यसपाली तिमी आउँदा
मैले पोहर परार जस्तो
टाएर बालेको हुने छैन
ढुङ्गा फालेको हुने छैन
कसम तिमी आउँदा
नेपाल बन्द
बाटो बन्द
चक्का जाम गर्ने छैन
अब युद्दमा कोही मर्ने छैन
बरु तिम्रो स्वागतमा
राजधानी ठुलो बाटो बनाउदैछ
सिंहदरबार पनि कुचो लाउदैछ
कुरो मिल्यो भने
तिमी आउँदासम्म
राजधानी शान्ती ल्याउदै छ
त्यसैले सिहदरबार
नेताहरुको घर घरमै धाउदै छ
मलाई पुरा आशा छ
यसपाली तिमी आउँदा
संबिधान पनि टुङ्ग्यो लाग्ने छ
करोडौ नेपालीको उमङ्ग जग्ने छ
त्यसैले तिमी
डुक्क सङ्ग आउ
सुख सङ्ग आउ
तिम्रो स्वागतमा म पनि
हातमा थाली
मुहारमा लाली
लिएर म पर्खिराखेको छु ।
मैले पोहर परार जस्तो
टाएर बालेको हुने छैन
ढुङ्गा फालेको हुने छैन
कसम तिमी आउँदा
नेपाल बन्द
बाटो बन्द
चक्का जाम गर्ने छैन
अब युद्दमा कोही मर्ने छैन
बरु तिम्रो स्वागतमा
राजधानी ठुलो बाटो बनाउदैछ
सिंहदरबार पनि कुचो लाउदैछ
कुरो मिल्यो भने
तिमी आउँदासम्म
राजधानी शान्ती ल्याउदै छ
त्यसैले सिहदरबार
नेताहरुको घर घरमै धाउदै छ
मलाई पुरा आशा छ
यसपाली तिमी आउँदा
संबिधान पनि टुङ्ग्यो लाग्ने छ
करोडौ नेपालीको उमङ्ग जग्ने छ
त्यसैले तिमी
डुक्क सङ्ग आउ
सुख सङ्ग आउ
तिम्रो स्वागतमा म पनि
हातमा थाली
मुहारमा लाली
लिएर म पर्खिराखेको छु ।