Tuesday, February 5, 2013

कलियुगको

सयौसित मायाप्रीती लाइयो
कयौसित मायाप्रीती खाइयो
दार्ही जुगा फुल्दा पनि
डिस्को दोहरी क्याबिन धाइयो
गर्नु पर्ने सब थोक गरियो
किनभने आफु त
कलियुगको श्री कृष्ण न परीयो ।

घुस खाइयो
जुस खाइयो
सोमरस भेटे पछी
फुस खाइयो
चाकरी बजाइयो
चाप्लुसी बजाइयो
सरुवा बढुवा त
छानी छानी पाइयो
जसरी हुन्छ टाउको छोप्न
राजधानीमा एउटा घर चाहियो
पैसो कमाउनलाई
कर्म कुकर्म सब थोक गरियो
किनभने आफु त
कलियुगको कौरब न परीयो ।

पैसो कमाए पछी
पार्टिलाई चन्दा तिरियो
चन्दा तिरे पछी
एउटा पार्टी  नै छानेर छिरियो
पार्टिको पद हत्याउन
अनेक दाउ गर्दै भिडियो
पुराना पछार्दै,
समानुपातिकमा आँफै परीयो
साम दाम दन्ड, सब थोक गरियो
किनभने आफु त
कलियुगको सकुनी न पारीयो ।

सभासद भए पछी
हत्याकान्ड गरियो
अपहरण कान्ड गरियो
पासपोर्ट कान्ड गरियो
ठगी कान्ड गरियो
गर्नु पर्ने चारै कान्ड गरियो
किनभने आफु त
कलियुगको क॑श न परीयो ।

मन्त्री पद पाउनलाई
आफु जुन पन्थी भए पनि
कहिले दक्षिण पन्थीमा छिरियो
कहिले बाम पन्थीमा छिरियो
कहिले दाम पन्थीमा छिरियो
सत्तामा टिकिराख्न
दक्षिण तिर पनि हिडियो
कुर्सी जुगाइ राख्न
जे जे भन्यो ,त्यै त्यै गरियो
किनभने आफु त
कलियुगको बिभिसन न परीयो ।
3Like · · ·

कुर्सिको दोहरी


About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers