खादा जती पनि नाघाइने
कान्छीको हात मिठो
सुन्दा लट्ठ पार्ने
काछिको बात मिठो
यात्रा पनि रमाइलो लाग्ने
कान्छीको साथ मोठो
सधैं सपना सुन्दर आउने
कान्छीको रात मिठो
एक जनरमै घाएल पार्ने
कान्छीको गाथ मिठो
रिसाउदा होस वा हसाउदा
कान्छीको मात मिठो।
Saturday, July 31, 2010
त्यसै चुनाब जिती आको हजुर?
कपाल कालो भए पनि
उमेर त पाको हजुर
नोट दिए पनि हुन्छ
भोट दिए पनि हुन्छ
देश त चलाऊनै पर्यो
झोला बोकी आको हजुर।
हेर्दा,चिल्लो पिरो भए पनि
दु:ख धेरै खाको हजुर
पार्टी छिरे पनि हुन्छ
पार्टी फोरे पनि हुन्छ
सरकार त बनाउनै पर्यो
फुलमाला बोकी आको हजुर।
देख्दा सिदा सादै हो
भित्र त मापाको हजुर
साम्सद चोरेर हुन्छ कि
पार्टी फोरेर हुन्छ
सत्ता त हातमा ल्याउनै पर्यो
घर घ्ररमा पुगीराको हजुर।
अरुले कती खाए के खाए
अफुले त खानै नपाको हजुर
सुत्केरो जोरेर हुन्छ कि
भ्रमण गरेर हुन्छ
भात्ता त पकाउनै पर्यो
घरमा बुढी फकाउनै पर्यो
त्यसै चुनाब जिती आको हजुर?
उमेर त पाको हजुर
नोट दिए पनि हुन्छ
भोट दिए पनि हुन्छ
देश त चलाऊनै पर्यो
झोला बोकी आको हजुर।
हेर्दा,चिल्लो पिरो भए पनि
दु:ख धेरै खाको हजुर
पार्टी छिरे पनि हुन्छ
पार्टी फोरे पनि हुन्छ
सरकार त बनाउनै पर्यो
फुलमाला बोकी आको हजुर।
देख्दा सिदा सादै हो
भित्र त मापाको हजुर
साम्सद चोरेर हुन्छ कि
पार्टी फोरेर हुन्छ
सत्ता त हातमा ल्याउनै पर्यो
घर घ्ररमा पुगीराको हजुर।
अरुले कती खाए के खाए
अफुले त खानै नपाको हजुर
सुत्केरो जोरेर हुन्छ कि
भ्रमण गरेर हुन्छ
भात्ता त पकाउनै पर्यो
घरमा बुढी फकाउनै पर्यो
त्यसै चुनाब जिती आको हजुर?
Tuesday, July 27, 2010
पानी रङ्गका नेताहरु
पानी रङ्गका नेताहरु
न यीनको आफ्नो रुपछ
न यिनको कुनै स्वरुप छ
न निश्चित बाटो छ
न नैतिकताको पाटो छ।
जता नोट उतै बग्ने
जस्ले चाहे लग्न सक्ने
बाधबाट पनि फुट्न सक्ने
ट्याकिमा पनि टुट्न सक्ने
नेपालका नदी जस्तै
सबै दक्षिण तिरै बग्ने
बगाएर नेपालको माटो
उतै तिर नै लग्ने
रातो गिलासमा रातै हुने
तातोमा राखे तातै हुने
हरियो गिलासमा हरियो
कस्तो पानीमा परीयो
नघट्यो पानी न तरियो।
न यीनको आफ्नो रुपछ
न यिनको कुनै स्वरुप छ
न निश्चित बाटो छ
न नैतिकताको पाटो छ।
जता नोट उतै बग्ने
जस्ले चाहे लग्न सक्ने
बाधबाट पनि फुट्न सक्ने
ट्याकिमा पनि टुट्न सक्ने
नेपालका नदी जस्तै
सबै दक्षिण तिरै बग्ने
बगाएर नेपालको माटो
उतै तिर नै लग्ने
रातो गिलासमा रातै हुने
तातोमा राखे तातै हुने
हरियो गिलासमा हरियो
कस्तो पानीमा परीयो
नघट्यो पानी न तरियो।
बजार भाउ चढेकोछ।
जनताको अधिकार
बनाउदै हतियार
सरकार बनाउने दाउमा
साम्सद मनाउने नाउमा
फेरी छलखेल चलेकोछ
बजार भाउ बढेकोछ।
थन्काउदै आश्वासन
रन्काउदै भाषन
सहमतिको नाउमा
बहुमतको दाउमा
जालझेल बढेकोछ
फेरी बजार भाउ चढेकोछ।
कुचल्दै शाहीतको सपना
निचुर्दै जनताका कल्पना
मन्त्री बनाउने नाउमा
मन्त्री बन्ने दाउमा
फेरी चलखेल बढेकोछ
बजार भाउ चढेकोछ।
बनेश्वोर गाउमा
देश बनाउने नाउमा
फेरी छक्काउने दाउमा
चलखेल बढेको छ
बजार भाउ चडेको छ।
बनाउदै हतियार
सरकार बनाउने दाउमा
साम्सद मनाउने नाउमा
फेरी छलखेल चलेकोछ
बजार भाउ बढेकोछ।
थन्काउदै आश्वासन
रन्काउदै भाषन
सहमतिको नाउमा
बहुमतको दाउमा
जालझेल बढेकोछ
फेरी बजार भाउ चढेकोछ।
कुचल्दै शाहीतको सपना
निचुर्दै जनताका कल्पना
मन्त्री बनाउने नाउमा
मन्त्री बन्ने दाउमा
फेरी चलखेल बढेकोछ
बजार भाउ चढेकोछ।
बनेश्वोर गाउमा
देश बनाउने नाउमा
फेरी छक्काउने दाउमा
चलखेल बढेको छ
बजार भाउ चडेको छ।
गजल
टन्न हसुर्ने बाँकी नराखी
भन्ने खाना खराब छ
सुन्ने दोह्र्याइ तेह्र्याइ
ठान्ने गाना खराब छ
पैचो लग्ने मागी मागी
तिर्दा माना खराब छ
गर्ने रातभर किर्तन
फिर्दा आराधना खराब छ
कस्लाई के भन्ने अब
हेर्दा जमाना खराब छ
भन्ने खाना खराब छ
सुन्ने दोह्र्याइ तेह्र्याइ
ठान्ने गाना खराब छ
पैचो लग्ने मागी मागी
तिर्दा माना खराब छ
गर्ने रातभर किर्तन
फिर्दा आराधना खराब छ
कस्लाई के भन्ने अब
हेर्दा जमाना खराब छ
Monday, July 26, 2010
कुसल चालक खड्कियो
जादा जादै बस
छगालो अडकियो
कुसल चालक खड्कियो
टेन्सनमा
झ्वाम्मा झोल तानुजस्तो
सक्छु भन्ने बजियालाई
दुइचार मुक्का हानुजस्तो।
चड्दा चड्दै बस
उकालोमा रोकियो
धेरै चालकल जोखियो
डरले
टुन्न तुम्बा तानुजस्तो
जान्छु भन्ने बजियालाई
गुलेलिले हानुजस्तो।
गूड्दा गूड्दै बस
भगालोमा फड्कीयो
जान्ने चालक खड्कीयो
झोकमा
एक दुई बोटल तानुजस्तो
वस्ताज बन्ने बजियालाई
दुई चार लात हानुजस्तो।
कुत्दा कुत्दै बस
मुल बाटोमा भट्कीयो
कारे भिरमा फड्कीयो
कुसल पालक खड्कीयो
टेन्सनमा
टुन्न ट्वाट तानुजस्तो
हाँक्न सक्छु भन्ने बजियालाई
घुयात्रोले हानुजस्तो।
छगालो अडकियो
कुसल चालक खड्कियो
टेन्सनमा
झ्वाम्मा झोल तानुजस्तो
सक्छु भन्ने बजियालाई
दुइचार मुक्का हानुजस्तो।
चड्दा चड्दै बस
उकालोमा रोकियो
धेरै चालकल जोखियो
डरले
टुन्न तुम्बा तानुजस्तो
जान्छु भन्ने बजियालाई
गुलेलिले हानुजस्तो।
गूड्दा गूड्दै बस
भगालोमा फड्कीयो
जान्ने चालक खड्कीयो
झोकमा
एक दुई बोटल तानुजस्तो
वस्ताज बन्ने बजियालाई
दुई चार लात हानुजस्तो।
कुत्दा कुत्दै बस
मुल बाटोमा भट्कीयो
कारे भिरमा फड्कीयो
कुसल पालक खड्कीयो
टेन्सनमा
टुन्न ट्वाट तानुजस्तो
हाँक्न सक्छु भन्ने बजियालाई
घुयात्रोले हानुजस्तो।
गणतन्त्र बबुरो
देसलाई
हरन गर्दै
धरन गर्दै
मरन गर्दै
जनताको खिल्लीउडाउदै
अट्टाहास गर्दैछन रावणहरु
बहादुरी छैन रामको जस्तो
प्रजातन्त्र बबुरो।
लोकलाई ललकार्दै
जनतालाई
कायल पार्दै
हायल पार्दै
घायल पार्दै
बिष वमन गराउदैछन कंशहरु
चमत्कारी छैन कृष्ण जस्तो
लोकतन्त्र बाबुरो।
देशलाई
बन्दी बनाइ
मन्दी बनाइ
गन्दी बनाइ
जनताको नाममा
जनताको दाममा
जुवा खेल्दैछन कौरबहरु
धनुषकारी छैन अर्जुन जस्तो
गणतन्त्र बबुरो।
हरन गर्दै
धरन गर्दै
मरन गर्दै
जनताको खिल्लीउडाउदै
अट्टाहास गर्दैछन रावणहरु
बहादुरी छैन रामको जस्तो
प्रजातन्त्र बबुरो।
लोकलाई ललकार्दै
जनतालाई
कायल पार्दै
हायल पार्दै
घायल पार्दै
बिष वमन गराउदैछन कंशहरु
चमत्कारी छैन कृष्ण जस्तो
लोकतन्त्र बाबुरो।
देशलाई
बन्दी बनाइ
मन्दी बनाइ
गन्दी बनाइ
जनताको नाममा
जनताको दाममा
जुवा खेल्दैछन कौरबहरु
धनुषकारी छैन अर्जुन जस्तो
गणतन्त्र बबुरो।
प्रभु हाय हाय(ब्यङ्ग्य भजन )
ढिम्रा लागि
सिम्रा लागि
घरको दलिन खाए
घरको छाना छरिने भो
प्रभु हाय हाय!
किरा लागि
काटी लागि
सबै अन्न बाली खाए
भोकमरिले मरिने भो
प्रभु हाय हाय!
मछेरहरु
डाटहरु
रगत खान आए
रोगब्याथमा परीने भो
प्रभु हाय हाय!
उडुसहरु
उपैयाहरु
रगत होइन
खाँदै रुपैयाहरु
हाहाकार नै ल्याए
सेश खाए
मदेश खाए
देश खाए
दु:ख दलिद्रमा खरिने भो
प्रभु हाय हाय!
सिम्रा लागि
घरको दलिन खाए
घरको छाना छरिने भो
प्रभु हाय हाय!
किरा लागि
काटी लागि
सबै अन्न बाली खाए
भोकमरिले मरिने भो
प्रभु हाय हाय!
मछेरहरु
डाटहरु
रगत खान आए
रोगब्याथमा परीने भो
प्रभु हाय हाय!
उडुसहरु
उपैयाहरु
रगत होइन
खाँदै रुपैयाहरु
हाहाकार नै ल्याए
सेश खाए
मदेश खाए
देश खाए
दु:ख दलिद्रमा खरिने भो
प्रभु हाय हाय!
Friday, July 23, 2010
आमा झन बिरामी हुनुहुन्छ।
सपाली
छोराछोरीहरु
कोही टेर्लान
केही खेर्लान
कोही हेर्लान र
खुशी पार्लान भनेको
उही रडाको
उही भाडाको
मन दुख्दा
आमा झन बिरामी हुनुहुन्छ।
पर्खाल तोडिएला
नयाँ सहमती जोडीएला
नेया इतीहास कोरिएला भनेको
उही फोहरमैलो
उही भाडभैलोले
मुटु दुख्दा
आमा झन बिरामी हुनुहुन्छ।
घरखेत जोतिएला
घर छाइएला,पोतिएला
बर्षातमा ओतिएला भनेको
उस्तै बाझो
उस्तै भाजो
उस्तै खाचोले
छाती पोल्दा
आमा झन बिरामी हुनुहुन्छ ।
छोराछोरीहरु
कोही टेर्लान
केही खेर्लान
कोही हेर्लान र
खुशी पार्लान भनेको
उही रडाको
उही भाडाको
मन दुख्दा
आमा झन बिरामी हुनुहुन्छ।
पर्खाल तोडिएला
नयाँ सहमती जोडीएला
नेया इतीहास कोरिएला भनेको
उही फोहरमैलो
उही भाडभैलोले
मुटु दुख्दा
आमा झन बिरामी हुनुहुन्छ।
घरखेत जोतिएला
घर छाइएला,पोतिएला
बर्षातमा ओतिएला भनेको
उस्तै बाझो
उस्तै भाजो
उस्तै खाचोले
छाती पोल्दा
आमा झन बिरामी हुनुहुन्छ ।
मेरो देशलाई
सहको मती फुस्किए पछी
बहुको मती खुस्किए पछी
मेरो देसलाई
टिल्ल ट्वाट तानेर
इजार हराएको
सुरुवाल सिमल्दै बानेस्वरमा भेटे।
मिलापले बिलाप
सहकार्यले लाप्पा
बिमतिको ढ्याप्पा गर्दै
तछाड र मछाडमा
कसैले नछाडमा
मेरो देशलाई
छरिएको कछाडमा
अडकिएर सिहदार हल्लिएको देखे।
शान्ती सुस्ताए पछी
घाम अस्ताए पछी
खुशी बिस्ताए
पछीमेरो देसलाई
धरहरा जस्तै
वाल्लिएर
टवाल्लिएर
त्वाल्लिएर
रत्नपार्क बरालिँदै देखे।
मेलमिलापको मेलोमा
हलो अटकाउदै
शान्तिको खेलोमा
बारुद पटकाउदै
अज्ञात नाममा
मान्छेलाई लटकाउदै
मेरो देशलाई
कहिले मेची कहिले काली हरालिदै देखे।
बहुको मती खुस्किए पछी
मेरो देसलाई
टिल्ल ट्वाट तानेर
इजार हराएको
सुरुवाल सिमल्दै बानेस्वरमा भेटे।
मिलापले बिलाप
सहकार्यले लाप्पा
बिमतिको ढ्याप्पा गर्दै
तछाड र मछाडमा
कसैले नछाडमा
मेरो देशलाई
छरिएको कछाडमा
अडकिएर सिहदार हल्लिएको देखे।
शान्ती सुस्ताए पछी
घाम अस्ताए पछी
खुशी बिस्ताए
पछीमेरो देसलाई
धरहरा जस्तै
वाल्लिएर
टवाल्लिएर
त्वाल्लिएर
रत्नपार्क बरालिँदै देखे।
मेलमिलापको मेलोमा
हलो अटकाउदै
शान्तिको खेलोमा
बारुद पटकाउदै
अज्ञात नाममा
मान्छेलाई लटकाउदै
मेरो देशलाई
कहिले मेची कहिले काली हरालिदै देखे।
Tuesday, July 20, 2010
फेरी बोकाको भाउ(ब्यङ्ग्यबन्ध)
दशै पनि आउन लाग्यो। अहिले शहरमा मात्र होइन गाउमा पनि बोकाको भाउ हवात्तै बढेकोछ। कालीको लागि कालो बोको नै खास भए पनि राते,सेते,फुच्छे देखी बुच्छे, जुम्रे देखी झुम्रे,स्याउले देखी स्याउरे बोकोसम्मको अहिले भाउ बढेकाले बाउको हाउभाउ नै फरकछ। हुन त मैले कुरा गर्न लागेका बोकाहरु पनि तपाईंले पहिले देखेका,भेटेका,पालेका,फालेका भए पनि केही कुरा तपाईंलाई पनि थाहहुन नसक्ने अनुमान गरेर बोकाको हनुमान चालिसा सुनाउन थालेको छु। कोही ठुस ठुसी गन्हाउने।कोही फुस फुसी पादने। कोही बेस्सरी खाएर छादने। रुपरङ्ग फरक भए पनि यिनिहरुमा एउटा समान बिशेषता के छ भने हरियो घाँस भने पछी हुरुक्क हुन्छ्न। अझ बेदेसी घास देखाए पछी जुरुक्क उठछन र तपाईंको पछी पछी खुरुक्क हिड्छन।आदेश दिनुस त,बाख्रासँगको के कुरा मान्छेसँग पनि भिडछन।तपाइले जहाँ भन्यो ,त्यही हिड्छन।त्यही छिर्छन। अर्को कुरो पनि सुनाइ हालु तपाईंलाई। यि न ओलीका बोका हुन,बलिका बोका हुन। यिनी त मलका भन्दा बलका लागि बोका हुन। यि शक्तीका बोका हुन। काली खुशी पार्न यिनलाई चढाउनु पर्दैन। यिनलाई खुशी पारे पछी,काली झन खुशी। अब कुरो आयो कसरी खुशी पार्ने त यि बोकालाई।दानाको ठाउमा पाचतारेको होटेलको व्हिस्की र खाना खुवाउनुहोस।खानाको साथमा दगरी बाख्री नाच र गाना सुनाउनुहोस। त्यस पछी बाख्री कालिका के कुरा, माहाकाली पनि खुशी हुनेछिन। सबै बोका तपाईंको गोठ्मा। मकैका घोका तपाईंको बोटमा। खुशी सबै तपाईंको ओठ्मा। डुब्नु हुनेछ,नोटै नोटमा किनभने बोका गोठमा टन्न भए पछी मन्त्री,प्रधान मन्त्री के कुरा ,गणतन्त्र भनिए पनि तपाईं राजतन्त्रमा जस्तै हालिमुहाली गर्न सक्नुहुनेछ। आफुलाई बोके मन्त्री, बोके राजा जे पनि भन्न सक्नुहुनेछ। आजै गोठमा बोका हुल्नुहोस। शहरमा नपाए गाउ गाउमा डुल्नुहोस। दुइचार वोटा जङ्गलमा हुनसक्छन,समाएर ल्याइ आफ्नै गोठमा हुल्नुहोस। । अरु सब कुरा भुल्नुहोस। जसरी हुन्छ हुलका हुल बोका गोठमा हुल्नुहोस। दुई चार हजार देखी दुई चार लाखसम्म परे पनि खरिद गर्नुहोस। तपाईंले चिताएको कुरो पुर्पुरोमा भएन भने,कसमको बाउ महाकसम,मेरो गोठको बोका तपाईंकै भयो। धरोधर्म,गए दुइचार बोका गयो। एउटा कुरा नभुल्नु होला। बोकालाई सधैं हरियो घास हाल्नुहोला। नत्र बोकाले देला धोका।जय काउकुती।
Saturday, July 17, 2010
अहिले खोला बौलाएकोछ
थोपा थोपा पानी सगालेर
कुबेरको धन झै थुपारेर
अहिले खोला मौलाएकोछ
हाम फालेर
तिम्रो ठाउमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
झरी झर्किएर
सगर गर्किएर
बाध फोरेर
तिम्रो गाउमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
तराइमा ताल बनेर
गाउमा गल्ली बनेर
शहर सडक बनेर
मुल बाटोमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
छागाबाट छङछङगिदै
पहिरोमा रन्किदै
तिम्रो घरको
धुरी,झ्याल ढोका च्याउनसक्छ
हेर्दा हेदै हेउ जस्तै ख्याउनसक्छ
किनभने
बर्षातले यो मौलाएकोछ
अहिले खोला बौलाएकोछ।
कुबेरको धन झै थुपारेर
अहिले खोला मौलाएकोछ
हाम फालेर
तिम्रो ठाउमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
झरी झर्किएर
सगर गर्किएर
बाध फोरेर
तिम्रो गाउमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
तराइमा ताल बनेर
गाउमा गल्ली बनेर
शहर सडक बनेर
मुल बाटोमा आउनसक्छ
अहिले खोला बौलाएकोछ।
छागाबाट छङछङगिदै
पहिरोमा रन्किदै
तिम्रो घरको
धुरी,झ्याल ढोका च्याउनसक्छ
हेर्दा हेदै हेउ जस्तै ख्याउनसक्छ
किनभने
बर्षातले यो मौलाएकोछ
अहिले खोला बौलाएकोछ।
Friday, July 16, 2010
बन्डापत्र
बिचरा बाउले
छोराकै लागि
बनेर अभागी
नखाइ नलाई
लोभ र लाभले
गरेर काइकाइ
नवलोक झरे
न पुन्य गरे
न पाप गरे
बिचरा बाउ
स्वोर्ग परे कि
नर्ग झरे
उनको मृत्यु पछी
कोही भिरमा परे
कोही छिरमा परे
कोही तिरमा परे
कोही खिरमा परे
तर म पिरमा परे
बन्डापत्रको सहमतीमा
बढे पछी झन गलफत्ती ।
जेठा बमक्क बम्किए
माइला आगो भई दन्किए
साइला सनक्क सन्किए
काइला झन झन्किए
राइला रनक्क रन्किए
ठुला कान्छा फन्किए
मिलौ मिलाउ भन्दा
कोही घण्टा झै घन्किए
कोही जुका झै तन्किए
भुत्रै सित! आफु पनि
के कम!भनक्क भन्किए
के यो सम्पत्ति
तिनका बाउको बिर्ता हो र?
यत्रै सित!म पनि
अन्तैतिर दनक्क दन्किए।
छोराकै लागि
बनेर अभागी
नखाइ नलाई
लोभ र लाभले
गरेर काइकाइ
नवलोक झरे
न पुन्य गरे
न पाप गरे
बिचरा बाउ
स्वोर्ग परे कि
नर्ग झरे
उनको मृत्यु पछी
कोही भिरमा परे
कोही छिरमा परे
कोही तिरमा परे
कोही खिरमा परे
तर म पिरमा परे
बन्डापत्रको सहमतीमा
बढे पछी झन गलफत्ती ।
जेठा बमक्क बम्किए
माइला आगो भई दन्किए
साइला सनक्क सन्किए
काइला झन झन्किए
राइला रनक्क रन्किए
ठुला कान्छा फन्किए
मिलौ मिलाउ भन्दा
कोही घण्टा झै घन्किए
कोही जुका झै तन्किए
भुत्रै सित! आफु पनि
के कम!भनक्क भन्किए
के यो सम्पत्ति
तिनका बाउको बिर्ता हो र?
यत्रै सित!म पनि
अन्तैतिर दनक्क दन्किए।
मेरो नेपाल जस्तो।
सपनामा
हिडदै जादा
पानी पानी देखियो
न धारो न कुलो
न धुवा न चुलो
बासी भातको
डल्लोमा रमाएका नानीहरु
स्कूल छोडि छोडि
हसिया समाएका नानीहरु
कस्तो कस्तो
ठ्याक्कैमेरो नेपाल जस्तो।
चड्दै जादा
महङ्गीको शिखर
भोकमरीको पहाड
रोगब्यादको चुचुरो
कती अकालमा
कालको मुखमा परीरहे
कती बस्ती छोडि
अन्यत्र सरीरहेका
कस्तो कस्तो
ठ्याक्कै!
मेरो नेपाल जस्तो।
बड्दै जादा
डुबानको फाट
मक्किएको टाट
भाचीएको खाट
धुम्लिएको घाट
न दाना न खाना
कोही रोग्गिएको
कोही भोक्किएको
कस्तो कस्तो
ठ्याक्कै
मेरो नेपाल जस्तो।
उडदै जादा
युबाहरु
कोही अमेरिका
कोही क्यानडा
कोही कतार
सबै हत्तार
उड्दै गरेको देखिए
कोही रोक्किए
कोही छेक्किए
कोही थुनिए
कोही मृत सुनिए
कस्तो कस्तो
ठ्याकै
मेरो नेपाल जस्तो।
पढदै जादा
अध्यारो शहर
आतन्कित गाउँ
हल्लाको बस्ती
सङ्कोचित ठाउँ
कस्तो कस्तो
ठ्याक्कै मेरो नेपाल जस्तो।
हिडदै जादा
पानी पानी देखियो
न धारो न कुलो
न धुवा न चुलो
बासी भातको
डल्लोमा रमाएका नानीहरु
स्कूल छोडि छोडि
हसिया समाएका नानीहरु
कस्तो कस्तो
ठ्याक्कैमेरो नेपाल जस्तो।
चड्दै जादा
महङ्गीको शिखर
भोकमरीको पहाड
रोगब्यादको चुचुरो
कती अकालमा
कालको मुखमा परीरहे
कती बस्ती छोडि
अन्यत्र सरीरहेका
कस्तो कस्तो
ठ्याक्कै!
मेरो नेपाल जस्तो।
बड्दै जादा
डुबानको फाट
मक्किएको टाट
भाचीएको खाट
धुम्लिएको घाट
न दाना न खाना
कोही रोग्गिएको
कोही भोक्किएको
कस्तो कस्तो
ठ्याक्कै
मेरो नेपाल जस्तो।
उडदै जादा
युबाहरु
कोही अमेरिका
कोही क्यानडा
कोही कतार
सबै हत्तार
उड्दै गरेको देखिए
कोही रोक्किए
कोही छेक्किए
कोही थुनिए
कोही मृत सुनिए
कस्तो कस्तो
ठ्याकै
मेरो नेपाल जस्तो।
पढदै जादा
अध्यारो शहर
आतन्कित गाउँ
हल्लाको बस्ती
सङ्कोचित ठाउँ
कस्तो कस्तो
ठ्याक्कै मेरो नेपाल जस्तो।
फूटकर कबिता
हल्लै हल्लाको देश
हुट्टिट्याउले आकाश
खस्यो भनी थाम्न थाल्यो
बकुल्लाले खुट्टा
भिज्यो भनी छाम्न थाल्यो
बाघले बाख्रो देख्दा
हान्यो भनी काम्न थाल्यो
बाठो कागले कान
लग्यो भनी छाम्न थाल्यो
लाटो तातो पन्युले
सपना भनी डाम्न थाल्यो।
जो आए कानै चिरिएको
हुस्की र रम खाने
नेताहरुको पारा भयो
मलम्चिको पानी जस्तो
संबिधानको धारा भयो
जनताले तिरेको पैसा
सभासदलाई चारा भयो
जो आए कानै चिरिएको
फेरी उही नारा भयो
हुट्टिट्याउले आकाश
खस्यो भनी थाम्न थाल्यो
बकुल्लाले खुट्टा
भिज्यो भनी छाम्न थाल्यो
बाघले बाख्रो देख्दा
हान्यो भनी काम्न थाल्यो
बाठो कागले कान
लग्यो भनी छाम्न थाल्यो
लाटो तातो पन्युले
सपना भनी डाम्न थाल्यो।
जो आए कानै चिरिएको
हुस्की र रम खाने
नेताहरुको पारा भयो
मलम्चिको पानी जस्तो
संबिधानको धारा भयो
जनताले तिरेको पैसा
सभासदलाई चारा भयो
जो आए कानै चिरिएको
फेरी उही नारा भयो
Thursday, July 15, 2010
खै कहाँबाट
खै कहाँबाट हुलका हुल सलहहरु आए पसिना बगाएको बारीमा लह लहलाउदैको बाली डाठै नराखी खाए सत्या नासीहरु बाली,कुचो झै लाए। खै कहाँबाट बगालका बगाल झुसिली किराहरु आए मेहनेतले छरेको कलकलाउदो बाली पातै नछाडी खाए बजिया बिनासकारीहरु भोकमरी नै ल्याए। खै कहाँबाट बथानका बथान कौवाहरु आए खलबलाउदै शान्ती धमिलाउदै कान्ती काकाकुलता छाए भर्खर पाक्न थालेको बाली के कुरा रछानको भातकुकुरलाई नराखी खाए पापी अत्याचारीहरु ठुलो संकट नै ल्याए। आज मान्छे भोको हुँदा यी किराहरु यी चराहरु निस्फिक्री उग्राउन थाले मान्छेका बर्गशत्रु त अब यी पो हुन थाले।
Wednesday, July 14, 2010
धनको शक्ती(ब्यङ्ग्यबन्ध)
पन्डित बाजेले धन बहादुर नाम रखिदिएर के गर्ने?आफुलाई चाँही जहिले पनि धनको खाचो नै पर्ने।हुन त बिचरा बाहुन बाजेले जहिले एक रुपैयाको ढ्याक पाउने भएकाले यसो जुक्ती फुरएर नाम जुराए होलान।कतै धन बहादुर नामले गरी हाल्छ कि!आफ्नो दक्षिणा पनि बढी हाल्छ कि । त्यो कुरो उनैले जानुन।आफुलाई केही पारी आयो भने रिन पैचोमा नै टर्ने।बिचरा बाजेलाई के झर्ने।
मान्छेलाई धनको तोड अर्कै हुदोरैछ।खल्तिमा दुई चार दाम छ भने हिंड्ने गोडै अर्कै हुन्छ।अझ हाउ भाउको मोडै अर्कै हुदोरैछ।हुन पनि गाउँको नजिकै एकजना हुने खाने छन । यसो कहिले कही भेटघाट हुँदा बोलीको तोडै फरक हुन्छ।के तेरो खबर? छोरोले कलापारबाट कती दाम पठायो?धानको बिउ किनिस? यस्पाली त मल उधारो माग्न पनि आएनस नि?माहाभारतमा अर्जुनले हानेको जस्तो प्रश्नबाणहरु हाने पछी कुन चाँही प्रश्नको उत्तर दिने भनी भेउ नै पाइएन। चुप लागेर सुन्नु भन्दा अरु गल्फत्ती पनि लाइएन। धनको शक्ती राम्रै भएको जस्तो यो मनलाई लाग्यो।
एक दिन यो मनलाई एक छिनलाई भए पनि धनी हुने जङ्ग जाग्यो।चुरोटको भन्दा नि बडी तलतल मन लाग्यो। मन रोक्दा झन भाग्यो।साच्यै यो धनको शक्ती कस्तो हुन्छ,कसरी आउछ शक्ती? तलतल नै जाग्यो।दसैं हजार भए पनि ऋन कारेर खल्ती हाल्नु पर्यो। शहर तिर जानु पर्यो भनी तिनै बुढासँग दश हजर चर्को ब्याजमा भए पनि लिएर खल्तीमा हाले। एक दुई दिनलाई न हो,यत्रैसित जे परे पर्ला!ब्याजै तिर्ला। छोरो हो के डर्ला।साचै नै गाठे! खल्तीमा गाठ हाले पछी हिडाइको तोडै अर्को,बोलाईको मोडै चर्को?जस्लाई भेटे पनि मुखबाट फुत्त आँफै अइहाल्ने। "के छ कान्छा हालिस खेतमा?छोरो लाहुर पठाइस?"उसले हिजो मैले लाउने अनुहार लाउदै बल्ल बल्ल बोली फोर्यो।"के गर्ने काका,छोरो आज नै जान्छु भन्दै छ। पैसा जुटाउन सकेन।" मैले इजारबाट हजारको नोट निकाल्दै भने,"ल यो एक हजार,आज नै पठा छोरोलाई। म छउन्जेल के सुर्ता गर्छस?"आज मलाई धेरैले भने,"के हो दाई,तपाइ त आज निकै फुर्ती फार्तिको देखिनु हुन्छ?" यो सुन्दा बडो आनन्द पनि आउदो रहेछ। त्यसैले होला धनीको मुखै उज्यालो। खुशीले कती सहयोग गरियो थाहानै भएन।कतिलाई मिठाइ ख्वाइयो ,कत्तिलाई चिसो पिलाइयो,बातै भएन।बजार पनि कस्तो महङ्गो गाठे!एक दिन धनी बन्दा त टिक्न गार्हो भयो भने ती धनी मान्छे कसरी टिकेका हुलान?उनिहरु झन दिनहु खाएकै छन। भुडो पनि लाएकै छन।साझ परे पछी पेटले भोग लागेको भनी सन्केत गरे थाहा भयो कि दिन भरी ख्वाउदा ख्वाउदा अफुले खानै बिर्सिएछ। आज दिन पनि के एक्लै खानु,खाए पनि दुइचारसँ पो खानु जस्तो लाग्यो। यता उता आँखालाई घुमाए। यो देशमा खुवाउने कमी होला तर खाने के कमी।ख्वाउने जस्तो माने पछी दुइ चार के?एक हुल नै आउने देखे पछी घुस ख्वाएको जस्तो खुसुक्क दुई चार जनालाई लिएर एउटा गोप्पे स्थान तिर लागियो। खादा खादा कती खाइयो खाइयो।जोसमा क्याबिन देखी डान्ससम्म गइयो।पहिले साथीसँग दुइचार बात लाइयो। हुँदा हुँदा दुइचार हात पनि लाइयो ,त्यसपछी के हुनु थियो र!आँफैले पनि दुइचार लात खाइयो। बिहान नसा छोड्दा,थुक्क!आफुलाई त थानामा पो पाइयो।हिजोको फुर्ती अस्ती थुकेको सुर्ती जस्तो भइसकेकोरहेछ। खल्ती हेर्दा सुको छैन। बल्ल बल्ल पोलिसलाई हातपाउ जोडेर अफु त सोजो मान्छे हजुर धनले बाउलाउछ भन्थे,साचै म बौलाए हुजुर, भनेर बेलीबिस्तार लगाए पछी,उसले हकार्दै भन्यो "बोकाको बुखमा कुबिन्डो भने यही हो ,ल थाहा छैन?ल बहिर आइज,ल घरतिर फर्के, भनेर ढाडमा त्यो भैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थलै परे। बल्ल थाहा पाए धनको शक्ती कस्तो हुदो रहेछ। ैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थालै परे। बल्ल थाहा पए धनको शक्ती कस्तो हुदो रहेछ।
मान्छेलाई धनको तोड अर्कै हुदोरैछ।खल्तिमा दुई चार दाम छ भने हिंड्ने गोडै अर्कै हुन्छ।अझ हाउ भाउको मोडै अर्कै हुदोरैछ।हुन पनि गाउँको नजिकै एकजना हुने खाने छन । यसो कहिले कही भेटघाट हुँदा बोलीको तोडै फरक हुन्छ।के तेरो खबर? छोरोले कलापारबाट कती दाम पठायो?धानको बिउ किनिस? यस्पाली त मल उधारो माग्न पनि आएनस नि?माहाभारतमा अर्जुनले हानेको जस्तो प्रश्नबाणहरु हाने पछी कुन चाँही प्रश्नको उत्तर दिने भनी भेउ नै पाइएन। चुप लागेर सुन्नु भन्दा अरु गल्फत्ती पनि लाइएन। धनको शक्ती राम्रै भएको जस्तो यो मनलाई लाग्यो।
एक दिन यो मनलाई एक छिनलाई भए पनि धनी हुने जङ्ग जाग्यो।चुरोटको भन्दा नि बडी तलतल मन लाग्यो। मन रोक्दा झन भाग्यो।साच्यै यो धनको शक्ती कस्तो हुन्छ,कसरी आउछ शक्ती? तलतल नै जाग्यो।दसैं हजार भए पनि ऋन कारेर खल्ती हाल्नु पर्यो। शहर तिर जानु पर्यो भनी तिनै बुढासँग दश हजर चर्को ब्याजमा भए पनि लिएर खल्तीमा हाले। एक दुई दिनलाई न हो,यत्रैसित जे परे पर्ला!ब्याजै तिर्ला। छोरो हो के डर्ला।साचै नै गाठे! खल्तीमा गाठ हाले पछी हिडाइको तोडै अर्को,बोलाईको मोडै चर्को?जस्लाई भेटे पनि मुखबाट फुत्त आँफै अइहाल्ने। "के छ कान्छा हालिस खेतमा?छोरो लाहुर पठाइस?"उसले हिजो मैले लाउने अनुहार लाउदै बल्ल बल्ल बोली फोर्यो।"के गर्ने काका,छोरो आज नै जान्छु भन्दै छ। पैसा जुटाउन सकेन।" मैले इजारबाट हजारको नोट निकाल्दै भने,"ल यो एक हजार,आज नै पठा छोरोलाई। म छउन्जेल के सुर्ता गर्छस?"आज मलाई धेरैले भने,"के हो दाई,तपाइ त आज निकै फुर्ती फार्तिको देखिनु हुन्छ?" यो सुन्दा बडो आनन्द पनि आउदो रहेछ। त्यसैले होला धनीको मुखै उज्यालो। खुशीले कती सहयोग गरियो थाहानै भएन।कतिलाई मिठाइ ख्वाइयो ,कत्तिलाई चिसो पिलाइयो,बातै भएन।बजार पनि कस्तो महङ्गो गाठे!एक दिन धनी बन्दा त टिक्न गार्हो भयो भने ती धनी मान्छे कसरी टिकेका हुलान?उनिहरु झन दिनहु खाएकै छन। भुडो पनि लाएकै छन।साझ परे पछी पेटले भोग लागेको भनी सन्केत गरे थाहा भयो कि दिन भरी ख्वाउदा ख्वाउदा अफुले खानै बिर्सिएछ। आज दिन पनि के एक्लै खानु,खाए पनि दुइचारसँ पो खानु जस्तो लाग्यो। यता उता आँखालाई घुमाए। यो देशमा खुवाउने कमी होला तर खाने के कमी।ख्वाउने जस्तो माने पछी दुइ चार के?एक हुल नै आउने देखे पछी घुस ख्वाएको जस्तो खुसुक्क दुई चार जनालाई लिएर एउटा गोप्पे स्थान तिर लागियो। खादा खादा कती खाइयो खाइयो।जोसमा क्याबिन देखी डान्ससम्म गइयो।पहिले साथीसँग दुइचार बात लाइयो। हुँदा हुँदा दुइचार हात पनि लाइयो ,त्यसपछी के हुनु थियो र!आँफैले पनि दुइचार लात खाइयो। बिहान नसा छोड्दा,थुक्क!आफुलाई त थानामा पो पाइयो।हिजोको फुर्ती अस्ती थुकेको सुर्ती जस्तो भइसकेकोरहेछ। खल्ती हेर्दा सुको छैन। बल्ल बल्ल पोलिसलाई हातपाउ जोडेर अफु त सोजो मान्छे हजुर धनले बाउलाउछ भन्थे,साचै म बौलाए हुजुर, भनेर बेलीबिस्तार लगाए पछी,उसले हकार्दै भन्यो "बोकाको बुखमा कुबिन्डो भने यही हो ,ल थाहा छैन?ल बहिर आइज,ल घरतिर फर्के, भनेर ढाडमा त्यो भैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थलै परे। बल्ल थाहा पाए धनको शक्ती कस्तो हुदो रहेछ। ैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थालै परे। बल्ल थाहा पए धनको शक्ती कस्तो हुदो रहेछ।
पार्टी बिक्रिमा छ(ब्यङ्ग्यबन्ध )
राणाहरुले मानीसहरु बस्ने पार्टी पौवा बनाए। त्यही पौवा पार्टिमा बसेर अग्रजले हाम्रो पार्टी बनाए।जाहानिया शासन देखी शाहनिया शासनसम्म खरो र दरो पाराले उत्रेको अहिले झुत्रे भए पनि ब्रान्ड पुरानो छ।हुने खानेलाई लुटे पनि,अहिलेको जस्तो जनतालाई निचुर्ने ,भकुर्ने लुते थिएन।त्यो बेला हाम्रो पार्टिले सरकार बनाए पनि,पदको लागि गह्नाए पनि, नाताबाद,क्रिपाबाद,भ्रष्टचारबाद,कुनै बाद्को ब सम्म जनाएको थिएन। त्यो बेला मन्त्री बने पछी ख्याउटे ख्याउटेनै हुन्थ्यो। अहिले जस्तो ख्याउटे छेरेर भुडे भ्यागुते हुने,साउनमा हलो जोती टुटेको गोरु भदौमा हरियो परियो खाएर चिल्लो चपिलो भए हुँदैनथे।अहिलेको जस्तो ,लुरे पनि सरकार गए पछी भुरे हुने बैज्ञानीक कुरोको चुरो हाम्रो पार्टी थाहा नै थिएन। तपाईंलाई के ढाट्नु, कुनै जमनामा ठुलै हाइ फाइ गरेको हाम्रो पार्टिलाई जनताले बाइ बाइ गरे पछी कतीले नेटो काटे ,कतिले पार्टी साटे। कतीले माया मारे। बचेँकाले गुट,उपगुट बनाएर बज्याहरु चुनाबै हारे।पार्टिलाई पनि नाशै पारे। कसैले राम्रो पार्टिमा राम्रो पद नपाएर छाडेको स्वाङ पारे। पछी अर्को पार्टी खोलेर माउ पार्टिको ठुलै भ्वाङ पारे।सट्टा बाजीमा ठुलै रकम झ्वाम पारे। हुन त थोत्रिएको, झुत्रिएको ,सेलाएको पार्टी भए पनि,भेल आएको पार्टिलाई एक जना बाम नेता श्रीपेछ खोलेर मैदानमा उत्रिन चर्को निम्तो दिए झै ,हाम्रो पार्टी पनि, लाज पचाएर देशको कै नबचाएका नेताहरुलाई, कट्टु खोलेर मैदान आउन अर्को निम्तो दिन्छ। त्यस पछी थाहा पाइन्छ पनि कस्ले आफ्नो बाउको बिहे देख्छ। अहिले बार्ह सत्ताइस देखी चार सय बीस,दुइ नम्बरी देखी दश नम्बरीसम्मका नेता भएका पर्टिसँग जुध्ने फन्दा पर्नु भन्दा यसलाई बेच्नु नै बेस।यो नेया परमपराको थालनी हाम्रो पार्टी गरियो दियो भने अन्य पर्टिलाई झन सजिलो। हुन त अहिले अघोसित रुपमा कती पर्टी बेचिएकै जस्तै बाहय लगानीमा चली रखेका छन। अब आयो पर्टी बेच्न मिल्ने कि नमिल्ने कुरो। बिधालय देखी माहा बिधालयसम्म,क्लिनिक देखी अस्पातलसम्म, भट्टी देखी छोट्टीसम्म किनबेच हुने ठाउमा पार्टी बेच्नु कुन ठुलो महाभारत!गाई काटे पाप लाग्ला,तपाइलाई ढाटे बात लाग्ला,जनता जनाधर नभए पनि पुरानो ब्रान्डको पार्टी हो। कुरो बताइ दिहालु। बुढो पार्टी भए पनि,यो बाख्राको पाठी हो। हरीयो घासपात हालेर हरीमुस्ले बोकाहरु हुल्यो भने हलक्क बढेर ढलक ढलक हिंड्न थाल्छ। ठुला पर्टीसँग भिड्न थाल्छ। धरोधर्म,हेर्दाइ हेर्दै तपाईं मन्त्री बन्न पाउनुहुन्छ। अब रहो किने कुरो। छ भने क्यासमा हुन्छ। छैन भने बाउन्स नहुने चेकमा पनि हुन्छ। त्यो पनि छैन नेपाल सरकारले नमाने पनि,कानुनले अबैद्द ठाने पनि ,सबैले स्वोयम सिद्द तथ्य जानेको कुरा बेस्कन चन्दा उठाउनुस। नमाने डन्डा उठाउनुस। बाटे ब्यापारी देखी गाठे ब्यापारीहरुलाई अनेक फन्दा लाउनुस। यो पनि सकिदैन भने यसो पार्टीतिर छिर्नु होला। उधारो भयो,पछी किस्ता बन्दिमा तिर्नु होला। जय काउकुती।
Monday, July 12, 2010
कुरो जमानाको
जेठी
लामो लामो कपालमा
रातो कालो रङ लाउछे
फुर्के चुल्ठोमा
कहिले काही माइत आउछे
साडी छोडि कुर्ताहरु लाउछे
नेपाली भन्दा
हिन्दी धेरै गाउछे
कुरो जमानाको
छोरी कल्पनाको।
माइली
कालो कपालमा
रातो हरियो लाउछे
कुर्ता छोडि
प्यान्टहरु लाउछे
हिन्दी भन्दा
अङग्रेजी धेरै गाउछे
साइबर क्याफे धाउछे
ईमेल च्याट गर्न भ्याउछे
कुरो जमानाको
छोरी भावनाको।
साइली
त्यो बुच्चे कपाललाई
रङ्गी बिरङ्गी बनाउछे
प्यान्ट छोडि
हल्फ्प्यान्ट र
मिनी स्कर्टहरु लाउछे
अङग्रेजी पपहरु गाउछे
हातमा सधैं मोबाइल समाउछे
कहिले काही घरैमा
बोय फ्रेन्ड नि ल्याउछे
कुरो जमानाको
छोरी तमन्नाको।
कान्छी
कहिले फाटेको
कहिले काटेको
कहिली टालेको
टालो हालेको
फेरी फेरी लुगा लाउछे
कानमा तर्ल्याङ्ग तुर्लुङ्ग
घाटिमा झर्ल्याङ्ग झुर्लुङ्ग
खै के के लाउछे
बुझनै गार्हो हुने
रयाप र झ्याप गाउछे
कहिले आउछे
कहिले हराउछे
कहिले मध्यपान गरेर
मध्यरात आउछे
बोय फ्रेन्ड पनि
एउटा छोडि अर्को समाउछे
कुरो जमनाको
छोरी लफन्नाको।
लामो लामो कपालमा
रातो कालो रङ लाउछे
फुर्के चुल्ठोमा
कहिले काही माइत आउछे
साडी छोडि कुर्ताहरु लाउछे
नेपाली भन्दा
हिन्दी धेरै गाउछे
कुरो जमानाको
छोरी कल्पनाको।
माइली
कालो कपालमा
रातो हरियो लाउछे
कुर्ता छोडि
प्यान्टहरु लाउछे
हिन्दी भन्दा
अङग्रेजी धेरै गाउछे
साइबर क्याफे धाउछे
ईमेल च्याट गर्न भ्याउछे
कुरो जमानाको
छोरी भावनाको।
साइली
त्यो बुच्चे कपाललाई
रङ्गी बिरङ्गी बनाउछे
प्यान्ट छोडि
हल्फ्प्यान्ट र
मिनी स्कर्टहरु लाउछे
अङग्रेजी पपहरु गाउछे
हातमा सधैं मोबाइल समाउछे
कहिले काही घरैमा
बोय फ्रेन्ड नि ल्याउछे
कुरो जमानाको
छोरी तमन्नाको।
कान्छी
कहिले फाटेको
कहिले काटेको
कहिली टालेको
टालो हालेको
फेरी फेरी लुगा लाउछे
कानमा तर्ल्याङ्ग तुर्लुङ्ग
घाटिमा झर्ल्याङ्ग झुर्लुङ्ग
खै के के लाउछे
बुझनै गार्हो हुने
रयाप र झ्याप गाउछे
कहिले आउछे
कहिले हराउछे
कहिले मध्यपान गरेर
मध्यरात आउछे
बोय फ्रेन्ड पनि
एउटा छोडि अर्को समाउछे
कुरो जमनाको
छोरी लफन्नाको।
Sunday, July 11, 2010
कस्तो शहराँ आइयो
कलम जीबी बनी
काठमा कलम चलाऊन
कान्तिपुरि आइयो
सानो सस्तो बास खोज्न
घरै पिछे धाइयो
घरै घरको शहरमा
कती धेरै मान्छे !
सुन झै खोज्दा पनि
जाबो कोठै नपाउने
पाइ हाल्यो भने पनि
कतै घामै नआउने
कतै पानी नआउने
आइहाल्यो भने पनि
जल होइन
फलै आउने
ढलै आउने
कस्तो पानी खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
अझ रमाइलो कुरो
कोठा खोज्दा
कतै श्रीमती चाहिने
कतै बिहे नगरेको भए पाइने
आफु त बिहे गरेको
श्रीमती पनि नलिएको परियो
सिदा मान्छे,सिधै कुरा गरियो
खानु ठक्कर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
एक त लोडशेडिङ
मध्य रातमा लेख्न बस्दा
"बत्ती निभाउ है!"
घरपट्टिको आदेस पाइयो
महङ्गिले ख्वात्तै खाएछ शहरलाई
बजार भाउ बुझेर
घरकै दाल भात सम्झी
खोले मोले खाइयो
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कतै जानलाई गाडी चढ्दा
कोही मुन्टेएका
कोही झुन्डेएका
कोही गुन्टेएका
गुन्द्रुक झै खादिएका
बस,टेम्पो पाइयो
यती धेरै गाडीघोडा
कती बिध्न मान्छे !
चडदा गाडीमा
खानु घचेट खाइयो
एउटा गजब कुरा
हजुरबा पनि
बिद्यार्थी छुट चहियो
अफुले त
पाउनु सास्ती पाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कमल चलाऊदै
कहिले टुडिखेल
कहिले धुलिखेल धाइयो
धुम्रपान निशेध लखिएको गाडीमा
धुलो धुवा क्या खाइयो
भोक लागेको झोकमा,
बाजेको पिन्ड जस्तो
मम दुई चार प्लेटै लाइयो ,
कतै केही पाईन्छ भनी
कहिले प्रतिष्ठान
कहिले प्राज्ञिकस्थान
सातौ फेरा लाइयो
न कतै छाइयो
न कतै कै पाइयो
नेपाली बोल्ने ठाम्रे पनि
बोल्न नसक्ने चाम्रे पनि
प्राज्ञिक भएको पो पाइयो!
अफुले त यहाँ
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।

काठमा कलम चलाऊन
कान्तिपुरि आइयो
सानो सस्तो बास खोज्न
घरै पिछे धाइयो
घरै घरको शहरमा
कती धेरै मान्छे !
सुन झै खोज्दा पनि
जाबो कोठै नपाउने
पाइ हाल्यो भने पनि
कतै घामै नआउने
कतै पानी नआउने
आइहाल्यो भने पनि
जल होइन
फलै आउने
ढलै आउने
कस्तो पानी खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
अझ रमाइलो कुरो
कोठा खोज्दा
कतै श्रीमती चाहिने
कतै बिहे नगरेको भए पाइने
आफु त बिहे गरेको
श्रीमती पनि नलिएको परियो
सिदा मान्छे,सिधै कुरा गरियो
खानु ठक्कर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
एक त लोडशेडिङ
मध्य रातमा लेख्न बस्दा
"बत्ती निभाउ है!"
घरपट्टिको आदेस पाइयो
महङ्गिले ख्वात्तै खाएछ शहरलाई
बजार भाउ बुझेर
घरकै दाल भात सम्झी
खोले मोले खाइयो
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कतै जानलाई गाडी चढ्दा
कोही मुन्टेएका
कोही झुन्डेएका
कोही गुन्टेएका
गुन्द्रुक झै खादिएका
बस,टेम्पो पाइयो
यती धेरै गाडीघोडा
कती बिध्न मान्छे !
चडदा गाडीमा
खानु घचेट खाइयो
एउटा गजब कुरा
हजुरबा पनि
बिद्यार्थी छुट चहियो
अफुले त
पाउनु सास्ती पाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कमल चलाऊदै
कहिले टुडिखेल
कहिले धुलिखेल धाइयो
धुम्रपान निशेध लखिएको गाडीमा
धुलो धुवा क्या खाइयो
भोक लागेको झोकमा,
बाजेको पिन्ड जस्तो
मम दुई चार प्लेटै लाइयो ,
कतै केही पाईन्छ भनी
कहिले प्रतिष्ठान
कहिले प्राज्ञिकस्थान
सातौ फेरा लाइयो
न कतै छाइयो
न कतै कै पाइयो
नेपाली बोल्ने ठाम्रे पनि
बोल्न नसक्ने चाम्रे पनि
प्राज्ञिक भएको पो पाइयो!
अफुले त यहाँ
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।

- Mabi Singh Bhanu bakta jayanti ko oopalkasya ma Bhanu Bhaktako "alakapuri kantipuri nagari" ra tapai ko byangya - gajjab ramailo bho !
- Prem Oli thank mabiji,shirisji,gauriji,us
haji and others friends for comments. - Tul Bahadur Gurung Wow, prem sir, sasaskta sabda harudwara yathartha kuraharu buniyeka yo article nikainai mitho lagyo, cheeeeerrss sir.
- Maiya Khadka · Friends with Binod Neupane and 15 otherssarai athath parak kabitale ramaelo ka sath sath kathmanduko durdasa ni dekhayo.6amata ra yogyata bihin man6eharuko hatma karlay ra yojanaharu gaye pa6i deshko mutu ktm ko durdasha ta testai hune bho ni.dhanyabaad mitho kabitaka lagi.
- Narayan Gaunle छोडिसकेको सहर हुनाले सम्झेरै मज्जा लिनुपर्यो, तैपनि 'फुलस्केल'मै आनन्द उठाउँदै छु ।
- Ck Chamling Rai Saharko asali rupako kairan tatha ethartha chitran desh , kal ,paristhiti anurup sakkal anusar nakkal thik chha bhani dastakhat nai garnu bhae jasto jiwanta lagyo oli jee kavita.shabda bunera bhane jasto butta bharna saknu yahaako bisheshta jagajaher chha,yo kavita pani tyas maddhya euta gatilo namuna ho.shabda bunna sakne kshamatako bejod shiplai mukta kanthale prasamsa gare.
- Bishnu Pulami ''साँचो बोल नराख पाप मनमा दया दुखीको गर
मान्न पर्ने मानिसलाई मानर सके मिल्ला सँधै आदर''
नमस्कार हुजर लाजवाफ ....सलाम सलाम सलाम .....NO COMMENT.... - Naresh Bhandari Ho lekhani haru lai nepal maa kasli po..hi gar6 ra..!? ..euta singo
yetharatha lai sunder sabda haru ko mala banaunu vako 6. sambandhit nekaye le sochnu pr6...!sarkar le nii bhasa ko lagi lagaani badaunu par6.....prem je malai hajur kaa rachana haru padni baani vaisako...12 July 2010 at 16:38 via Mobile · - Jagadish Thapaliya Dherai Ramro Chha Sir Lekhnus Nathakikana Dheraile Man Parai Sakeka Chhan Chini pani sakeka chhan yo Artist Lai thank you sir Yethartha Badi Kura Lai Byangye Bata Prastut Gari Dinu Bhayeko Ma
- Rajan Barakoti Om Sir Bhanu jayanti ko pawan awasarma byangya marfat kantipuri nagari ko dukheso pokhidinu bhayeko ma dherai dherai dhanyabad....
- Bipul P Simpaly badhai 6 sarai ramilo bange banla entertrainment dinu bhayeko ma ..
- Acharya Sajal साह्रै कुरूप पो छ त सहर गाँठे ... जस्ताको तस्तै लेख्नु भएछ साधुवाद !13 July 2010 at 03:16 via Mobile ·
- Shreeram Gautam कस्तो यथार्थाता ! यो पटकको गाइजात्रेमा तपाइको अभिनय र कला हेर्न र सुन्न पाइयोस् प्रेम जी । शुभकामना !
कविका कुरा
कोलाहल त्यो सुने पछी
लेख्न गर्हो भयो
कोलाहाललाई कानले थुने पछी
टिक्न झन सर्हो भयो
बुढी गनगनाउछ सधैं
तिमीसँग बिहे गरी के पाइयो
झोकमा झोक्किए म पनि
बिस बर्षे छोरो पाइयो
सोर्ह बर्षे छोरी पाइयो
के बार्ह छोरा तेर्ह नाती चाहियो?
छोरो मागको घारो तेर्साउछ
एउटा भटभटे चाहियो
छोरी गुनासो गर्छे
न मिठो खाइयो न राम्रो लाइयो
बुढी घाउमा नून थप्छे
सुनका कुरा गर्दा सुन्दै न सुन्ने
केही भन्यो कानै त्यो थुन्ने
आफ्नो त सुद्दी बिग्रिएछ
यस्ता कबिसँग पो आइयो
रिसले कन्छ्ट तात्तियो
मुख रापले रात्तियो
कबी भन्दा कबिता फ्यान भइयो
कबितामै मायाप्रिती लाइयो
तिमी कबी म कबिता भनी
सयौ कसम खाइयो
भैंसीले दुध दिन्छ
कुखराले दिन्छ चल्ला
कबिले कबिता दिएकै छु
यो भन्दा तिमीलाई के चाहियो?
लेख्न गर्हो भयो
कोलाहाललाई कानले थुने पछी
टिक्न झन सर्हो भयो
बुढी गनगनाउछ सधैं
तिमीसँग बिहे गरी के पाइयो
झोकमा झोक्किए म पनि
बिस बर्षे छोरो पाइयो
सोर्ह बर्षे छोरी पाइयो
के बार्ह छोरा तेर्ह नाती चाहियो?
छोरो मागको घारो तेर्साउछ
एउटा भटभटे चाहियो
छोरी गुनासो गर्छे
न मिठो खाइयो न राम्रो लाइयो
बुढी घाउमा नून थप्छे
सुनका कुरा गर्दा सुन्दै न सुन्ने
केही भन्यो कानै त्यो थुन्ने
आफ्नो त सुद्दी बिग्रिएछ
यस्ता कबिसँग पो आइयो
रिसले कन्छ्ट तात्तियो
मुख रापले रात्तियो
कबी भन्दा कबिता फ्यान भइयो
कबितामै मायाप्रिती लाइयो
तिमी कबी म कबिता भनी
सयौ कसम खाइयो
भैंसीले दुध दिन्छ
कुखराले दिन्छ चल्ला
कबिले कबिता दिएकै छु
यो भन्दा तिमीलाई के चाहियो?
Saturday, July 10, 2010
मान्छे र रक्सी
रक्सी र मान्छेको नाता
मान्छे र रक्सिको गाथा
एउटा लामो कथा छ
कहिले देखी, अथाहा छ
हेर्दा छेमेकी राष्ट्र जस्ता मित्र
तर छ शित युद्द भित्र भित्र
मान्छे सके रक्सी खान्छ
रक्सी सके मान्छे खान्छ
मान्छेले कती रक्सी खायो
रक्सिले कती मान्छे खायो
न कसैले भन्छ
न कसैले गन्छ
हो कसैले यसलाई
घृणाले छ्या भन्छ
तर यही रक्सी सँगै
ठुला योजना
ठुला सेमिनार
हुनै नसक्ने काम बन्छ,
कोही यसलाई पिउदा
आफुलाई बहादुर ठान्छ
तर के थाहा उस्लाई
रक्सीले कसरी उस्को
तन,मन ,धन
कुटु कुटु खान्छ
घरबार र घरबारी
सिटु सुटु लान्छ
एउटा खाएर बिग्रने
अर्को खाएर बन्छ
यसमा मान्छे
मान्छेलाई हराएर दङ्गछ,
मान्छेबाट मान्छे हराइदा
रक्सी झन रम छ
आदिम काल देखी
मान्छे र रक्सीको बिच
गजबको सितकलिन जङ्ग छ।
मान्छे र रक्सिको गाथा
एउटा लामो कथा छ
कहिले देखी, अथाहा छ
हेर्दा छेमेकी राष्ट्र जस्ता मित्र
तर छ शित युद्द भित्र भित्र
मान्छे सके रक्सी खान्छ
रक्सी सके मान्छे खान्छ
मान्छेले कती रक्सी खायो
रक्सिले कती मान्छे खायो
न कसैले भन्छ
न कसैले गन्छ
हो कसैले यसलाई
घृणाले छ्या भन्छ
तर यही रक्सी सँगै
ठुला योजना
ठुला सेमिनार
हुनै नसक्ने काम बन्छ,
कोही यसलाई पिउदा
आफुलाई बहादुर ठान्छ
तर के थाहा उस्लाई
रक्सीले कसरी उस्को
तन,मन ,धन
कुटु कुटु खान्छ
घरबार र घरबारी
सिटु सुटु लान्छ
एउटा खाएर बिग्रने
अर्को खाएर बन्छ
यसमा मान्छे
मान्छेलाई हराएर दङ्गछ,
मान्छेबाट मान्छे हराइदा
रक्सी झन रम छ
आदिम काल देखी
मान्छे र रक्सीको बिच
गजबको सितकलिन जङ्ग छ।
रङ्ग
जब जवानीमा रङ्ग पर्छ
तरुन,तपसी,सबले हेर्छ
फुलले हजारौ भमरा खेर्छ
जब जवानीको रङ्ग झर्छ
न भमराले हेर्छ
न कसैले टेर्छ।
जब धनको रङ्ग चढछ
जो कोही घोडा चढछ
जो पनि गोडा पर्छ
धनको रङ्ग घटे पछी
न घोडाले हेर्छ
न छोराले टेर्छ।
जब राजनीतिको रङ्ग बढ्छ
साथमा सत्ता
हातमा पत्ता पर्छ
सबको सब डर्छ
कार्यकर्ता छेउ सर्छ
तर रङ्ग उडे पछी
कार्यकर्ता पार्टी फेर्छ
न कसैले टेर्छ।
जब शक्तिको रङग चढछ
भक्तहरु भक्तिले मर्छ
दुनियाँ सब डर्छ
स्वोर्ग यही झर्छ
तर शक्ती ढले पछी
भक्तले खोला तर्छ
देखे पनि नदेखे झै गर्छ
तरुन,तपसी,सबले हेर्छ
फुलले हजारौ भमरा खेर्छ
जब जवानीको रङ्ग झर्छ
न भमराले हेर्छ
न कसैले टेर्छ।
जब धनको रङ्ग चढछ
जो कोही घोडा चढछ
जो पनि गोडा पर्छ
धनको रङ्ग घटे पछी
न घोडाले हेर्छ
न छोराले टेर्छ।
जब राजनीतिको रङ्ग बढ्छ
साथमा सत्ता
हातमा पत्ता पर्छ
सबको सब डर्छ
कार्यकर्ता छेउ सर्छ
तर रङ्ग उडे पछी
कार्यकर्ता पार्टी फेर्छ
न कसैले टेर्छ।
जब शक्तिको रङग चढछ
भक्तहरु भक्तिले मर्छ
दुनियाँ सब डर्छ
स्वोर्ग यही झर्छ
तर शक्ती ढले पछी
भक्तले खोला तर्छ
देखे पनि नदेखे झै गर्छ
Wednesday, July 7, 2010
भैंसीको कुरा (ब्यङ्गेबन्ध)
भैंसी ब्याउला ,बेखुती खाउला । दुध दहिबाट बन्ने सबै चिज बनाउला। बेचेर दुई चार दाम पनि कमाउला।उस्तै परे छोरालाई डाक्टर ,छोरीलाई मास्टर पनि, यै भैंसीबाट बनाउला भनी दुइ बर्ष पहिले एक जना गन्ने मान्ने सबैले जान्ने साउको घरबाट ठुलै कसरत गरेर ,बाले राख्न दिएको नासो फिर्ता लीए जस्तै गरी खनखनी दाम गनेर ल्याएको थिए।यसै ऋन उसै ऋन बुढी भैंसी किन भने झै ,भैसी हेरचाह गर्ने भनी दुब्ले,पात्ले,सुखुट्टे देखी लुडे भुडे भगभगे सम्म राखियो। कोही काम चोर,कोही दाम चोर,कोही नाम चोर,कोही हराम खोर भेटिए। भैंसी नै बेचेर खाइदेलान भन्ने पिरले मागेर ल्याएको दुधको खिर पनि मिठो लागेन। एक दिन एउटा खाइलाग्दो ,आइलाग्दो,जाइलाग्दो बल्ले बाङ्गो भुसतिघ्रे आफ्नै भाईलाग्दो जस्तो, पाइलाग्दो गरी भैंसी गोठालो बन्न आयो।जे कुरोमा पनि बल नै लाउन खोज्ने बल बहादुर कुरा सुन्दा मिठा लाग्ने भएकाले लौत भनिदिए। आफ्नै अगाडि भैंसी बाली लागे पनि बजिया थारो नब्याउदा रिस ताप्केको पानी जस्तै उम्लेर पोखिदा ,दुई चार चिर्पट भैंसी माथि ठोकिदा र गोठालोलाई मुख भरी तथा नामले खोकिदा दुई चार दिन दुबैले मुखमा माड हालेनन।कतै तिघ्रेले रास्ट्रपतीको नक्कल गरेर भैंसी माथि सवार गर्दा भैंसी तुहिने त गरेन।एक्लो हुँदा यै कुराले बढी गम खाएको छ,बरु रक्सी,चुरट ,खैनीले शरीर कम खाएको छ। यो गोठालो कम्ती मापाको रहेनछ ब!आफ्नै बारीको घास खुवाछु। हल्का फुल्का खुइलिएको भैंसी पालन पोशन गरेर नयाँ नेपाल जस्तै चिल्लो पिरो पारेर टिलिक्क बनाइ दिन्छु भनेर सफथ नै खाएको लल्ठुरामले भैंसीलाई ख्याउटे,लेखौटे,जुम्रे ,झुम्रे पारी झन्नै सुकुटी बनाएर झ्याम्कुटी पार्ला जस्तो गर्यो।पाटे अल्छि हो कि बाठे गल्छी हो आफ्नै बारीमा घास हुदा हुँदै छेमिकिको बारी बाटबाट आयात गर्ने बजियाको नियतमा नै शङ्का लागेर मनको ड्ङ्का बज्यो।न बल लाग्ने, न मल लाग्ने घासले भैंसीको ज्यान जिर्न परेर गोठालोको तलब तिर्न गार्हो पर्ला जस्तो भईसक्यो।हुँदा हुँदा कहिले घुर्की लगाएर ,कहिले भैंसीलाई सुर्की लगाएर ,चाहे पाल ,चाहे फाल ,तिम्रो भैंसीलाई तिमी नै घास हाल ,भन्न थालेकोछ। म पनि के कम हुने,पाखुरामा दम हुने परे पछी। काले गए गोरे आउछ,खुट्टा भए जुत्ता पाउछ। सास रहे सम्म् आस हुन्छ भने झै अर्को गोठालो आयो भने,राम्रो स्याहार पायो भने भैंसी अबश्य ब्याउछ।अन्तमा जन्तमा भेट भएको साईनो भए पनि बिखुती लागि निम्तो गर्दछु। जय काउकुती।
Tuesday, July 6, 2010
आफ्नो बिहे
आमाको ताक एकातिर
बाउको रवाफ अर्कोतिर
सहमति खोज्दा खोज्दै
आफ्नो बिहे
आफ्नै देश जस्तै
अनिर्णयको बन्दी भयो
घरको चहल पहल
हिजो भन्दा मन्दी भयो।
ससुराले छोरी दिएकै छन
आमाको बुहारी कजाउने
बाउको दाईजो कमाउने
आफ्नै देशको नेता जस्तो
दाउ दाउले
विवाहलाई घेराबन्दी भयो
घर झन दुर्घन्दी भयो।
हिमाल जस्ती हसिली
पहाड जस्ती फरासिली
तराइ जस्ती फराकिली
नव बधु दिएकै छन
जन्ती लिएर जाने बेला
दाइको एउटा स्वार्थ
भाईको अर्को स्वार्थ
आफ्नै देशको महाभारत जस्तो
मेरो विवाह
स्वार्थै स्वार्थको बन्दी भयो
आफ्नै घर छि भन्दी भयो।
माइत जुरे पनि
साइत फुरे पनि
दिदिको खुट्टा मलाउने
बैनीको काम दलाउने
सबको आफ्नो चातुर्यको
आफ्नै देशको कैके जस्तो
हानथाप र तनातानमा
आफ्नो बिहे बन्दी भयो
सुख शान्ती पनि मन्दी भयो।
बाउको रवाफ अर्कोतिर
सहमति खोज्दा खोज्दै
आफ्नो बिहे
आफ्नै देश जस्तै
अनिर्णयको बन्दी भयो
घरको चहल पहल
हिजो भन्दा मन्दी भयो।
ससुराले छोरी दिएकै छन
आमाको बुहारी कजाउने
बाउको दाईजो कमाउने
आफ्नै देशको नेता जस्तो
दाउ दाउले
विवाहलाई घेराबन्दी भयो
घर झन दुर्घन्दी भयो।
हिमाल जस्ती हसिली
पहाड जस्ती फरासिली
तराइ जस्ती फराकिली
नव बधु दिएकै छन
जन्ती लिएर जाने बेला
दाइको एउटा स्वार्थ
भाईको अर्को स्वार्थ
आफ्नै देशको महाभारत जस्तो
मेरो विवाह
स्वार्थै स्वार्थको बन्दी भयो
आफ्नै घर छि भन्दी भयो।
माइत जुरे पनि
साइत फुरे पनि
दिदिको खुट्टा मलाउने
बैनीको काम दलाउने
सबको आफ्नो चातुर्यको
आफ्नै देशको कैके जस्तो
हानथाप र तनातानमा
आफ्नो बिहे बन्दी भयो
सुख शान्ती पनि मन्दी भयो।
Monday, July 5, 2010
के पछारो लाउलान
हेर माइली
हेर साइली
कुटो बोकी
कोदालो बोकी
बाध बाध्न
साध बाध्न
निस्केका तिम्रो बाउ
अत्तो छैन
पत्तो छैन
न कुलो आयो
न कुरो आयो
कतै कामले झुलाईएकी
कतै दामले भुलाइएकी
के लछारो लाउलन र!
यस पाली पनि।
हेर ढकुल्ली
हेर फकुल्ली
हलो ठोकी
जुवा बोकी
रेद बोक्न
खेत जोत्न
हिंडेका तिम्रो बाउ
खबर छैन
समाचार छैन
आज सम्म
न बाझो मरियो
न बिउ सारीयो
कतैतिर ढल्केकी
अन्तैतिर पल्केकी
के पछारो लाउलान
यस पाली पनि।
हेर शान्ती
हेर क्रान्ति
हेर भ्रान्ती
सुट ठोकी
कलम बोकी
लेख्न हिंडेका तिम्रो बाउ
सोधनी छैन
खोजनी छैन
आज सम्म
न ऐन आयो
न बिनियम आयो
कतै लाभमा फसेकी
कतै रापमा खसेकी
कतै धापमा पसेकी
के लछारो लाउलन र
यो पाली पनि।
हेर साइली
कुटो बोकी
कोदालो बोकी
बाध बाध्न
साध बाध्न
निस्केका तिम्रो बाउ
अत्तो छैन
पत्तो छैन
न कुलो आयो
न कुरो आयो
कतै कामले झुलाईएकी
कतै दामले भुलाइएकी
के लछारो लाउलन र!
यस पाली पनि।
हेर ढकुल्ली
हेर फकुल्ली
हलो ठोकी
जुवा बोकी
रेद बोक्न
खेत जोत्न
हिंडेका तिम्रो बाउ
खबर छैन
समाचार छैन
आज सम्म
न बाझो मरियो
न बिउ सारीयो
कतैतिर ढल्केकी
अन्तैतिर पल्केकी
के पछारो लाउलान
यस पाली पनि।
हेर शान्ती
हेर क्रान्ति
हेर भ्रान्ती
सुट ठोकी
कलम बोकी
लेख्न हिंडेका तिम्रो बाउ
सोधनी छैन
खोजनी छैन
आज सम्म
न ऐन आयो
न बिनियम आयो
कतै लाभमा फसेकी
कतै रापमा खसेकी
कतै धापमा पसेकी
के लछारो लाउलन र
यो पाली पनि।
Saturday, July 3, 2010
तिम्रो जवानी
गिलासको बियर झैँ
तिम्रो बैश
गला काटेको टी-शर्टमा
छोटो मिनी स्कर्टमा
छल्केर पोखिदा
साधु
सन्त
महन्तको के कुरा
महादेबकै मोह जाग्नसक्छ,
घाटीमा घन्टी
कानमा कन्ठी
लगाएको साढे पनि
तिम्रो पछी लाग्नसक्छ।
रसबरीको रस झैँ
तिम्रो यौवन
रंगिन समीजमा
काटेको कमिजमा
ढल्केर पोखिदा
सोझा
सादा
सिदाको के कुरा
बुढा बाको मन भाग्न सक्छ
कुण्डले
मुन्डले
झुण्डले
आलु पाडेले पनि
तिमीलाई ताग्न सक्छ।
ट्यान्किको पनि जस्तो
तिम्रो जवानी
छतबाट
छानाबाट
सेल्याक्समा
हाल्फ प्यान्टमा
बाटो भरी
छछल्केर पोकिदा
ट्याम्पू
ट्याक्सी
माइक्रो के कुरा
पजेरो नै पछी लाग्न सक्छ
गुन्द्रे
तुन्द्रे
मुन्द्रे पनि
तिम्रो पछी भाग्न सक्छ।
तिम्रो बैश
गला काटेको टी-शर्टमा
छोटो मिनी स्कर्टमा
छल्केर पोखिदा
साधु
सन्त
महन्तको के कुरा
महादेबकै मोह जाग्नसक्छ,
घाटीमा घन्टी
कानमा कन्ठी
लगाएको साढे पनि
तिम्रो पछी लाग्नसक्छ।
रसबरीको रस झैँ
तिम्रो यौवन
रंगिन समीजमा
काटेको कमिजमा
ढल्केर पोखिदा
सोझा
सादा
सिदाको के कुरा
बुढा बाको मन भाग्न सक्छ
कुण्डले
मुन्डले
झुण्डले
आलु पाडेले पनि
तिमीलाई ताग्न सक्छ।
ट्यान्किको पनि जस्तो
तिम्रो जवानी
छतबाट
छानाबाट
सेल्याक्समा
हाल्फ प्यान्टमा
बाटो भरी
छछल्केर पोकिदा
ट्याम्पू
ट्याक्सी
माइक्रो के कुरा
पजेरो नै पछी लाग्न सक्छ
गुन्द्रे
तुन्द्रे
मुन्द्रे पनि
तिम्रो पछी भाग्न सक्छ।
Friday, July 2, 2010
चन्द्र छुनु पर्छ( ब्येंगेबन्ध)
देशमा गणतन्त्रको आरम्भ भए पनि नया नेपालको प्रारम्भ हुन बाकी नै छ।यसको लागि यो कुरा साचो छ कि नया सोच ,नया जोश , नया होश भयका युबा जगतको खाचो छ।
यी मक्किएका ,रोग्गीएका,भोग्गीएका ,सोग्गीएका,सक्किएका लुते,झुते, भुते,टवाट खाइ ओछ्याँनमा मुते नेताहरुबाट कुनै लछारो पछारो लाग्ने छैन।यी ओइलिएका,खोइलिएका ,पोइल गएका नेतालाइ कठारो समाई झटारोले हान्नुपर्छ।मनका पापी ,धनका काफी,तनका सराबीबाट भावी जगतले फगतमा दुख पाउने अवस्था छ।काम नभएको भाते , पैसा नभएको खातेलाई सरकारी भकारी, खान्छ डकारी ,भने झैँ ,टाई कोट लगाएर पेटिकोट बाबाको भक्त बनि धनको पछि लागेका यी झोले,खोले,डोले,मकै पोले नेतालाइ घोइतेरो हानी पाकेको आम झैँ झार्नुपर्छ।
नया नेपाल बनाउन नेता ,अभिनेता ,समाजसेवी ,देबी,बिद्यार्थी,परिक्ष्यार्थी,कर्मचारी ,ब्रह्मचारी,धर्मचारी सबै युबाहरु एक जुट हुनुपर्छ।सगरमाथा मात्र हैन माहाकविले भने झैँ चन्द्र छुनु पर्छ।जय काउकुती
नया बजेट ल्याउदा
महंगीले रोपेर
जनताको ढाड सेकाइएँन
तोरी फुलेको देखाइएँन भने
के को बजेट ल्याउनु
ओठ मुख सुकाउनु,
करले घोपेर
व्यापारीको टाट पल्टाइएन्
दुइ चार उधोग हटाइएन् भने
के को बजेट ल्याउनु
ओठ मुख सुकाउनु ,
विकासे बजेट फालेर
आफ्नो गाउँमा पारिइएन
दुइ चार दाम झारीइएन
भने के को बजेट ल्याउनु
दश नंग्रा ख्याउनु,
राहतको बत्ति बालेर
कृषकलाई आहत देइएन्
कर्मचारीलाई लात देइएन् भने
के को बजेट ल्याउनु
कलम मसि सुकाउनु ,
नया योजना हालेर
धनीलाई धन थपिएन
गरिब झन दबिएन् भने
के को बजेट ल्याउनु
मन्त्रालय नि धाउनु
बजेट ल्याउदा
दुइ नाम्बरिलाई बचाइएन्
बजारमा धुम मचाईएन
तलब भत्ता पचाइएन् भने
के को बजेट ल्याउनु
मन्त्रि बन्न नि भ्याउनु
जनताको ढाड सेकाइएँन
तोरी फुलेको देखाइएँन भने
के को बजेट ल्याउनु
ओठ मुख सुकाउनु,
करले घोपेर
व्यापारीको टाट पल्टाइएन्
दुइ चार उधोग हटाइएन् भने
के को बजेट ल्याउनु
ओठ मुख सुकाउनु ,
विकासे बजेट फालेर
आफ्नो गाउँमा पारिइएन
दुइ चार दाम झारीइएन
भने के को बजेट ल्याउनु
दश नंग्रा ख्याउनु,
राहतको बत्ति बालेर
कृषकलाई आहत देइएन्
कर्मचारीलाई लात देइएन् भने
के को बजेट ल्याउनु
कलम मसि सुकाउनु ,
नया योजना हालेर
धनीलाई धन थपिएन
गरिब झन दबिएन् भने
के को बजेट ल्याउनु
मन्त्रालय नि धाउनु
बजेट ल्याउदा
दुइ नाम्बरिलाई बचाइएन्
बजारमा धुम मचाईएन
तलब भत्ता पचाइएन् भने
के को बजेट ल्याउनु
मन्त्रि बन्न नि भ्याउनु
Thursday, July 1, 2010
अफु त अब (झटारो )
हलो जोत्दा जोत्दै
फोन आयो पार्टिको
अफु त अब
काठमन्डौ गइन्छ
मन्त्री नि भईन्छ
नुन देखी सुनसम्म
रेल देखी तेलसम्म
फल देखी मलसम्म
बेस्सरी भाउ बढाइन्छ
कमिसन नि पाईन्छ
जसरी हुन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।
खलो पोत्दै गर्दा
फोन आयो नेताको
अफु त अब
राजाधनी गइन्छ
मन्त्री नि भईन्छ
मान्नेलाई चुनेर
न मान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई
आफ्नो बसमा ल्याइन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ
माया प्रिती नि लाइन्छ
के गरि हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।
दाउरा बोक्दै गर्दा
फोन आयो पार्टिको
अफु त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भईन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रस्टचारी ,दुराचारी
सबको बिल्ला लाइन्छ
जे गरि हुन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।
माछा मार्दै गर्दा
फोन आयो नेताको
अफु त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भईन्छ
मङ्गो टाइ सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
व्हिस्की र रम खाइन्छ
डलर नि पाईन्छ
जे होस
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ
फोन आयो पार्टिको
अफु त अब
काठमन्डौ गइन्छ
मन्त्री नि भईन्छ
नुन देखी सुनसम्म
रेल देखी तेलसम्म
फल देखी मलसम्म
बेस्सरी भाउ बढाइन्छ
कमिसन नि पाईन्छ
जसरी हुन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।
खलो पोत्दै गर्दा
फोन आयो नेताको
अफु त अब
राजाधनी गइन्छ
मन्त्री नि भईन्छ
मान्नेलाई चुनेर
न मान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई
आफ्नो बसमा ल्याइन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ
माया प्रिती नि लाइन्छ
के गरि हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।
दाउरा बोक्दै गर्दा
फोन आयो पार्टिको
अफु त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भईन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रस्टचारी ,दुराचारी
सबको बिल्ला लाइन्छ
जे गरि हुन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।
माछा मार्दै गर्दा
फोन आयो नेताको
अफु त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भईन्छ
मङ्गो टाइ सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
व्हिस्की र रम खाइन्छ
डलर नि पाईन्छ
जे होस
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ
Subscribe to:
Posts (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
July
(30)
- कान्छीको
- त्यसै चुनाब जिती आको हजुर?
- पानी रङ्गका नेताहरु
- बजार भाउ चढेकोछ।
- गजल
- कुसल चालक खड्कियो
- गणतन्त्र बबुरो
- प्रभु हाय हाय(ब्यङ्ग्य भजन )
- आमा झन बिरामी हुनुहुन्छ।
- मेरो देशलाई
- फेरी बोकाको भाउ(ब्यङ्ग्यबन्ध)
- अहिले खोला बौलाएकोछ
- बन्डापत्र
- मेरो नेपाल जस्तो।
- फूटकर कबिता
- खै कहाँबाट
- धनको शक्ती(ब्यङ्ग्यबन्ध)
- पार्टी बिक्रिमा छ(ब्यङ्ग्यबन्ध )
- कुरो जमानाको
- कस्तो शहराँ आइयो
- कविका कुरा
- मान्छे र रक्सी
- रङ्ग
- भैंसीको कुरा (ब्यङ्गेबन्ध)
- आफ्नो बिहे
- के पछारो लाउलान
- तिम्रो जवानी
- चन्द्र छुनु पर्छ( ब्येंगेबन्ध)
- नया बजेट ल्याउदा
- अफु त अब (झटारो )
-
▼
July
(30)