Thursday, September 30, 2010

हाईकु

क्याम्पस
अजका
युबा युबतीहरुलाई
प्रेम गर्न
स्थपना गरिएको
क्रिडास्थल

कारागार
नेता
फटाह
गुण्डा
पागल
चोर डाँका
हत्याराको
सन्कलन केन्द्र ।
बजार भाउ

बैशाखको
घाम जस्तै
दुई नम्बरी
काम जस्तै
हिरा मोतिको
दाम जस्तै।
कोकिल
बोली मिठो गर्ने
चतुर कागलाई पनि
छली छिटो गर्ने
अहिलेको नेता जस्तो।

मायाप्रिती
कसैको लागि
यो अभिसाप
कसैको लागि
यो अतिताप
कसैको लागि
यो पश्चताप
तर
कसैको लागि
यो फलिफाप।

खाली सिसी

दिन भरको थकानले
कयौ रात
निद्रा पिएर
सुतेको बेला
उडुसका हुलहरु
खाली सिसी भएर
मेरो नसाको नदिमा
पानी लिना झर्छन
भरी सिसी भएर
मिर्मिरेसँग
बसस्थान तिर चडछन
मैले निशेद गरेको
नदिको पानी
चोरेको देख्दा
आगो भै रिस पोख्दा
ति भरी सिसिहरुलाई
बोतल झै फुटाउछु
मेरा हातहरु
सिसाले काटे झै
रक्ताम्य हुँदा
म आफ्नो हातलाई सुम्सुमाउछ।

मुक्तक

आफ्नै मनलाई सुनाउन
गीत लेख्छु म
आफ्नै दिललाई भुलाउनलाई
प्रीत लेख्छु म
तनको उत्साह बढाउनलाई
जित लेख्छु म
मनको फोहर बगाउनलाई
शित लेख्छु म ।

गीत

कती लायौ माया प्रीती
जोख्न गार्हो भो
मनको पल्ला भारी हुँदा
बोक्न सार्हो भो
कती खायौ बाचा बन्दन
तोक्न गार्हो भो
बगी जाने जिन्दगी
रोक्न गार्हो भो
मनको बाध टुटे पछी
रोक्न गार्हो भो
भोगिएका बाधा बन्धन
पोख्न गार्हो भो।

शक्ती ढले पछी

सबले भन्छ्न वा वा यहाँ
नाम चले पछी
बिस्तारै बिर्सन्छ सबले
काम चले पछी।

हजारौले धाउछ यहाँ
दाम फले पछी
अध्यारोले चियाउछ
दिन ढले पछी।

सबै ताप्न आउछ
आगो बले पछी
कस्ले थाम्न आउछ
खाबो गले पछी।

आउने जाने कत्रो भिड
सत्ता फले पछी
झिगा माखा हराउछन
शक्ती ढले पछी।

Wednesday, September 29, 2010

मन्त्रिको भेटमा

एका बिहानै
मन्त्रिको भेटमा
गएको थिए गेटमा
पुक्दा देखे
भित्र छिर्न
मनिसहरुको लस्करछ
कोही तस्कर छ
कोही अब्सर छ
कोही हर्ता कर्ता
कोही कार्यकर्ता।

त्यहा हेर्दा
तस्कर आएको छ
पैसाको पुला बोकी
अब्सर आएकोछ
रम र कोका कोला बोकी
बिचरा कार्यकर्ता आएकोछ
समश्याको झोला बोकी
त्यसैले त्यहा
हर्ताकर्तालाई बोलावोटछ
कार्यकर्तालाई रोकावोटछ।

लुरु लुरु
कार्यकर्ता हिंडेकाछ
चिल्लो पजेरोमा
हर्ताकर्ता गूडेकाछन
त्यसैले त्यहा
गूड्नेलाई खुला
हिंड्नेलाई छेकावोटछ।

अबसरको जात छैन
तस्करको बाद छैन
तर बिचरा कार्यकर्ता
सधैं एउटै बादको झोला बोकी
लस्करमा लाम लागेकै छन
नेतालाई काम लागेकै छन।

Tuesday, September 28, 2010

यि हुस्सुहरुलाई

पारीलो घाम त्यो
हुस्सुहरुले छेके पछी
देशको भबिष्य
झन अन्योल भयो
कहिले कुहिरो भएर
कहिले तुवालो भएर
यि हुस्सुहरुले
आकाश टेके पछी
देशको मुहार
झन अन्धकार भयो
न बोटको माया
न गोठको माया
यि हुस्सुहरुले
ढपक्क
न्यानो घाम छेके पछी
भिटमिन डि बाट
जनता झन बन्चित भयो
अब यि हस्सुहरुलाई
घर घरबाट राको बाल्दै
गाउँ गाउँबाट आगो फाल्दै
भञ्ज्याङ कटाउनु पर्छ
अगुल्टोले हान्दै
नौ डाडा कटाउनु पर्छ
देशलाई छाया पारेर
हिउले जस्तै
जनताको रगत चुस्ने
यि हुस्सुहरुलाई
राके जुलुसले
नेटो कटाउनु पर्छ
मुग्लान पठाउनु पर्छ

Saturday, September 25, 2010

खुट्टाहरु

खुट्टाहरु
अगाडि हिड्दा
बाटोहरु तुवालो भएर
कुहिरो भएर छेक्छन
खुट्टाहरुलाई मद्घत गर्न
जब किरणहरुले टेक्छन
बाटोहरु
काडा भएर
डाडा भएर छेक्छन
फेरी खुट्टाहरु
बुट भएर
जुत्ता भएर हिड्छन
बाटोहरु
सिसा भएर
दिसा भएर भिड्छन
र खुट्टाहरु पनि
रक्ताम्य भएर हिड्छन
बाटोहरु
भिरालिदै
उकालीदै चडछन
खुट्टाहरु
दरो भएर
नकामेर
नछामेर
केही कदम सर्छन
बाटोहरु
झन लामो भएर बड्छन
नबाटोहरु सकिएकाछन
नखुट्टाहरु थाकिएकाछन
खुटाहरु बाटो छोड्दै
बाटोहरु खुट्टा छोड्दै
अनन्त यात्रामा लम्किएकाछन।

Thursday, September 23, 2010

भुते गुरु

बास्मती र मन्सुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न फल्न नपाई
सबै घासपातले छोपियो
बिकासे धान भनी फेरी
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गिले खोपियो।

यसपाली फेरी
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

केही होलाकी भनी
बल पसिना फालियो
ऋन लागे पनि मल हालियो
राम्रो होस भनी ढल हालियो
एक दिन
मुठी फाली मुरी फलाउने
मिठो सपना देखेको बेला
बजिया भुते गोरु फुत्किएर
आफ्नै खेतमा ठोक्किएर
पार्नु झ्वाम्म पारेछन
गोब्र्याउदै, मुत्र्याउदै
छाड्नु फोहर छाडेछन
गोरुले झुर गरे पनि
रिसले चुर परे पनि
गोरु गोरु नै हो,गोरुको के दोस
गल्ती आफ्नै हो,रोक्नै पर्‍यो रोस
साङ्लोले बाध्ने कि नाम्लोले
डोरिले बाध्ने कि दाम्लोले
जङ्गल राख्ने कि गोठमा
तराइ राख्ने कि कोटमा
बेलामा पुराइएन बुद्धी
आज धान खाए पछी
बल्ल फिर्दैछ यो सुद्दी।

Tuesday, September 21, 2010

गत बर्ष मनकामना गएको बेला बुढीले लौ बुढा यसपाली त भाकल गर्नुपर्छ। ग्रह दशा पनि टर्छ भने पछी मनकामना मातालाई कालो बोका चढाउने भनी भाकल गरियो। पछी फसातमा परीयो।कहिले जान्छु भन्दा समय नहुने। त्यो भन्दा पनि बजारमा बोकाको भाउ र
ब्यापारीहरुको दाउले हयाउ नै हराउने। अब जानु पर्‍यो भन्दा देशै आउन लागेर होला
बोका बजियाको भाउ नै चर्को। फेरी नजादा काली रिसाउने पिर अर्को।
एक दिन सपनामा सक्षार कालिको दर्शन भयो। घरमा माता आए पछी काली ,अब टुन्न खाइने भयो गाली भनेर मन थुरर भयो। मैले दश औंला जुटाउदै भने।"माता माफ गरी दिनुहोला यो बालकलाई। यो बबुरोले हजुरलाई बोका ल्याउछु भनेर धोका दियो।तर के गर्ने हामी जनताले अब बोकोको के कुरा कुखरो पनि चढाउन सक्ने अबस्ता छैन। धार्नी खाए बाउले,आफुलाई खायो पाउले भने झै भएको छ।उहिले घर घरमा खसी ढालिन्थे ।अब त कुखरो ढाल्न पनि गार्हो भयो।बोकाको भाउ हजार मात्र हैन, लाखौं पुग्यो माता। काली माताले आश्चर्य प्रकट गर्दै भन्नु भयो।"कुन बोका हो त्यस्तो महङ्गो?मलाई त त्यस्तो महङ्गो बोका चढाइएको जस्तो छैन। मलाई सस्तो सस्तो रोग्गेका,लुरे ,चाम्रे चढाइएको हुन्छ।बलिको बोको खाएको दिन,कहिले पखला ,कहिले आउमासी भएर हैरान हुन्छ।"मैले बिन्ती गर्दै भने।"कोही काटी खाने बोका। कोही ढाटी खाने बोका। कोही साटी खाने बोका।यो ढाटी खाने बोकाको मुल्य त अब करोर नै पुग्न लाग्यो माते।यिनलाई किन्न नेपालको धन नपुगेर बिदेशतिर माग्नु पर्ने भयो। "यी महङ्गो बोका किन नचढाएका नि मलाई?" मैले बिन्ती गर्दै भने। "ढाटी खाने,साटी खाने,आटी खाने बोका त सार्है खतरनाक छन माता। हजुरलाई नै खतरामा पार्छन। हजुरका मुर्ती त बेची खाएका छन।नेपालमातालाई बेचेर खालान खालान जस्तो गर्छन्। झन हजुरलाई के बाँकी राख्लान।मातेले एक छिन सोच्दै,"ल ठीक छ,यि बोकालाई अब यमलोकतिर नै पठाइ दिनु,मलाई नचढाइ दिनु।"
माताको चरण छुदै भने।"माता यो जनता बबुरोले यसपाली पनि बली चढाउन सकेन। यस पालिको दशैमा पनि कसरी रागा,बोका,हास चढाउने?" काली माताले भन्नु भयो। "तिमीले चिन्ता मान्नु पर्दैन भक्त। मलाई रागो बोका होइन,नरिवोल,मकैको घोका चढाए हुन्छ।म पनि अब त भेजिटेरियन भएको छु।रामको देबको योगामा गएकीछु। भक्तहरुले चढाएको मासुले कोल्डस्टोर,युरिक एसिड,रक्तचाप ,चिनीरोग भएर निकै गार्हो भएको छ। यो बारे कोही भक्तजनले बिचार गरेन।आफ्नो स्वार्थको बली चढाएका छन। त्यसैले तिमीलाई बताउन आएको। अब त म बुढी पनि भए। बिस्वोकर्माले बनाइ दिएको नक्कली दातले पनि काम गर्दैन। पोहर कुन भक्तले जोतेर लोत परेको बुढो रागो चढाएछ। चपाउदा दुइवोटा दातै हराएछन। त्यसैले बालक, सबैलाई बताइ दिनू। मलाई कुनै पनि जनवर बली नचढाउनू। यदी मिठाइ पनि चढाउने भए सुगरलेस चढाउनू । यती भनेर माता लोप हुनु। आँखा खोल्दा छोराले आज शनिबार चिची खाने भन्दै थियो।यसो रेडियो सुन्नु पर्‍यो भन्दा मासुकै खबर पो भट्टाउदै थियो।फेरी कुखराको मासुको भाउ बड्यो भनेर । ल है साथी हो,मैले आफ्नो कुरोको पस्के अचार।यस पाली दशैमा बली चढाउने कुरोमा के छ बिचार ?जय काउकुती।

Sunday, September 19, 2010

पुकार

नाच्न नजान्दा आगन टेडो
एउटा ताल पठाइ देऊ ।

राजनीतिको चेस भो भेडो
नयाँ चाल पठाइ देऊ ।

फोहर मैला झन थुप्रियो
बगाउने छाल पठाइ देऊ ।

कती खान्छन खन्चुवाहरु
अघाउने माल पठाई देऊ।

खाएर पनि उम्केकैछन
फसाउने जाल पठाइ देऊ ।

कहिले आउछ शान्ती यहाँ
पक्का साल पठाइ देऊ।

इच्छा

देश र जनताको संबिधान
लेख्न पाएहुन्थ्यो
प्रगती र बिकास अब
देख्न पाएहुन्थ्यो
बाढी र पहिरो पनि
छेक्न पाएहुन्थ्यो
खुशी र चैनले मन
सेक्न पाएहुन्थ्यो
गरीबी र भोकमरी
फेक्न पाएहुन्थ्यो
शान्ती र सम्बृतीको जरा
टेक्न पाएहुन्थ्यो
देश र जनताको संबिधान
लेख्न पाएहुन्थ्यो।

सत्ता(झटारो)

दशै आयो
तिहार आयो
फेरी चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।

चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।

क्रिकेटमा छक्का राम्रो
फूटबलमा अट्ठा(octupus) राम्रो
तर राजनीतिमा
सत्तै छ धमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्तै खोज्ने चाल ।

सत्ता हान्नेहरु
उक्सिने,चाउरिएका गाल
पलाउने झरेको त्यो बाल
सुध्रिने सारा बिग्रिएको हाल
किनकी
सत्ताले गर्छ ठुलै कमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्ता नै हान्ने चाल ।

Tuesday, September 14, 2010

हुरी

एक दिन
मध्यरातमा

लालाबालासँग सुतिराखेको बेला
अचानक हुरी
झ्याल ढोका ढकढकाउदै
जबर जस्त खोल्दै
घर भित्र पस्यो
हुकार्दै
बैठक कक्षमा पस्यो
कुर्सीहरु हल्लायो
भन्सा कोठामा पस्यो
भाडाकुडाहरु बजार्यो
फेरी हतारमा
शयन कक्षमा पस्यो
छापामार शैलीमा
लुगाहरु टकटकायो
तस्बिरहरु झार्यो
पुस्तकहरु फर्फराउदै
पाना पाना पल्टायो
मानौ मैले
कुनै अपराध नै गरे जस्तो
एक एक सबुद खोजे जस्तो
दराजहरु ढकढकायो
एल्बमहरु पल्टायो
घरको कुना कुना सुघ्यो
र अन्तमा
केही नपाएर
केही नभेटाएर
दिक्दार हुँदै
झ्याल ढोकामा
एक पटक जोड्ले करायो
र एकाएक हरायो
हामी भय भइत थियौ
चोर भनी पक्रन चाहन्थे
तर सकिएन
मुङ्ग्रै मुङ्ग्राले चुट्न चाह्न्थे
तर सकेन।
म उसलाई झ्यालबाट हेरे
उ रिसले
पोलहरु,रुखहरु भाच्दै गैराखेको थियो।

आकाश

घरी
घामको उज्यालो फालेर
मुस्कुराएको अभिनय गर्छ।
घरी
बादलको पछ्यौरिले
मुख छोप्दै
लजाएको नाटक गर्छ।
छिनमा
बिलौना गरेर
तपतप आशु झार्दै
रोएको चटक गर्छ।
छिनमा
मुखभरी
तुवालोको खरानी दलेर
सन्त साधुको खेल गर्छ।
कहिले
घाम पानी छर्कदै
इन्द्रेनिको माला उनेर
स्वयम्बरको चटक गर्छ।
कहिले
शान्तले बसेका माथि
असिना बर्षाउदै
कुनै सैनिक झेल जस्तो
खुला आकाश भएर पनि
बुझ्न नसकिने
नेपाली रजिनितिको खेल जस्तो।

Friday, September 10, 2010

यस पालिको तीजमा

कबिहरुले
लेखकहरुले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदिहरुमा घोचे
कलाकारहरुले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरु कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
भ्रष्टाचारमा भाईरस,जाम लागेन।

पत्रकारहरुले
कयौ प्रश्नहरु सोधे
जनताहरुले
सयौ जवाबहरु खोजे
तर पनि
नता कुम्भकर्ण बनी घुरिरहे
कुर्सी कुर्सी भनी कुरिरहे ।

गाएककारहरुले
संबिधान लेखिएन भनी
गीतहरुमा पोखे
संगीतकारहरुले
नेता गतिलो देखिएन भनी
मादलहरुमा ठोके
रैछन कि गोबर गणेश
जे भने पनि बुद्धी नफिर्ने
जस्तो भने पनि सुद्दी नछिर्ने।

यस पालिको तीजमा त
सबै दिदी बहिनिहरु पनि
हे भोले!यी नेताहरु
खसी हुन कि बोके
अब त सुद्दी फिराइ देउ
भन्दै पशुपतिनाथलाई ढोके।

Wednesday, September 8, 2010

सम्धिधान

बिरु काका चौतारो मस्तले गफ गर्दै थिए। हरेक दिन देश देखी बिदेश सम्मका गफ त्यस चौतारो हुन्थ्यो। बिरु काका हरेक मान्छेलाई सहयोग गर्ने भएकाले कहिले कसैको मुद्दा मामिलामा र कोही बिमारीलाई लगेर सधैं जसो शहरतिर छिरी राख्थे।शहर आएको बेला नेताहरुलाई भेट्ने र गाउ घरको राजनीति खबर पनि सुनाउने भएकाले,नेता पनि उनलाई भेट्दा खुशी हुन्थे। गाउ घरमा एक मानो राम्रोसँग खान पुग्ने ब्यक्ती भएकाले कती नेताले उनको घर खाना पनि खाने गर्थे।गाउ घरका चल्ता पुर्जा ब्यक्ती भएकाले पनि उनका कुरा सुन्न धेरै गाउले चौतारोमा आइहाल्थे। आज पनि बिरु काका दुइचार जनासँग बात गर्दै थिए। बुढाले अहिलेको जल्दो बल्दो मुद्दामा गफ गर्दै थिए।साहेद भर्खर शहरबाट आएका थिए। उनले त्यहा बसेकालाई सोध्दै भने। "हैन हो केटा हो। यो संबिधान भनेको तिमीलाई के थाहा छ?को भन्न सक्छ?"एउटा युबाले टाउको कनाउदै भन्यो।"खै काका ,नेताले मात्र बनाउने कुरो हो रे। बाटोघाटो भए त हामीले पनि बनाउथिम। ठुलै पुल पो होकी।" अर्कोले भन्यो।"यो पक्कै पनि ठुलै चिज होला काका। सानो चिज भए चालिस पचास जनाले बनाइ हाल्थे। ६-६ सयले बनाउने कुरो त ठुलै होला नी।"एउटी अध बैसे महिलाले चर्को स्वोर भनिन।"जे भए पनि पहाड त बनाउन लागेका छैनन होला नि?फेरी पहाडै बनाउने काम भए पनि किन चुनाब गर्नु पर्‍यो नि,बिरु काका?"काकाले सबै कुरो सुने पछी भने।"कुरो अर्कै छ। संबिधानको नामै अर्कै हो। यस्को खास नाम त सम्धीधान हो।पारिबाट सम्धिले छोरीसङगै पठाइ दिएको धान भएकाले यस्को वास्तबिक नाम सम्धीधान हो।यो यता तिर आए पछी मान्छेले,खास गरी नेताले यसको नाम बिगारेका हुन। अब चुनाव गराउने कुरो के हो भने धान रोपे बापत सरकार पैसो दिन्छ। सरकारको काम कहिले जाला घाम। बसी बसी खान पाइने भए पछी त माम। मारा मार नै हुने भयो।फेरी यसको नाममा मनग्ग्य पैसा आउछ नि । त्यस कारण यि सबै पार्टी मिलेर जो ले जित्छ त्यस हली भनेर चुनाव बनाएका हुन।" काकाका कुरा सुने पछी एउटा युबाले भन्यो।"यि नेता धान रोप्न पो गएका रहेछन गाठे। के के न ठुला मान्छे भए भनेको त। यत हुँदा पनि हलो नै जोत्थे उता पनि त्यै काम गर्न पो गर्न गएका रहेछन।"त्यस एक जना बुढा बाले सुल्पामा आँफै उमारेको कक्कड भर्दै भने।" हैन ए बिरु बाबु, पारी गाउकी चुरा लाउने कान्छी, हाम्रै लुगा सिलाउने माइलो दमै पनि यै सम्धिधान रोप्ने भनेर गए त!अनी उनिहरु चाहि किन गएका नि?"एउटा बिचैमा कुरा काट्दै भन्यो।"उनिहरु चाहि नता नेतानी चुरा लगाइ दिन , लुगा सिलाई दिन गएका होलान।" सबै गलललल हासे। काकाले भने।"दुई चार दिन भए पो नि काम। दुई बर्ष बिताइ सके। अझै कती दिन लाग्ने। नेतालाई लुगा लाउनु पर्‍यो। चुरा लाउनु पर्‍यो। मङगा मङ्गा लुगा अरुले बिगारी देलान भनेर आँफ्नै मान्छे लगेका नि।"यो कुरो पहिले देखी नै सुनिराखेकी एक बृद्द आमैले भनिन।"हैन ए बिरु बाबु ,यो धान कस्को लागि हो नि? हामीलाई त पक्कै हैन होला।" काकाले भने।"हाम्रै लागि हो आमै।जनतालाई के के न गर्यौ भनेर काम देखाउने त हो। फेरी धान जनता अली अली चटाइ दिने त हो नि। अर्को कुरो यो सम्धीधान जनतालाई मात्र लाग्छ। तपाईं हामीले यै धान खानु पर्छ।त्यसैले यसलाई जनताको सम्धिधान पनि भनिन्छ।नेताले चाहि जुन धान खाए पनि हुन्छ। उनिहरुलाई यो कुनै सम्धिधानले छुदैन।छोए पछी त्यै बिदेशी दारु पानीले छुन्छ।" एक बुढाले घोप्टे जुगा मुसर्दै भने।"अहिले सम्म पनि किन यो सम्धिधान रोप्न ढिलाई गरे त बज्जइयाहरुले?बार्खा नै गैसक्यो।" काकाले भने।"एउटा गोरु नार्छ ।अर्को हलो अट्काउछ। एउटा कुलो ल्याउछ। अर्कोले कुलो काट्छ। अनी कसरी रोपाइ हुन्छ। एउटा म हली हुन्छु भन्छे। कोइ ब्याड काड्दा काड्दै नाच गान मस्त छन। कोइ दोहरी मस्त छन।अनी कसरी धान रोपिन्छ। काम गरे पनि नगरे दाम पाकेकै छ।खेत अहिलेसम्म बाझो नै छ।जात्रै भएको छ देशमा। कौनाले म हली बन्छु भनेर पुरानो हली फाले। अज हली बिनाको देश भएर दुनियाँ हसाएकाछन। जनता र देशलाई झन दलदलमा फसाएकाछन।"काकाले कुरो निम्टाउदै भने। ल अब भात खाने बेला पनि भएको जस्तो छ।आज यत्ती नै। बाँकी पछी। जय काउकुती।

Tuesday, September 7, 2010

ओ नेता जी

ओ नेता जी
कता हो कता
लौ पसौं यता
किन बेपत्ता
यहाँ छ्याप्प भोट लाइन्छ
अनी झ्याप्प नोट पाईन्छ।

ओ नेता जी
कता हो कता
लौ बसौं यता
के को लापत्ता
यहाँ लोकल ठररा पाईन्छ
छोइला कचिला खाइन्छ
त्यस पछी
झ्याप्प भोट लाइन्छ
मन्त्रीको कोट पाईन्छ
कुरो मिले पछी
मिन्त्रिको के कुरो
देशै खान पाईन्छ
सरकारको टेक्दै आड
जनताको सेक्दै ढाड
टवाक्क घुस खाइन्छ।

ओ नेता जी
कता हो कता
लौ छिरौ यता
यहाँ पनि
एउटा हातमा भोट
अर्को हातमा नोट
फुटाएर आउनेछौ कि भोट
उठाएर ल्याउछौ कि गोठ
सरकार बने पछी
हामीले भने जती
भ्रष्टचार गर्न पाईन्छ
देश बिदेश चर्न पाईन्छ।
ओ नेता जी
कता हो कता
लौ फिरौ यता
कहाँ बेपत्ता।

Monday, September 6, 2010

मुक्तक


म नदी भएर धाउदा
सगर बनी सुक्यौ तिमी

प्रीतीको पान खुवाउदा पनि
घृणा मानी थुक्यौ तिमी
म घाम भएर आउँदा
तारा बनी लुक्यौ तिमी
म जून भएर छाउदा
शित बनी दुख्यौ तिमी

2
खुशी सबै तिमीलाई
पिर मलाई भो
मैदान सबै तिमीलाई
भिर मलाई भो
हासो सबै तिमीलाई
तिर मलाई भो।
सेकुवा सबै तिमीलाई
झिर मलाई भो

गीत/

1:
झल्याक झुलुक देखीइदा
नहुनेलाई चास भयो
झ्यालमा तिमी बसिदिदा
नहुनेलाई आस भयो
तिमीले हेर्यौ मैले हेरे
हेरा हेरमा खास भयो
जहाँ जता हिड्छौ तिमी
उतै मनको बास भयो


2:
बैनी भन्छु भन्दा भन्द
अर्को साईनो फेर्यौ किन
सिधा नजर लाउदा लाउदै
बाङ्गो नजर हेर्यौ किन
गोप्य कुरा छ्दै थियो
धेरै मान्छे खेर्यौ किन
सन्धी पत्र लेखे पछी
आँफै फेरी केर्यौ किन।


3




विद्वानहरुलाई धिकार छ।

नहुनेलाई यहाँ
हाहाकार छ
हुने सधैं यहाँ
डकार छ
लुच्छाहरुको यहाँ
सरकार छ
निमुखाहरुलाई यहाँ
खबरदार छ
लुट्नेहरुलाई यहाँ
चमत्कार छ
फुट्नेहरुलाई यहाँ
सत्कार छ
यती मात्र होर यहा
मुर्ख बोले समाचार छ
विद्वान बोले धिकार छ।

घाम

मिर्मिरेमा घाम आयो
जुना तारा टिप्दै
शितको थोपा बिलाउछन
पातहरुमा छिप्दै।

पारीलो घाम लाग्यो
कुहिरोलाई चिर्दै
उही घाम उही काम
आउछ घुम्दै फिर्दै।

आज पनि आउछ
अध्यारोलाई निल्दै
भोली पनि आउछ
गाउ शहर डुल्दै।

ताराहरु डराउछन
घाम आयो भने
जून पनि ओकल्छ
घाम खायो भने।

मिर्मिरेमा घाम आयो
जुना तारा टिप्दै
शितको थोपा बिलाउछन
पातहरुमा छिप्दै।

गीत

अध्यारोले खायो दिनलाई
कही कतै घाम छैन
मन मुटु खोजे तिमलाई
कतै तिम्रो नाम छैन ।

जादा जादै जिन्दगीमा
अर्कै बाटो भेटिएछ
सम्झना त्यो राखेको थिए
कसरी कहाँ मेटिएछ।

जून तारा सबलाई सोधे
कही तिमी पाईन्छ्यौ कि
दो बाटोमा पर्खी बसे
कतै तिमी आउछ्यौ कि।

हिडदा हिडदै जिन्दगी
धेरै टाढा पुगिएछ
जिबनको यो नदिमा
किनारा बनी बगिएछ।

Sunday, September 5, 2010

गोरु ब्याउने आसमा

बगेर्नो भैंसी फाली
लौनी भैंसीको आसमा
थोरे भैंसी
जोर्नु जोरियो ।

घास खाए पनि
धान खाए पनि
मकै खाए पनि
छोड्नु छोडियो।

गोबर पनि कडा कस्तो
ठ्याक्कै मान्छेको जस्तो
सिक सिक लागे पनि
सोर्नु सोरियो।

यस पाली त
पक्कै ब्याउछ कि भैंसी
कुर्नु कुरियो।

लागेको बाली नठहरिए पछी
झोकमा थारोलाई
थुर्नु थुरियो।

लौ है आउने पाली त
तिमी जसरी पनि ब्याउनु पर्छ
भन्दा थारो भैंसी
घुर्न घुरियो ।

ब्यखुती खानेहरु
ढुङ्ग्रो लुकाउदै
आपस आपसमा
खासमा
गोरु ब्याउने आसमा
दाउ हेर्नु हेरियो।

Friday, September 3, 2010

ठिकै भन्थे बाले

चाकडीले जगीर खानु
भन्ने गर्थे बाले
देशको सेवा गर्छु भनी
काम गर्ने थाले।

भ्रष्टचारलाई रोक्न थाल्दा
दुर्गम क्षेत्र फाले
त्यही बिकास गर्न खोज्दा
षडेन्त्र पो थाले।

अन्याय यो पर्‍यो भनी
बिन्दी पत्र हाले
न्याय दिलान भनेकाले
दवाब दिन थाले।

जागिर भन्ने यस्तै'रैछ
ठिकै भन्थे बाले
चाकरी-जागिरी सकिएन
रजिनामा नै हाले।

प्रतिसपर्दा

एक पटक ट्याम्पोमा चडेर जादै थिए।महिलाले ट्याम्पो हाकेको देक्दा समय निकै प्रतिसप्रदित भई सकेको महसुस भयो।निश्चय पनि यी महिलाले रहरले यो प्रतिसपर्दा गरेकी होइनन होला जस्तो लाग्यो ।लोग्ने स्वास्नी पाल्ने प्रतिसपर्दामा फेल भए पछी यी बिवाहित महिला कम्मर कसेको जस्तो थियो,बाँच्नलाई प्रतिसपर्दा।घर देखी घाटसम्म। देश देखी बिदेससम्म। भोज देखी भोगसम्म। तल देखी माथि सम्म। तिघ्रा देखी छातीसम्म प्रतिसपर्दा देखिन्छ।आखी भौ खौरिने र सधैं बिउटी पार्लर दौरिने सम्म प्रतिसपर्दा ।बाटोमा कम लुगा लगाउने देख्दा लाउनेको प्रतिसपर्दा। कोही बिदेशी ईशारामा नाच्नेको प्रतिसपर्दा।कोही बिदेशिको साहारामा बाच्नेको प्रतिसपर्दा।कोही नेता हिरोनिसँग कम्मर भाच्ने प्रतिसपर्दा।तरुनिको बोय फ्रेन्ड फेर्नेको प्रतिसपर्दा। युबकलाई जती सक्यो तरुनी हेर्नेको प्रतिसपर्दा।बजार छिर्यो भने नक्कली समान बिचेर ग्रहाग ठ्ग्नेको प्रतिस्पर्दा।हुँदा हुँदा मुत्रदान केन्द्रमा पनि दान गर्नेकै प्रतिस्पर्दा।आफ्नी श्रेमती भन्दा अर्काकी श्रीमती राम्री लाग्ने मात्र हो र? ताक्नेको प्रतिस्पर्दा।काम दाम केही छैन। दिनभर बेकाम घाम ताप्यो। साझ बुढीले मिठो पकाइन भनी श्रीमतिको बङ्गारा झार्ने प्रतिसपर्दा।अन्त आट्ने र अनी श्रीमानलाई ढाट्नेको प्रतिसपर्दा।
गाइ गुइ हल्ला,अबका ठिटिहरु सोझो लाटो पोइ रोज्ने,आफुलाई कै पकाउन आउँदैन ,बुढाले पकाको क्या मिठो भनेर दङ्ग पार्ने र आफु साथीको यो पार्टी ,त्यो पार्टी भन्दै बुढालाई रात भर कुराउने पनि प्रतिसपर्दा। घर सन्चो छैन भनेर श्रीमानसङ्ग ठस्कने र बाहिर बेस्कना मस्कनेको प्रतिसपर्दा। खाने कुराको गर्दा भुस देखी घुस खाने। घरमा एक महिनासम्म मासु नपकाउने,भोजमा मासु रोज खाने धाक लगाउदै प्लेट्मा मासुको ठुलो भाग लगाउनेको प्रतिसपर्दा पनि रमाइलो देखिन्छ। बिदेशी रक्सी मात्र खाने गफ लगाउदै,भोज भातेरमा टन्न लोकल जुस खानेको प्रतिसपर्दा। कुन पार्टिले, किन आवहाँन गरेको कुरो कुन्थ्रो नबुझी बन्द हरतालमा ताल मिलाएर बाटोमा टायर बाल्नेको प्रतिसपर्दा हेर्न लाएक हुन्छ।अस्पताल जानुस कि क्लिनिक बिमारीको प्रतिसपर्दा। अझ होटेल होस कि भट्टी पसल ,जाड तान्नेको प्रतिसपर्दा।जाड खाइ टेबल हान्नेको प्रतिसपर्दा। सिट नपाउदा खडा खडाको प्रतिस्पर्दा।अब छोड्ने कुरो गर्दा। नेता ,कार्यकर्ता पार्टी छोड्नेको प्रतिसपर्दा।कोही घर छोडेकाछन। कोही देशै छोडेकाछन।आज भोली नेपालमा लोग्नेले स्वास्नी र स्वास्नी छोड्दा डिभोर्सको प्रतिसपर्दा।सगरमाथा चडने होस कि जग्गा बेचेर कार चडने होस,गजब छ प्रतिसपर्दा। अझ अहिले कुर्सीको त ठुलै प्रतिसपर्दा देखिएको छ। कतै हार्नेहरु ओगड्ने।हारे पनि नछोड्ने।मुजिकल कुर्सी खेलमा जती पटक हारे पनि आउट न हुने।हार्ने र हराउनेको दरो प्रतिसपर्दा।गाली गर्नेको प्रतिसपर्दा। आरोप प्रती आरोपको झनै प्रतिसपर्दा।यता पनि प्रतिस्पर्दा। उता पनि प्रतिस्पर्दा। तल पनि प्रतिस्पर्दा। माथि पनि प्रतिस्पर्दा। दाँया पनि प्रतिस्पर्दा। बाँया पनि प्रतिस्पर्दा। जता पनि प्रतिस्पर्दा। जय काउकुती।

Thursday, September 2, 2010

भानु तिम्रा राम पनि

भानु तिम्रा राम पनि
रावण बन्न थाले
आफुले नै आँफैलाई
भगवान भन्न थाले।

तिम्रा यि लक्ष्मण पनि
साथ छोड्न थाले
शिष्टता र नैतीकतालाई
हात छोडन थाले ।

तिम्रा लव कुश पनि
दारु खोज्न थाले
कलम कापी थाती राखी
अरु रोज्न थाले ।

तिम्री ती सिता पनि
मती भ्रष्ट भईन
पोइको आँखा छलेर
पती भ्रष्ट भईन।


हेर्दा हेर्दै तिम्रो घर
के के हुन थाल्यो
कुन पाप गरिएछ
साँढे सतले छुन थाल्यो।
(भनु जयन्तीमा लेखिएको र २०६१ साल्मा रेडियो सगरमाथामा प्रसारण गरिएको। )

हाइकु

एउटा रुख
बिजबाट
बोट हुँदै
हागा हुँदै
पात हुँदै
फुल बनी फुल्दछ

बैस जस्तै ढल्दछ।

जीवन

यही जीवन
कतै छाया
कतै धुब छ
कतै काया
कतै कुरुप छ।
यही जीवन
कतै अभाब
कतै खुब छ
कतै हल्ला
कतै चुप छ।
यही जीवन
कतै सुख्खा
कतै डुब छ
कतै भिन्न
कतै समरुप छ।
यही जीवन
कतै चन्चल
कतै भावुक छ
यही जीवन
कतै वा वा
कतै चाबुक छ।

Wednesday, September 1, 2010

मान्छे र नियती

देशको लागि केही बोल्दा
लाठी खाए मैले
मन्त्री बन्दा घुस दिदा
आटी खाए मैले
हाकिमको बढुवा पनि
ढाटी खाए मैले
मन्दिराको खसी बोका
काटी खाए मैले
सरकारी काम गफै गफले
छाटी खाए मैले
सौजन्यको उधोग धन्दा
साटी खाए मैले
आफ्नै थुक थुके पनि
चाटी खाए मैले
देशको लागि गर्छु भन्दा
लाठी खाए मैले।

यो देशमा

उपैया भन्दै थियो
यो देशमा
कोही सार्है मोटा भए
कोहो पिध बिनाका लोटा भए।

काग पनि गन्दै थियो
जती आए जोगी
सबै सुबिधा भोगी।

तित्रो साहेद ठान्दै थिन्यो
यो देशमा
निती बिनाका नेता
कहिले यता कहिले उता
जता कुर्सी उता।

मुसो भूमिका बान्दै थियो
यो देशमा
हलो जोत्ने बाउ
धान खाने साउ ।

कालिज पनि भन्दै थियो
यो देशमा
काम बिनाले काज खाने
चाकडिले नै राज खाने ।

बादर ब्यङ्ग्य हान्दै थियो
यो देशमा
काम गर्ने हनुमान
पगडी लाउने ढेडु

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive