Friday, February 10, 2012

सरकारी घोडा

राजा चढे पनि
राणा चढे पनि
नेता चढे पनि
सधैं
उस्तै गती
उही  चाल
उस्तै मती
उही ताल
सरकारी घोडा ।

कहिले
मेची काली पुगेको छ
कहिले
गाउ गाउ कुदेको छ
जनताको खाँदै धान
जनतालाई देखाउदै शान
हिनहिनाइ रहेकोछ छ
सरकारी घोडा ।

जती रूप फेरे पनि
जती नाम फेरे पनि
खान्छ यो जनताको नुन
मान्छ   मालिकको गुण
जनताको लागि
छ यो सधैं टेडा
क्या बिचित्रको
सरकारी घोडा ।

जनताको पसिना
जनताकै घास
देखाउछ सधैं
जनतालाई आश
जनतालाई ठगी
मालिकलाई खास
जनतालाई यो
 ठान्दछ भेडा
वा ! सरकारी घोडा ।

कहिले वारी
कहिले पारी
केही पाईन्छ कि भनी
कुदाउछ गोडा
कहिले बन्छ यो
राजतन्त्रे घोडा
कहिले भन्छ यो
प्रजातन्त्रे घोडा
तर जहिले पनि
 ठगतन्त्रे घोडा ।

 कहिले बन्ने यो
लोकतन्त्रे घोडा
कहिले बन्ने यो
जनताको घोडा
तर अझै जनतालाई
रणभुल्ल पार्दैछ
सरकारी घोडा ।
· · · Share · Delete

    • Ramesh Kandel आजका नेताहरु बिरुद्द ब्यङ्गात्मक तिर, सोझै गएर तिनिहरुको मुटु छेडोस। मन पर्‍यो।
      Thursday at 05:46 · · 1
    • Jeeten Khadka घोडालाई गतिलो चाबुक , अब त दुख्नु पर्ने |
      Thursday at 09:52 · · 1
    • Aakanksha Sharma ठगतन्त्रे घोडा....मन पर्‍यो।
      Thursday at 11:27 · · 1
    • Bhakti Prasad Paudyal बोतल फेरिएर के भो , रक्सी उही छ !
      चोटिलो व्यङ्ग्य छ ।
      Thursday at 11:42 · · 1
    • Bhakti Prasad Paudyal जितेनजी ! यो चाबुक घोडालाई हो कि घोडचढीलाई , मलाई त चाबुक नै मन पर्यो ।
      Thursday at 11:45 · · 1
    • Jeevit Khadka Arkaa...teer - ghodaa ko ! Ajhai haannus ....nisaanaa laageko chh !
      Thursday at 13:13 · · 1
    • Bimal Giri Samasamayik abasthalaai chitran gariyeko kabita ramrochha.
      Thursday at 14:42 · · 1
    • Indra Narayan Chongbang प्रेम गुरु अति सानदार कविता ..नेपाली राजनीति नेपाली सासन व्यवस्था र इतिहास बढो दुख लाग्दो छ .. व्यवस्था जुन भए पनि मान्छेको प्रवृति प्रकृति र चिन्तन परिबर्तन नभई केहि नहुदो रहेछ .. बास्तबमा जुन घोडा आए पनि दाना पानी गरिब नेपाली कै थाप्ला माथि ..चितिलो व्यंग्य ... सेवारो
      Thursday at 15:19 · · 1
    • Uday Sharma Very timely and well expressed poem...Do write more!
      Thursday at 15:30 · · 1
    • J.r. Joshi ‎=== यो मुस्न्तांग म्याक्से घोडा ===
      जनताको पसिना चुसी, जनताकै घासमा
      झुन्ड्याई राछ जनता लाई, संबिधानको आसमा
      जनतालाई ठगी हिडदै, 'प्रभु' को मिच्छ गोडा
      जनतालाई भेडा ठान्छ, यो मुस्न्तांग म्याक्से घोडा !
      Thursday at 17:57 · · 1
    • Lila Rijal सर अब यि घोडाहरुलाई दाना पानी नदीइ,,,... छाडा हुन नदिने उपाय खोज्नु पर्छ ========क्यi चोटिलो बङ्य
      Thursday at 18:19 · · 1
    • Binita Kafle Adhikari nice creation sir.................
      Thursday at 20:28 · · 1
    • Laxman Gamnage dherai ramro kabita.
      11 hours ago · · 1
    • Bimal Gautam oli sir tapain ko ghoda mero gam tira nalyam hai pahilekai ghoda le aachi nikali sake
      11 hours ago · · 1

यही नयाँ नेपाल भन्दो भो

देशको कर्णधार बन्न
किताब बोकी हिंडेका बालबालिका
आज पनि बन्दले
बिधालय बन्द हुँदा
आजको सिकाइ बन्द भो
यही नयाँ नेपाल भन्दो भो  ।

लुटेराहरु,  मन्त्रिको साथमा
हत्यारा, पुलिससङ्गै मातमा
शक्ती खै क-कसको हातमा
कानुन दिनदिहाडै अन्धो भो
यही नयाँ नेपाल भन्दो भो।

न ग्यास छ न मट्टीतेल
तर फालाफालछ भट्टितेल
सडयन्त्र गर्नेहरुको छ खेल
कालो बजारियाको चर्को  गन्द भो
यही नयाँ नेपाल भन्दो भो।

सदै नारा जुलुश
सदै छ चक्काजाम
यही हो कि
हाम्रो मुख्य काम
शान्तीको गती झन मन्द भो
यही नयाँ नेपाल भन्दो भो।

पार्टी सबैमा चिराचिरा
नेता सबै पिरापिरा
मन्त्रीहरु खन्चुवा किरा
राजनीति कमाउने धन्दो भो
यही नयाँ नेपाल भन्दो भो।
· · · Share · Delete

    • ठिस शैलेश बुढा ‎...
      वाह
      2 February at 20:51 ·
    • ठिस शैलेश बुढा
      ‎...
      अनि, थप्न मन लाग्यो:

      आँगनै टेढो छ
      ताल नै बेताल छ
      ... जस्तै, कुकुरलाई घ्यू भो
      यही नयाँ नेपाल भन्दो भो।

      :)
      See more
      2 February at 20:56 ·
    • Jeevit Khadka Bartamaan bikrit samaye laai atyaadhik byaang gariyeko utkristh rachana ...!!
      2 February at 20:56 · · 2
    • Bimal Gautam राजनीति कमाउने धन्दो भो

      यही नयाँ नेपाल भन्दो भो। desh ko barbadi ko mukhya karan yahi ho thanks Oli sir
      2 February at 22:55 · · 1
    • Lila Rijal samaya boleko chha ---gazabako 6 sir kabita thanks
      3 February at 00:54 · · 1
    • Jeeten Khadka चोटिलो र मोटिलो ब्यङ्ग |
      3 February at 08:44 · · 1
    • Aakanksha Sharma चोटिलो.......!
      3 February at 11:12 · · 1
    • Bhakti Prasad Paudyal अनुप्रासले धारीलो बनाएको समसामयिक व्यङ्ग्य ।
      3 February at 11:57 · · 2
    • Uday Sharma Excellent kabita...tag PM also!
      3 February at 12:13 · · 1
    • Om Joshi wow byanga ma rakhe ko tathya ramro 6a.
      3 February at 12:23 · · 1
    • Indra Narayan Chongbang प्रेम गुरु ... यथार्थ चित्र प्रस्तुत गर्ने शब्द शिल्पी हुन् ... मिठो व्यंग्य तितो यथार्थ ..सेवारो गुरु
      3 February at 15:39 · · 1
    • Kaliprasad Pokhrel thik samayama dinubhayo sAmaya-sdupayog.
      3 February at 19:12 · · 2
    • पुस्कर देव शर्मा chotili laagyo
      4 February at 16:48 · · 1

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers