Tuesday, December 28, 2010

खाल्टो

हिजो पनि थियो
आज पनि छ
हिजो भन्दा
आज झन ठुलो छ
हामी बिचको धनको खाल्टो ।

एउटा आयो
खाल्टो पुर्छु भनी
झन चोरेछ माटो
ठुलो खाल्टो खनी ।

अर्को आयो
खाल्टोकै नारा दिदै
ऊ पनि भागेछ
खाल्टोकै माटो लिदै
जो आए पनि
खाली खाल्टो नै खनियो
संसारमा ठुलो खाल्टे बनियो

खाल्टो खनिदै जादा
खाल्टो झन चर्कियो
सानो भुकम्पमा पनि
डाडा काडा नै थर्कियो

अब खाल्टो पूर्न
खाल्टो खन्नेहारुलाई
माटो चोरहरुलाई
यही खाल्टोमा हाल्नुपर्छ

माटो चोरहरुको
माटो खोसेर
यो खाल्टो टाल्नुपर्छ
माटो चोरहरु
हामीलाई झन ठुलो
खाल्टोमा खसाउन सक्छन
खाल्टोमा फसाउन सक्छचन
माटो खान सक्छन
बिदेश लान सक्छन
बाटो छेकेर अब
बेलैमा कदम चाल्नुपर्छ
माटो चोरहरुलाई
यही खल्टोमा फाल्नुपर्छ ।

बाटो

बाटो
धनी हिंडे पनि
गरीब हिंडे पनि
लाटो हिंडे पनि
बाठो हिंडे पनि
सबै हिंड्ने एउटै बाटो।

दानी हिंडे पनि
ज्ञानी हिंडे पनि
लोभि हिंडे पनि
धोबी हिंडे पनि
जोगी हिंडे पनि
भोगी हिंडे पनि
सबै हिंड्ने एउटै बाटो ।
जो हिंडे पनि
बाटोको कुनै रोकावोट छैन
बाङ्गो भए पनि
नाङ्गो भए पनि
उकालो भए पनि
भिरालो भए पनि
बाटोमा कुनै थकावोट छैन ।
बाटो सधैं
हामीलाई बाटो देखाएकैछ
गाडी गूडाउन होस
जहाज उडाउन होस
टायर जलाउन होस
आन्दोलन चलाऊन होस
जसरी प्रयोग गरे पनि
बाटोको कुनै कुनै सिकाएतछैन
एक पटक
बाटो भएर हेर
बाटो भएर सिक
वास्तवमा
बाटोमा हिडनु भन्दा
बाटो भएर हिडाउन
कती गार्होछ
बाटो भएर सिकाउन
झन कती सार्होछ ।

Thursday, December 23, 2010

मुखको महिमा

यहाँ मुखको महिमाको कुरा गर्दा नाकको मुन्तिर खुत्रेको प्वाल अकारको भागलाई मुख भनिन्छ। यो नभएको मान्छे नपाईने हुँदा सबैलाई यसको बारेमा थाह नै छ। भगवानले एउटा यै अङ्ग दिएका रहेछन जस्ले धेरै काम गर्छ। आँखाको हेर्ने मात्र काम छ । नाकको सुघ्ने काम मात्र छ । तर मुखको काम खाने ,बोल्ने ,हास्ने,कास्ने,हकार्ने,डकार्ने,खकार्ने,टोक्ने देखी रिस पोख्ने सम्म काम गर्छ। धन्य छ मुखलाई यती धेरै काम गरेकोमा।



खाने मुखलाई जुगाले छेक्दैन। छेकोस पनि कसरी जुगाले। अबका दिनमा फेरी कस्ले पो जुगा पाल्छ र! खाने मुखलाई छेक्न सकेको भए आज देश र जनताको गती यस्तो हुने थिएन। बजार भाउ देखी पेट्रोलको भाउ बढाउदा कमिसन खाने मुखलाई कस्ले छेक्ने?फेरी खाने मुखलाई छेक्न थाल्यो भने एक दिनमा हुने काम एक बर्षमा पनि नहुनसक्छ ।बरु यो मुखमा बोका देखी मकैको घोका।रोस्ट देखी टोस्ट। तुम्बा देखी तरुनिको चुम्बा हालिदियो भने माहादेबले नगर्ने काम पनि यै मुखले गर्न सक्छ।मुखको महिमा पनि बिचित्रको नै छ। यती सानो भएर पनि अल्कात्रा देखी नदिनाला, हावाइ जहाज देखी पुलसम्म झ्वाम्म जान्छ । बन देखी हरियो धन,हात्ती देखी लात्तिसम्म ल्वाम्म जान्छ । यत्रो यत्रो खान सक्ने मुखलाई ,जाबो जुगाले के असर पार्छ र। हिजो आज मुखले खादा जुगाले पनि स्वाद लिन थालेको सुनिन्छ।त्यसैले सरकारले पालेको जुगाले,खाने मुखलाई छेक्नु साटो,स्वादमै रमाउन थालेकोछ। तपाईं कुनै कदाचित भुलेर घुसखाने मुखको बारेमा सरकारि जुगालाई खबर गर्नु भयो भने झन जुगाले त मेरो भाग कती पर्छ? नत्र खाने मुखलाई जुगाले कै गर्छ भनी झन बर्गेनिङ्ग गरेको कुरो यि दुई आँखाले पत्रीकामा पढ्न पाईन्छ।


यो मुखको महिमा गरी साध्य छैन। गर्‍यो भने कती अध्याय नै बन्छ। यो मुखको कुनै ठेगान नै छैन। आज के खाको छ। भोली के खाको छ। आज के बोल्छ। भोली के बोल्छ। अझ यो नेताहरुको मुखको के कुरा। पार्टिका मुखका कुरा के गर्नु। बैठकमा एउटा कुरा गर्‍यो । जनतालाई अर्को कुरा। यै मुखको ठेगान नहुँदा आजसम्म सम्दिधान बन्ने ठेगान छैन। आज तीन पार्टिका मुख तीन तिर फर्किएको हुँदा जनताले यो परीस्थिती भोग्नु परेकोछ।


यै मुखले मान्छेलाई दु:ख दिलाउन सक्छ।यै मुखले मान्छेलाई सु :ख दिलाउन सक्छ । घरकि बुढीले मुख लगाउदा कत्रो रडाको चल्छ । कतिको घर ग्रीस्ती ढल्छ। यै मुखले श्रीमतिलाई मिठो बोल्दा श्रीमतिको अनुहार झलल बल्छ। त्यसैले बोल्नेको पिठो बिक्छ ,नबोल्ने चामल पनि बिक्दैन भनिएको हो। मिठो बोल्दा पैसा पनि नलाग्ने,झन मान्छेको रिस राग नै भाग्ने हुँदा मिठो बोलौ यो मुखले। यै मुखले मिठो बाचन गर्दा यज्ञ महायज्ञमा करडौ धन सम्पत्ति दिने दम्पती हामीले देखेकाछौ।त्यसैले मुखको महिमा अपारछ। आजलाई मुखको महिमाको अध्याय यति नै।जय काउकुती

Wednesday, December 22, 2010

देशका नेता

एउटा नेता छ कुनामा
अर्को छ कान्लामा
देश बनाउछ भन्दै
पानी भरे चान्लामा ।

आलो पालो गरी गरी
पत्ता सत्ता सबै खाए
भ्रष्टचारको दोलो सेक्न
लत्ता भत्ता आफै खाए ।

हिजो राजा एउटै थिए
आज राजा कती कती
बोक्रोसम्म बाँकी छैन
हातमा आए जती ।

पार्टीको अब के कुरा
पाए देशै फोर्ने
सात पुस्तालाई पुग्ने गरी
श्रीसम्पती जोर्ने ।

लुते कुकुर मरे पछी
उडुस उपैयाले छोड्ने
हाड छाला रहे पनि
नेताले देश के छोड्ने ।

लुटी खाने पार्टीलाई
के को देशको माया
कुटी खाने नेतालाई
के को लोकको दया।

सानो ठुलो पार्टी सबै
मिली खान पल्के
कोही ढ्ल्के उत्तर तिर
कोही दक्षिण सल्के ।

डोके ढोके ढाटे ढाक्रे
पार्टी खोल्न थाले
खसी बोका जस्तै अब
मोल मोल्न थाले ।


Tuesday, December 21, 2010

ठुलो शहरमा मान्छे

ठुलो शहर
राम्रो लगाउन
मिठो पकाउन
केही कमाउन
केही रमाउन
जिन्दगी समाउन
भाग्य जमाउन
ठुलो शहर छिरेको
आज बर्षौ भईसकेछ।

न धन कमाइयो
न मन रमाइयो
न मिठो खाइयो
न सुख पाइयो
मुखिया बाले जस्तो
बरु आफुलाई
ठुलो शहरले
कजाउनु कजायो
कमाउनु कमायो
केही नखाए पनि
केही नलाए पनि
उल्टो शहरले
ऋनको तम्सुक थमायो
साउको उधारो तिर्दा
श्रीमतीको तिलरी गुमायो
महङ्गी थेग्न
घरभाडा छेक्न
श्रेमतीको कानबाली गुमायो ।

र पनि मान्छे
गाउ जस्तो अधेरो
धुवा धुलोको पधेरो
यो ठुलो शहरमा
भित्र भित्र भासिदैछ

र पनि
मिठो सपनामा आसिदैछ
भाग्य सप्रियो भने
कसो गोरु नब्याउला
अझ शहरतिर टासिदैछ ।

Saturday, December 18, 2010

टाकुन टुकन

1 नेताको भाषन

जनतालाई आश्वासन

आकाशको फल

आँखा तरी ढल।


2 नेपालका पार्टी

बिरालोका पाठी

यता उता साटी

खाएकाछन ढाटी


3 यो देशको संबिधान

सभासदको हानाहान

धोती टोपी तानातान

इजत्त नै जाने बेला भो

लौ लगुटी बान ।


4 नेपालीको धन्दा

चन्दाको फन्दा

बन्दैछ झन गन्दा

ज्यानै जाने डर भो

दिदैन म भन्दा।


5 नेपाली धारो

गह्नाउने ठाँरो

कान्छीको भट्टिमा

ठाडो घाटी सलल।


6 हिमाली नदी

हुँदा नि बढी

लोडसेडिङ्ग चढी

मैन बत्ती झलल


7महङ्गिको पासो

जनतालाई नासो

सरकारी चासो

मन्त्रीको हासो

क्या मिठो गलल।

टुक्रा टाक्री(झटारो )

सभासदका दिन

दुइचार महिना

सभासद भएकोमा

रमाउनमा बित्यो

दुइचार महिना

राम्रो मन्त्री पाउन

मालिकको पाऊँ

समाउनमा बित्यो

दुइचार महिना

एउटा घर बनाउनलाई

कमाउनलाई बित्यो

दुइचार महिना

जानलागेको सभासद

थमाउनलाई बित्यो

बाँकी दिन

सरकार ढले पछि

नयाँ सरकार फेरि

बनाउनमा बित्यो।

घुस मन्त्र

सकेसम्म

हरियो नोटको पोको

नसके कालो बोको

त्यो पनि नसके

तरकारी एक डोको

नत्र भने हाकिम साहब हुनुहुन्न

भए पनि निदाउनु भाछ

खाली हातले उहाँलाई छुन्न।

दान

मान्छेकै रगत चुसी

मान्छेलाई रक्तदान

बनी ब्यापारी दिएको

कस्तो यो माहादान।

४ प्रतिपक्ष

देशको बिकाश

असहमती

जनताको बिकास

नियापत्ती

गाउको बिकास

ठुलो आपत्ति

टोलको सुधार

हाम्रो आपत्ति

कमिसनमा खास

छ सहमती ।

५ सरकारी पद

कोहि पाइ बौलाउने

कोइ नपाई बौलाउने

झुसे झासे जो पनि

यो खाइ मौलाउने।

६ सरकारी ऋन

धनीले लिए सहयोग

गरीबले लिए ऋन

धनीले नतिर्दा आयोग

गरीबले नतिरे बन्दगी छिन्।

गनतान्त्रिक गन

पहिले

मलाई फाल्न

तिमिले पटकायौ गन

अहिले

फालिए पछि

म पटकाउदैछु गन

तिमिले पटकाए पनि

मैले पटकाए पनि

आखिर तर्साउने हो जन

बुझोन न जनता पनि

कस्तो हुन्छ गणतान्त्रिक गन ।

Monday, December 6, 2010

देशको क्यान्सर

हिन्सा र युद्दले फेरी छेद्ला देश
शान्ती र प्रेमले मन साध्ने हो की
जुलुस र नाराले फेरी भेदला देश
सहमतीको धागोले देश बाध्ने हो की ।

झुठो आश्वासन मौलायो धेरै यहाँ
अब धेर्यताको बाध टुट्ने हो कि
तीन तिक्कड भए माहा बिक्कड
फेरी आँफै जनता उठ्ने हो कि ।


जनताको शक्तीलाई यिनले भुल्न थाले
मुल कुरो थाती राखी बिदेश डुल्न थाले
कमाउने र रमाउनेमा सबै झुल्न थाले
जुका झै रगत चुसी टन्न फुल्न थाले ।

नेताहारु धनी भए जनता भए जोगी
नयाँ नेपाल भनेको यस्तै यस्तै हो कि
कहिलेसम्म बस्ने क्यान्सरलाई बोकी
अब निर्मुल पार्नु पर्छ गोर्खे लौरी ठोकी ।

Thursday, December 2, 2010

बजेट आउँदा(झटारो

ल्याउदा जनताको बजेट

गर्दै ठेलमेल र घचेट

कोही नारा जुलुसले कुर्लिए

कोही हातपात गर्दै उर्लिए

कसैको ढाडै सेकियो

कसैको टाउकै टेकियो

बल्ल नाटक सुरु भयोकी

यस्तै यस्तै देखियो ।

एउटा भन्छ अब

ईतिहास कालो अक्षरले लेखियो

अर्को भन्छ अझै दिन्थे

तर बिचमा नै छेकियो

रमाइलो कुरो

खेलखुदका रेफ्री

चुपचाप पो देखियो।

आखिर नाटक न हो

दुइचार लात हाने पनि

दुइचार लात खाए पनि

अब बजेट पास भए पछी

मिलेर दाम चलाऊ ।

खाने मुखलाई जुगाले कहाँ छे

क्छ सरकार भए पनि काम चलाऊ

राम्रो कुरो कस्ले सुन्छ यहाँ

कालो अक्षरले नाम चलाऊ

काले माले भाले मिले पछी

किन दिल्ही चाइना धाउने

अब यतै बाबाधाम चलाऊ।


अब युबा जाग्न थाले।

राजनीतिक लठकहरु

पार्टिका घटकहरु

देखाउदै चटकहरु

एन कानुन नाघ्न थाले ।

फेरी अब

कोही हातमा खुकुरी

कोही साथमा बन्दुक लेइ

असहमतिको बाजा बजाउदै

शान्तिलाई दाग्न थाले ।

भित्र भित्र कटुताको आगो बाल्दै

जनतालाई अन्योलको भुमरीमा हाल्दै

देशलाई भिरमा लगेर फाल्दै

कट्टु फाली इजत ढाक्न थाले।

कोही गोरु ब्याउने आसमा

कोही हरियो बिटाको घासमा

कोही सात्ता लम्ब्याउने खासमा

कोही सत्ता हत्त्याउने चाखमा

सबै आफ्नै दाउमा लाग्न थाले ।

आउछ कि संबिधान र शान्ती

छाउछ कि सम्ब्रिदी र कान्ती

सोच्दा सोच्दै मान्छे थाक्न थाले ।

त्यसै छाड्नु हुन्न यि लठकहरुलाई

पाता कस्नु पर्छ सबै घटकहरुलाई

अब युबा जुरमुराउदै जाग्न थाले।


कली युगका बाँदरहरु।

कोही भाङ खाइ लडेका
कोही छ्याङ खाइ ढलेका
कोही घुस खाइ ढाडिएका
कोही जुस खाइ टाठिएका
ओहो कती अनौठा!
कलियुगका बाँदरहरु।

मानिएका साकाहारी
ठानिएका फलफुलधारी
बनेछन माम्सकारी
रक्सी र व्हिस्किधारी
कलियुगका बाँदरहरु।


तारे होटेल पस्न थाले
कोही जङ्गल छाडी
कालो गाडीमा बस्न थाले
कोही हिंड्न छाडी
आज भोली सुनिन्छ
शहरमा महल पो बनाउदैछन रे
कली युगका बाँदरहरु ।

कुला नालामा नुहानेहरु
स्विमिङ्ग पुलमा नुहान थाले
मैलो जुत्रो लागाउनेहरु ती
महङ्गा लुगा लगाउन थाले
भएछन सुबिदा भोगी
लुटेरा ति बनी ढोगी
कली युगका बाँदरहरु।

कोही जनताकै नाममा
कमाउन ब्यस्तछन
कोही जनताकै दाममा
रमाउन मस्तछ्न
तर गजबको कुरो
बाँदर बाँदर नै हुन
न आफ्नो घर बनाएकाछ्न
न अरुको घर बनाउन दिएकाछन
कलियुगका बाँदरहरु।



About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers