उता
जता कुर्सी उता।

मुसो भूमिका बान्दै थियो
यो देशमा
हलो जोत्ने बाउ
धान खाने साउ ।

कालिज पनि भन्दै थियो
यो देशमा
काम बिनाले काज खाने
चाकडिले नै राज खाने ।

बादर ब्यङ्ग्य हान्दै थियो
यो देशमा
काम गर्ने हनुमान
पगडी लाउने ढेडु

Tuesday, August 31, 2010

मेरो भाग्य


मेरो भाग्य
ज्योतिषीलाई देखाउदै
हातहरुमा खोजे
धमिहरुलाई देखाउदै
पातहरुमा खोजे
तर भाग्य भेटिएन
फेरी भेटिन्छ भनी
मन्दिरहरु रोजे
मठहरु खोजे
तर कतै किटिएन।
छुट्यो कि भाग्य
पछाडि तिर हिरे
छुटे कि म
अगाडि तिर हिह्रे
तर भाग्य कतै देखिएन
एक दिन माहाबाणी आयो
तिमी कर्म गर्दै जाउ
तिमी धर्म गर्दै जाउ
म खुशीले उफ्रिदै
मठहरुमा फुलहरु चढाए
न भन्दै एक दिन
भाग्य जम्का भेटमा भन्यो
तिमी त सार्है भाग्यमानीरहेछौ
भगवान प्यारा पनि भएछौ
ल हिड अब अबेला भयो
तिम्रो पनि जाने बेला भयो।
धन्य यो कस्तो भाग्य
बल्ल कुरो बुझे।

गीत

झरी छैन
शीत छैन
परेली यो भिज्यो कसरी
काडा छैन
काटी छैन
तरेली यो बिज्यो कसरी।
आगो छैन
राप छैन
तर यो तन जल्यो कसरी
हावा छैन
हुरी छैन
तर यो मन ढल्यो कसरी
रात छैन
मात छैन
देउसै जून झुल्यो कसरी
रुप छैन
रङग छैन
तर मन यो भुल्यो कसरी ।
बार हाले
बाध हाले
तर बाटो खुल्यो कसरी
माया छैन
मोह छैन
प्रितीको फुल फुल्यो कसरी ।

नदी

मेची पनि नदी
काली पनि नदी
तर पनि
दुबैमा आफ्नो आफ्नो रवाब छ।
सेती पनि नदी
कोशी पनि नदी
फेरी पनि
दुबैमा ठुलो मन मुटाब छ
रापती पनि नदी
बागमती पनि नदी
तैपनी
दुबैको सागर छुनेको टकराब छ
कर्णाली पनि नदी
गण्डकी पनि नदी
र पनि
दुबै बिच झन धेरै तनाब छ
नदी नदीको लडाईंमा
नदी नदीको जुधाइमा
बिचरा बलुवा माटोलाई प्रभाब छ।

गजल

लेउ भने तिम्रो माया
मात लाग्ने डर
नलेउ भने तिम्रो माया
बात लाग्ने डर
छोडु भने तिम्रो माया
घात लाग्ने डर
जोडु भने तिम्रो माया
साथ लाग्ने डर
टिपू भने तिम्रो माया
नाथ लाग्ने डर
छिपू भने तिम्रो माया
बात लाग्ने डर।

टुक्रा टाक्री

कबि
सँगैको साथी
घास(घुस)खाएर उग्राउदा
भोकै बस्न जानेको
सङगैको मित्र
देश खाएर डुक्राउदा
देश बारे सोच्दै
ठुटो चुरोट तानेको
सरकारले पनि
देशकै बेकामे मानेको
घरमा खाने नहुँदा
श्रीमतिले कर्छुलाले हानेको
तर पनि आफुलाई
देशको सेवक ठानेको।
सुध्रिएका नेता
पहिले रक्सी खुब पिउथे
अहिले त खान्न हजुर
डिस्को दोहरी खुबै धाउथे
अब त्यता जान्न हजुर
घुस बिना काम गरिएन
अब त त्यो पान्न हजुर
चुनाव भए मै हो जित्ने
अरु कोही आन्न हजुर।

पुलिस केरकार
प्रथम चरण सुरुहुन्छ
कर कराउदो बातमा
दोस्रो चरण सुरुहुन्छ
फलामआ जस्तो हातमा
तेस्रो चरण सुरुहुन्छ
बुट लगाको लातमा
चौथो चरण सुरुहुन्छ
लोकल ठरराको मातमा


गीत
हुरी झै आँफै आयौ
मैले घटना टार्न सकिन
माया प्रीती आँफै लायौ
मैले दिल हार्न सकिन
लगन पनि आँफै रोज्यौ
मैले दिन सार्न सकिन
ठास्स ठुस्स आँफै पर्यौ
मैले बोली बार्न सकिन
बतास झै आँफै टार्यौ
मैले पनि नकार्न सकिन।

नेता
सडक पाए
डुङ्गा हान्ने
पद पाए
खुट्टा तान्ने
बजेट पाए
आँफै धनधान्य
कुर्सी पाए
आँफै सर्बमान्ने।


नेपाल
नेपाल युरोप गएछ कि
यूरोप नेपाल आएछ
देख्दा युबाहरुको झाप्रा।
अमेरिका नेपाल पसेछ
नेपाल अमेरिकाँ फसेछ
हेर्दा तरुनिहरुका साप्रा।
नेपाल रुवान्डामा खसेछ कि

रुवान्डा नेपाल भै बसेछ
देख्दा गाउँ घर छाप्रा।

Monday, August 30, 2010

आज सबै हिजडा भए।

टाइ शुट र धोती टोपी
साडी ब्लाउज सुरुवाल भोटी
सबै बाउका सरुवावालका
झुत्रे लुत्रे यि सबै इजाडा भए।

कोही आफुलाई भाले माने
कोही पोथी ठाने पनि
न फुल न चल्ला
काम भन्दा ठुलो हल्ला
अर्थ न बर्थको ओथारो लाए
न लाछार न पछार लाए
आज यि सबै हिजडा भए।

कोही जनताको कुरा गर्दै
कोही स्वतन्त्रताको कुरा गर्दै
आफ्नो आफ्नो थैलो भर्दै
देशलाई उल्टै बन्दै पार्दै
आज यि सबै पिजडा भए।

ठग्न र ढाट्नेमा
मिल्ने र फाट्नेमा
थुक्ने र चाट्नेमा
किन्ने र साट्नेमा
मार्ने अनी काट्नेमा
आज यि सबै बिजोडा भए।

Sunday, August 29, 2010

लाजै लाग्यो गाँठे

एउटा छोरो सधैं टवाटे
अर्को छोरो तासे
घरकै अन्न चोरी चोरी
सके सत्य नासे।

एउटा छोरो भुडे गणेश
अर्को मरण च्यासे
झ्याल ढोका दलिन बेची
आफ्नै घरलाई भासे।

एउटा छोरा टाप्प टिपे
अर्को छोरो गासे
आपसमा कलह गरी
घरकै इजत्त मासे।

सस्कारलाई पोली खाए
कस्ता कस्ता ध्वासे
नाङ्गै हिड्दै डुले पछी
दुनियाँ नै हासे।

एउटा छोरो धुर्त स्याल
अर्को छोरो ब्वासे
ढाटी खाइ सबैलाई
कलन्कले धासे।

कस्ता सन्तान जन्मिएछन
लाजै लाग्यो गाँठे
आफ्नै आमा बाउलाई अब
मार्न र कुट्न आटे।

Friday, August 27, 2010

कुरो कुन्थरो

सधैं ब्यङ्ग्य कबिता र ब्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर ब्यङ्ग्य बनाउने पाराले ब्यङ्ग्य बर्ता रोज्ने बिचार गरे। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु,बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो।मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हासो ठट्टा पनि गर्ने भएकाले उनिसङ्गै वार्तालाप गर्ने जमर्को गरे।छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रशन हजुर आमैलाई कचौरा राख्दै भने। "हजुर आमाको उमेर कती पुग्यो नि?हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ? "यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोदिहाल्नु भो।अली ठिटना हुनुहुदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गासमै स्वाद चाखी हाल्नुहुन्थ्यो।मेरो उमेर त भर्खर असिमा बसेकी छु। अब उमेरको गर्दा त पैतिस चालिस बर्षलाई अध बैसे भनिन्छ।त्यो हिसाबले त सत्तरी असी पुगेपछी पो पुरा बैस हुदो रहेछ।साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ्नी बाबु।" अहिले चाँही हजुर आमैले कुरोको चुरो समाउन भयो। अनी आज आमैलाई आउन लागेको तीजको बारेमा सोध्न मन लाग्यो।तपाइको पालाको र अहिलेको तीजमा के फरक पाउनु भयो?" मेरो प्रश्न भुइमा नखस्दै आमैले भनिन।"धेरै फरक छ बाबु। त्रिसुलीको पानी र टुकैचाको पानी जस्तो। गाउकी सानी र शहरकी नानी जस्तो फरक। हाम्रा पालामा त एक दिन दर खान्थ्यौ। साथी सगिनिको घर जाइन्थ्यो। तीजको भाकामा गाउथ्यौ। रमाउथ्यौ। तीन दिनको तीज तिस दिन गयो। गरीबको भन्दा धनीको भयो। सुद् साकाहारी भन्दा माछा मासु खाकाछन। पुरुषको भन्दा धरै ह्विस्की बियरमा रमाकाछन।तीजका गीतमा भन्दा हिन्दी गीतमा नाचेकाचन।साडीमा भन्दा प्यान्ट कट्टुमा कम्मर भाचेकाछन।यो सस्कृतिमा बिक्रिती भयो बाबु।भ्रष्टाचार गरेर होस कि बिदेश तिर सडेर होस,लोग्ने बिचराले कमाएकै छन।स्वास्निहरु रमाएकैछन।" आमैले कुरो थब्दै भनीन।"हेर्नुस बाबु कस्तो जमाना आयो आयो। पोहर साल नातिको बिहे गर्नलाई बुहारी खोजियो। केटी तर्फकाले मेरो नातिलाई जाड चुरोट ,रक्सी खान्छ कि खान्न भनी सोधे। मेरो नाती कै नखाने।रक्सीको त कुरै छैन। मासु पनि नखाने। केटी पक्षकाले बुहारीलाई प्यान्ट लाउन दिने सर्त राखे बाबु। हामीले पनि यती जाबो कुरो त हो भनी मान्यौ। अहिले त बाबु हाफप्यान्ट मात्र लाउछे। सधैं पार्टी भनेर मातले मात्तिएर मध्य रातमा आउछे। लोग्नेलाई भात तताएन भनेर दुई चार लात नै लाउछे। महिला भएर महिलाकै कुरा काटेको जस्तो। धेरै भयो भने त बोल्न पनि पर्‍यो। पुरुषले बोल्दा चटकन खान के बेर?"कुरो रमाइ बन्दै थियो। मैले अर्को प्रश्न तेर्साउदै भने। अहिले र पहिले बजारको कुरा गर्दा आमैलाई कस्तो लाग्छ?" आमैले जिब्रो फटकार्दै भनिन। "बजारको त कुरै नगर बाबु। हाम्रा पालामा चार आनाले होटेलमा टन्न मासु भात खान पाइन्थ्यो। त्यसइमा पनि सुद्द खाने कुरा खाइन्थ्यो।अहिले के पो सुद्द पाउछ र नाती बाबु?अहिले त मायाप्रितीमा पनि मिसावोट भयो। अब चोखो माया पाउनलाई खप्पराँ लेखेको हुनुपर्छ। बजार भाउ मात्र हो र? मायाप्रीतीको भाउ झन चर्को छ। मोटर,गाडी ,होटेल रेस्टुरेन्टमा लान नसक्नेले त के मायाप्रीती पाउने र लाउने।"हजुर आमैले कुरो कोट्याउदै भनिन। 'बाबु नातिलाई अघी देखी सोधु भनेको। तपाईं कुन पत्रीका बाट हो नि?मेरो फोटो त आउछ?"मैले हजुर आमैको फोटो लिदै भने"म कुनै पत्रीका बाट होइन। हजुरमाको कुरो कानि फेस बूकमा राख्ने लाई हो। त्यसमा झन देश बिदेशका नाती नतिनाहरुले हेर्छन।हजुर आमै झन खुसै हुँदै भनिन।"त्यसो भए त फेस बूकमा मेरो छोरोले पनि हेर्छ होला। अस्ती बुहारीलाई दुई चार वटा तीजका गीत पठाइदिने भन्दै थियो। उता तिर पो बरु राम्रो सङ्ग तीज मनाउछन रे। ल त बाबु सबै देश बिदेशका नाती नतिनिहरुलाई तीजको शुभकामना।"हौस त कुर गर्दा रमाइलो लाग्यो। पछी फेरी भेटौँला।" यती भनेर हजुर आमैसङ्ग बिदा भए र हाम्रा कुरा कानि साथीहरुसँग जस्ताको तस्तै पस्कदै बिदा हुन्छु। मलाई हजुर आमाको कुरो सोर्है आना मुनशिव लाग्यो।यहाँलाई कस्तो लाग्यो?जय काउकुती।

Thursday, August 26, 2010

यसपली त साच्चै सबलाई हसाउनु भो।

सोजासाजालाई आश्वासन बाट्दै
गरीबलाई धनीको सपना साट्दै
देशलाई खाल्टोमा खसाउनु भो
नेताज्यु!गाई जात्राले फलफ खाए
दुनियाँलाई मज्जाले हसाउनु भो।

कतै के भन्दै
कतै अर्कै भन्दै
मन्चै पिच्छे झुट घुसानु भो
नेताज्य!मह जोडी फलप भए
संसारलाई अच्छैले हसाउनु भो।

शान्ती ल्याउछु भनी
कान्ती ल्याउछु भनी
न बिकास न निकास
देशलाई कुन च्यापमा फसाउनु भो
नेताज्यु! हास्य सिरियल नै फलफ भो
दुनियाँलाई गजबले हसाउनु भो।

जनताको नाममा
सहयोग चन्दा माग्दै
इटाले आफ्नै आगन छाप्दै
जनतालाई भोकमरीले डसाउनु भो
नेताज्यु!हास्य कवी नै फलप भए
देश बिदेशलाई नै खुब हसाउनु भो।

देशको गोपिन्यता नै छैन रे
देशको आत्मनिर्यता नै छैन रे
जताकतै बाहुलेता अजेन्टहरु
को को कस्लाई कती यहाँ पसाउनु भो
साझा बस,ट्रली बस र रेल जस्तै
देशलाई नै थला बसाउनु भो
माने नेता ज्यु तपाईंको कला
यसपली त साच्चै सबलाई हसाउनु भो।

Wednesday, August 25, 2010

सरकार

छाला फालेर खाने कि
छालै सित खाने
साथै खाने कि
पालै सित खाने
आखिर सरकार बाउ बिर्ता न हो।
मिलेर खाने कि
एक्लै खाने
सङ्गै खाने कि
बेग्लै खाने
आखिर सरकार खाउकै बिर्ता न हो।

चिट्ठा हालेर खाने कि
खाल हानेर खाने
बल्छी फालेर खाने कि
जाल तानेर खाने
आखिर सरकार दाउकै बिर्ता न हो।
सल्लैले खाने कि
मोल गरेर खाने
हल्लै खाने कि
तौल गरेर खाने
आखिर सरकार भाउकै बिर्ता न हो।

तरै सित खाने कि
करहै सित खाने
फलै सित खाने कि
जरै सित खाने
जसरी खाए पनि
दरै सित खाने
आखिर सरकार, तिम्रै बाउकै बिर्ता न हो।

Monday, August 23, 2010

गाई जात्रे नाटक(गाइजात्रे झटारो)

बानेश्वरमा प्रदर्सन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाच पनि सकियो।जोक्कर ,नोक्कर,मालिक ,बालिक,अझाउ ,बझाउ, खलनायक पात्रहरु आए पनि नायक आएन।साहेत देशले अझै मान्छे पाएन। बिना निर्देशकका पात्रहरुको जात्रा हेर्दा परीपक्वता नै देखियो।अब यो गाई जात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बेदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन। हाम्रो सस्कृती र प्रबृतिको पनि राम्रो प्रचार हुने।अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने,त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ।फेरी नायकले काम र दाम नपाउदा मलाई नालायक भन्न सक्छ। यो गाई जात्राको अलिकती आलुचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मन्चमा पहलमानी देखाइएको छैन। दोन्द पक्ष कजोर देखियो। फिल्मको जस्तो कुर्सी,सिसा भाचेको र तरुनी पात्रहरु भएर पनि कम्मर भाचेर नाचेको देखिएन ।यो नाटकको अन्तमा दुइचार जनालाई मन्त्री बनाउने र यसैको उपलक्ष्यमा नेपाली साम्बा नृत्य प्रसुत गरेमा यो गाई जात्रे नाटक भाग पाच मात्र हैन,सयौ भाग चल्नेछ।नेपाली सेनेमाको रेकर्ड मात्र हैन,अहिले सम्मको सबै गाई जात्रे ईतिहास तोडनेछ भन्ने कुरो झानेको सेकुवा खाँदै ठोकुवा नै गर्छु।यसो गर्दा नाटकको पूर्णता पनि देखिने।बिदेशतिर लैजादा पनि अन्तरराष्ट्रिय क्वालिटिको हुने।यती गरियो,यो नाटक हिट मात्र सुपर हिट भएर ओस्कार पुरुस्कार समेत नहुत्याउला भन्न सकिन्न। जय काउकुती।

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive