Sunday, October 28, 2012

मेरा मित्र लोके

मेरा मित्र लोके
एक दिन
टन्न रक्सी धोके
त्यसपछी मसँग
आफ्नी बह पोखे -
दिन भरी अफिसको फन्दा
साझ बिहान् घरको धन्दा
जती मिठो पकाए पनि
हुँदैनिन खुशी मेरी चन्दा
पकाउने धौले अनेक उपाए बुन्छिन
घरमा आउँदा सधैं बिरामी हुन्छिन ।

मलाई अलिक आनौठो लागि सोधे -
तिमीले नै खाना किन पकाउने
के छ त्यस्तो
सबै काममा तिमीलाई लगाउने  ?

मित्रले न्यास्रो मुख लाउदै बोले
अलिकतो आफ्नो अतित खोले -
के गर्ने !
फ्याउरीको मायाले मरियो
जिबन भरी खुशी राख्ने
अनेक बाचा बन्धन गरियो
 त्यसैले आज यस्तो फन्दामा परीयो ।

दु:ख लाग्यो उनका कुरा सुन्दा
उपाय पनि फुरेछ यसो मनमा गुन्दा
मैले आफ्नो उपाए भने
मित्रले पनि यो पुरान झै सुने -
आज पनि आँफै खाना पकाउनु
मिठो बोलिले श्रीमतिलाई फकाउनु
पकाउदा पहिले पानी हाल्नु
पानी उम्लिए पछी
तरकारी हाल्नु
त्यसपछी
नुन, तेल ,बेसार हाल्नु
तरकारी भन्दा खुर्सानी हाल्नु
पाके पछी आफु चाँही
मिठो मानी मानी खान थाल्नु ।
मित्र मेरो कुरोमा राजी भए
खुशीले गद गद हुँदै घर गए
मैले भने जस्तै खाना पकाएछन
श्रीमतिलाई पनि खुब फकाएछन
खाना टेबलमा आँफै सजाएछन
आफुले जिब्रो पटकाउदै खाए
भोली पल्ट टाउको लटकाउदै आए
उनले टाउकाको टुटुल्को देखाउदै बोले
सारा घट्नाको रहश्य खोले -
मित्र यो कस्तो उपाए सिकायौ
आज साथीलाई यस्तो दिन देखायौ
सारा खाना मेरो थालमा पोखी
यती मात्र हो र ?
आज त डाडु पन्यौने टाउकोमा ठोकी ।

मैले अर्को उपाए सुल्झाउदै भने - 
फेरी आज पनि खाना
आँफै पकाउछु भन्नु
के भन्छिन घरकिले राम्रोरी सुन्नु ।
मित्रले घर गए पछी
फेरी भान्से हुने कुरा आकेछन
तर बिचरा डरले अनुहार ढाकेछन
चान्दा उनलाई
एक पटक खाउलाई झै हेरिन
रिस देखाउदै
चक्कुले लौकालाई सेरिन
रन्कदै मुख फोरिन
फन्कदै नयाँ कर्फु छोडिन -
अब देखी तपाईंलाई म
भान्सामा छिर्न दिन्न
तर आज भन्दयाछु
तपाईंलाई पनि बाहिर हिंड्न दिन्न ।
बल्ल मुक्ती पाए झै भए लोके
त्यसैले खुशी हुँदै मोबाईल ठोके -
साथी यो जुक्तिले त ठुलै कामा गर्‍यो
मेरो लागि त यो राम बाण नै पर्‍यो ।
केही दिन पछी
मित्रले फेरी फोन ठोके
यसपाली अर्को नयाँ पिडा पोखे -
आज भोली नयाँ ड्युटिमा पर्याछु
भान्साबाट लुगा धुन
बाथरूममा सर्याछु ।

फुटकर कबिता भाग ९

1) श्री र श्रीमती
श्री मेरी प्रेमिका
श्रीमती मेरी अर्धाङ्गिका
प्रेमिका मनले बाधेको
श्रीमती धर्मले बाधेको
श्रीमती बनाउन
सातौ फेरो लाइयो
सिन्दुरको घेरो लाइयो
प्रेमिका बनाउन
यसो मन चुडाउने
मोबाईल एसएमएस पठाइयो
यसो मन उडाउने
मेल ईमेल पठाइयो
श्रीहरु
प्यालाको प्याक थपे जस्तै
जती श्री थपे पनि ठीक छ
तर श्रीमतीहरु
आजीवन एउटै टिक छ ।
 2)   नयाँ तरकारी
 एक दिन
 एक दिन
अफिस बाट फर्किदै थिए 
श्रीमती  आदेश दिदै भनिन 
आज तरकारी बजार हुँदै आउनु
सधैं उही काउनी उही फर्सी कती खानु
 नयाँ तरकारी के छ हेरेर  ल्याउनु
तर कसरी भन्न सक्थे
मेरी प्यारी
तिमी जती राम्री भए पनि
सधैं एउटै माया कती खाउ
आज बजारमा नयाँ अनुहार देखे
के उस्लाई उठाएर ल्याउ ।
  

Sunday, September 23, 2012

अभिनय

एक दिन
कबिता लेखिराखेको बेला
मेरी श्रीमती आएर सोधिन -
खाना पनि बिर्सनु भयो
पिउन पनि बिर्सनु भयो
तपाईंलाई पर्खादा पर्खदै
मेरो त सारा दिन पनि गयो ।
मैले भने -
म सिर्जना कोर्दै छु
साहित्यको उकालो चढदै छु
आजभोलि ब्रहमाजी अभिनय गर्दैछु ।
 अर्को दिन
म टिल्ल ट्वाट तानेर
घर फर्केको बेला
श्रीमती मुख सुख्दै सोधिन -
आज फेरी
कस्को अभिनय गर्दै हुनुहुन्छ
टिन्न परेर घर फिर्दै हुनुहुन्छ ?
मैले आफ्नो कोट सट्ट खोले
लरखराए पनि फट्ट बोले -
आज भोली
महादेवको अभिनिय गर्दै छु
एउटा सिरियलमा
ट्वाकेन्द्रको रोलमा पर्दैछु ।
फेरी अर्को दिन
श्रीमती अचानक मेरो पर्स खोलिन
एउटा फोटो देखाउदै बोलिन -
पर्समा कसरी केटीको फोटो आयो
जस्लाई दिए जिन्दगी खोटो आयो ।
मैले ङिच्च दात देखाउदै भने
आज भोली
कृष्णको अभिनय गर्दै छु
हरेक दिन
नयाँ गोपिनिमा सर्दैछु
त्यसैले होकी प्रिय
तिम्रो भन्दा पनि
राधाको मायाले मर्दैछु ।
बुढी रिसले आगो भईन
सियोमा नछिर्ने धागो भईन
उनले बन्दुक झै पट्कदै बोलिन
मेरो लुकेका कुकर्म पो खोलिन -
अस्ती चमेलिको चुली च्यातेर
दुर्योधनको अभिनय गर्‍यौ
मैले नजोगाएको भए
झन्नै जेलसम्म पर्यौ
अझै यस्तै अभिनय गर्छौ भने
दुइचारवटा पत्रीकामा खोकीदिन्छु
अदालतमा नालिस पनि ठोकिदिन्छु ।
मैले श्रीमतिलाई फकाउदै भने
माफ गर प्रिय
यो सारा अभिनय छोडिदिन्छु
तिमी त मेरी दुर्गा हौ
बरु एक पटकलाई ढोकीदिन्छु ।
बुढी त झन उम्लन थालिन
अर्को अश्त्र फालिन -
फेरी नयाँ अभिनय खोज्दैछौ
मलाई दुर्गा माता बनाएर
अरुलाई प्रेमिका रोज्दैछौ ।   

Wednesday, September 19, 2012

जग्गा बिक्रिमा छ

  
 बिक्रिमा छ
एक दिन
एक तरुनीले
आफ्नो नाइटो देखाउदै भनी -
मेरो नाभीस्थल
बिक्रिमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनी हाल्नुस
आज भोली मन्दिले
काठमाडौं भन्दा सस्तो छ
यहाँ पनि
माथि अन्नपूर्ण र कान्चन्जङ्घा हेर्ने
सुन्दर सिन साइड छ
तल पनि
फेवा तालको राम्रो लेक साइड छ
मन पर्छ भने
बागमतिको पनि नदी साइड छ
यहाँ पनि
जग्गा धनीको भन्दा
दलालहरुको धेरै बिगबिग छ
जाबो एक टुक्रा बेच्नलाई
उनिहरुको ठुलो लिगलिग छ
त्यसैले जग्गा किन्ने भए
सिधै सम्पर्क गर्नु होला
नत्र महङ्गोमा पर्नु होला
कृपया दलालज्युहरु
तपाईंहरुले कुनै कस्ट नगर्नु होला ।

जग्गा किन्न आउँदा
पैसोको साथमा
थैली सहित आउनुहोला
नत्र जग्गा किने पछी
अनेक झन्जटमा पर्नु होला ।
आउँदा
दरै गाठ र आटमा आउनु होला
तन मन कमजोर भए
दुई चार प्याक
यसो व्हुस्की पनि लाउनु होला
तर आउँदा
सिधै संपर्क गर्नु होला
दलालको फेला परे पछी
चर्को भाउमा पर्नु होला ।

Monday, September 3, 2012

(कटाक्ष )


 स्कुटीको फेसन


एक दिन मोटर साइकल र स्कुटिको फसन आलुने जवाव सवल परेछ। त्यसको लागि मोटर बाइकले सुरु गरेछ। अर्को दिन मोटर बाइकले क्वाटर पाइन्ट लाएर निस्केछ । त्यो देखेर स्कुटिले हाफ प्यान्ट लाएर निस्किछे । अर्को दिन मोटर साइकलले हाफ प्यान्ट लाएर निस्केछ । स्कुटी पनि प्यान्टी मात्रा लाएर निस्किछ । अर्को दिन मोटर बाइकले प्यान्टी मात्र निस्केछ। स्कुटी झन के कम। उ त झन ।।।। नै निस्किछ । त्यो देखएर हेर्न कार, ट्रक र बसहरुको लाम लाग्यो । बाटो भरी जाम लाग्यो । बस भन्दै थियो । स्कुटी होस त यस्तो पो । हेर्दा नै टिलिक्क टाल्कने । ट्रक पनि भन्दै थियो । यस्ता स्कुटी त हाइ वेमा चल्ने भए पो मजा आउथ्यो । फट्ट नाघेर कच्याक्क कुचुक्क पारु जस्तो । मन्त्रीको पजेरो चोकको ट्राफिकलाई आदेश गर्दै थियो । ए ट्राफिक भाई बाटो जाम गरेकोमा यो स्कुटिलाई पक्रेर बग्गी खाना पुराउनु पर्‍यो । एक दिन भए पनि यसमा चढेर टेस्ट गर्नु पर्‍यो । ट्राफिकले हौस हजुर भन्दै सुइट्ट सिट्टी मार्यो । त्यो स्कुटी पक्रेर बग्गी खाना पुरायो । पछी पत्र पत्रीका पढियो कि त्यो स्कुटिमा कहिले मन्त्रीको पजेरो चढेको । कहिले पोलिसका हाकिमका प्राडो चढेको ।   

लव स्टोरि 

एक दिन बाउ घुम्दै पार्कतिर गएका रहेछन । आफ्नै छोरी एउटा बोय फ्रेन्ड सङ्ग रोमान्स गरेको देखेर अत्तालिदै छोरीलाई भेटेकै ठाउमा हाकार्न थालेछन ।" कुलक्षिनी बाउको नाक फाल्ने भइस ? पढन जान्छु भनी पार्कमा जात्रा थाल्ने भइस?" छोरीले कुरो मिलाउदै भनी। " हैन बाबा हिजो सरसङ्ग लिटरेचरमा लव स्टोरी पढेको र आज त्यसैको अभ्यास गरेको । " बाउ पारो झन तात्तियो । गाला पनि रातियो । उनले रिसले चुर हुँदै भने । " के त्यो लव स्टोरिमा चुम्बा खाने पनि लेख्याछ ? जो भर्खर तेरो बाउले देख्याछ !! "   


Friday, August 24, 2012

kabita


बिचरा महादेव

घर बाहिर
महादेवलाई देखे पछी
कती हुरुक्क हुन्छन
कती फुरुक्क हुन्छन
तर घर भित्र
श्रीमतीहरु  रिसले बुरुक्क हुन्छन
के शक्ती  रहेछ गाठे पार्वतीमा
बिचरा महादेव थुरुक्क हुन्छन ।

घर बाहिर
महादेवलाई भने  पछी
कती खुरुक्क सुन्छन
कती तुरुक्क रुन्छन
तर घर भित्र
श्रीमतीका  पाखुरा जुरुक्क हुन्छन
के  भक्ती रहेछ गाठे पार्वतीमा
बिचरा महादेव लुरुक्क  हुन्छन ।

घर बाहिर
महादेवलाई सुने पछी
कती डराइ पुलुक्क हेर्छन
कती परै झुलक्क हुन्छन
घर भित्र
श्रीमतीहरुका  आबेग  भुलुक्क हुन्छन
के जुक्ती रहेछ   गाठे पार्वपतीमा
बिचरा महादेव छुलक्क हुन्छन ।

घर बाहिर
महादेवलाई  भेटे पछी
कती मोहित हुन्छन
कती सम्मोहित हुन्छन
कती घायल हुन्छन
तर घर भित्र
श्रीमती तातो टायल हुन्छन
के  युक्ती रहेछ गाठे  पार्वतीमा
बिचरा महादेव कायल हुन्छन ।

घर बाहिर
महादेवलाईपछी
कती मुसुक्क हास्छन
कतीले  खुसुक्क डाक्छन
तर घर भित्र
श्रीमतिहरु ठुसुक्क हुन्छन
के ओखती रहेछ  गाठे  पार्वतीमा
बिचरा महादेव पनि लुसुक्क  हुन्छन ।
Like · · · Share · Delete

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers